बिपि सिद्धान्त विकास सस्था नेपालको आयोजनामा सन्धिखर्कमा भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेम नारायण आचार्य ,वैशाख २ अर्घाखाँची

नेपाल यातायात मजदुर संघ अर्घाखाँचीद्धारा सञ्चालित बिपि सिद्धान्त विकास सस्था नेपालको आयोजनामा पहिलो भेला तथा अन्तरक्रिया कार्यक्रम आज अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका संयोजक पिताम्बर शर्माले विपिको सिद्धान्त र बिचार वैज्ञानिक भएकाले यसको प्रचार प्रसार गरि महत्व बुझाउनु पर्ने बताउनु भयो । उहाले महामान विपिको सिद्धान्त विकास गर्न सबै एक भएर लाग्नु पर्ने बताउनु भयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु खनाल मुस्कानले नेपाली कांग्रेसका सस्थापक महामानव विपिको बिचारलाइ बुझेर सबै अगाडी बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस प्रदेस नम्वर पाँचका सचिव नन्दराम भटराइ, जिल्ला अध्यक्ष सुमन्त प्रसाद बस्याल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सस्थापक अध्यक्ष बिष्णु प्रसाद भुसाल, लगायतले मन्तब्य राख्दै सस्थाको विकास र प्रगतीको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रम विपि सिद्धान्त विकास सस्थाका अध्यक्ष आत्मसिंह घर्तीको अध्यक्षता, शुसिल खनालको स्वागत र प्रकाश चन्द्र भटराइको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisement

सामुदायीक बिद्यालयमा आम जनताको पहुँच हुनुपर्छ- नगर प्रमुख भुसाल

श्याम घिमिरे वैशाख २ अर्घाखाँची

सन्धिखर्क नगरपालीकाका प्रमुख कमल प्रसाद भुसालले सामुदायीक बिद्यालयहरुमा आम जनताको पहुँच हुनुपर्ने बताउनु भएको छ । गंगा आधारभुत बिद्यालय सन्धिखर्क २ चुत्राबेसीको २८ औ बार्षिक उत्सब तथा पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै भुसालले यस्तो बताउनु भएको हो ।

शिक्षाको गुणस्तर बृद्धिगर्न सबैको सहयोग र समर्थन हुनुपर्ने भन्दै प्रमुख भुसालले बालबालीकाहरुलाई सम्मान मात्र नभई पढाईमा निरन्तरता दिनुपर्नेमा जोड दिदै नगरपालीका भित्रका बिद्यालयलाई समृद्धि बनाउन नगरको सहयोग हुने बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार बिकले सिकाई उपलब्धीलाइ गुणात्मक रुपमा फड्को मार्न आबस्यक रहेको बताउदै शिक्षण सिकाई कृयाकलापलाई अगाडी बढाउनुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्रीले बिद्यालयको भौतिक संरचना भन्दा बिद्यार्थीको कृयाकलाप र मुल्यांकन ठुलो भएको बताउनु भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष मोतिजंग रायमाझी,जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत चोपलाल बेल्बासे, संस्थापक सदस्य नन्दलाल श्रेष्ठ,स्रोतब्यक्ति युबराज भुसाल,श्रीकृष्ण भुसाल,श्यामलाल भुसाल,पिताम्बर रायमाझी,सुनिता भुसाल बेल्बासे लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

सोहि कार्यक्रममा बिद्यार्थी भर्ना तथा पाठ्यपुस्तक बितरण अभियान २०७५ को पनि शुभारम्भ गरीनुका साथै गंगा स्काउट ट्रुपलाई दिक्षान्त समेत गरीएको थियो ।

त्यस्तै लामो समयसम्म बिद्यालयमा अध्यापन गराउनु भएका शिक्षक शिक्षिकाहरु साबित्रा पिसी,सुनिता बेल्बासे र दिपक पुनलाई बिदाई पनी गरीएको थियो ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केबि भुसालको अध्यक्षता शिक्षक दधिराम बस्यालको स्वागत मनतब्य, प्रअ प्रदिप भण्डारीको प्रतिबेदन बाचन र शिक्षिका राधा आचार्यको सन्चालनमा सम्पन्न भएको शिक्षिका सारदा रायमाझीले बताउनु भएको छ ।

यसैबिच नया शैक्षिक शत्र संगै आज देखि अर्घाखाँचीका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘हामी सबैको इच्छा‚ अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ भन्ने मुल नाराका साथ आजदेखी सप्ताहव्यापी अभियान शुरु भएको छ ।

भर्ना अभियानको शुभारम्भ गर्दे गंगा आधारभुत बिद्यालयबाट  कक्षा २ उत्तिर्णगरी ड्रप आउट भई सन्धिखर्कको सन्ध्या होटलमा भाडा माझ्ने सनपा २ निबासी १३ वर्षका राजु मुखियालाई पुन सोही बिद्यालयको कक्षा ३ मा भर्ना   गरीएको थियो ।

होटलमा भाँडा माझ्ने बालक विद्यालय भर्ना गरेर ‘भर्ना अभियान’को सुरु

प्रेमनारायण आचार्य

अर्घखाँची, वैशाख २ – सन्धिखर्कको सन्ध्या होटलमा भाडा माझ्ने १३ वर्षका बालकलाई विद्यालयमा भर्ना गराएर अर्खखाँचीमा विद्यालय भर्ना अभियानको सुरुवात गरिएको छ ।

सन्धिखर्क–२, चुत्राबेशी भक्तिटोलका १३ वर्षका राजुलाई घर नजिकै रहेको गंगा आधारभूत विद्यालयबाट कक्षा २ पास  गरेपछि कक्षा ३ मा भर्ना भए । पछि उनी विद्यालय आउन छाडे । आर्थिक अभावकै कारण उनले सन्धिखर्कको सन्ध्या होटलमा भाडा माझ्ने काम गर्न थालेका थिए  ।

उनलाइ आइतबार पुनः गंगा आधारभूत विद्यालयको कक्षा तीनमा भर्ना गरिएको छ । जिल्ला शिक्षा समन्वय एकाइ र  सन्धिखर्क नगरपालिकाको पहलमा उनलाई भर्ना अभियानको पहिलो दिन आइतबार विद्यालयमा भर्ना गरिएको हो ।

सन्धिखर्क नगरपालिकाका अनुसार उनी जस्तै १ सय २४ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यालय बाहिर रहेका सबै विद्यार्थीलाई विद्यालय भर्ना गरिने सन्धिखर्क नगरपालिकाका शिक्षा प्रमुख बलराम मिश्रले जानकारी दिनुभयो ।

बालबालिकालाई विद्यालयमा भर्ना गराउनका लागि सबै अभिभावक, शिक्षक तथा नगरबासीले सहयोग गर्नुपर्ने सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भूसाल बताउनुभयो ।

‘सामुदायिक विद्यालयमा विद्यार्थी नै छैनन । निजी विद्यालयमा विद्यार्थीको चाप छ । सामुदायिक विद्यालय दलित, जनजाती र गरिबहरुले पढ्ने विद्यालय बनेको छ’, भूसालले भन्नुभयो, ‘अब सबैले सामुदायिक विद्यालयमा पढाउ र विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ ।’

 

आजको राशिफल (२०७५ वैशाख ०२ गते/२०१८ अप्रिल १५)

वि.सं. २०७५ वैशाख ०२ गते आइतबार तदनुसार ई. सं. २०१८ अप्रिल १५ तारिख,
वैशाख कृष्ण चतुर्दशी, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, वैधृति योग, शकुनि र चतुष्पाद करण
आजको चाडपर्व र उत्सव : दर्शश्राद्ध, भक्तपुरमा महाकाली, महालक्ष्मी यात्रा, टोखा चण्डेश्वरी मूल रथयात्रा, मध्यपुर ठिमी बालकुमारी यात्रा, निशिबार्ने दिन,
आजको मूहुर्त : अग्निवास(होमादि), कलशचक्र,
भोलिको चाडपर्व र उत्सव : मातृसम्मान दिवस, स्नानदानादिका लागि सोमबारे औंसी, मातातीर्थ स्नान, आमाको मुख हेर्ने दिन, चाँगुनारायण, छिन्नमस्ता, किलेश्वर मूल रथयात्रा, हलो बार्ने दिन, भक्तपुरमा ब्रह्मायणी यात्रा,
भोलिको मूहुर्त : दैलो राख्ने, पुराणश्रवण,
आजका लागि अशुभ समय :–
राहु काल : साँझ ०४:५२ देखि ०६:२८ सम्म
यमघण्ट : दिउँसो १२:०५ देखि ०१:४१ सम्म
गुलिक काल : दिउँसो ०३:१६ देखि ०४:५२ सम्म
आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:४१ देखि ०३:१६ सम्म
अमृत वारवेला : बिहान १०:२९ देखि १२:०५ सम्म
लाभ वारवेला : बिहान ०८:५३ देखि १०:२९ सम्म
पञ्चाङ्ग, वारवेला, चाडपर्व र मुहूर्तको विस्तृत जानकारीका लागि यहाँ क्लिक् गर्नुहोस् ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवाद वा छलफलका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ । व्यवसायिक जीवन यथावत रहने छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना भएकाले गोपनीयता अपनाएमा कुनै काम सम्पादन गर्न सहज हुनेछ । छरछिमेकमा परेको अप्ठ्यारो र असजिलो फुकाउन समय र धन लगानी गर्नु पर्ने हुनसक्छ । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ । बन्दव्यापारमा नराम्रो छैन ।
शुभरङ्ग : सेतो वा बैैजनी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दान, धर्म, परोपकार
के नगर्ने : रिसराग, उद्वेग र क्रोध
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्य सबल छ । पठनपाठनमा प्रगति हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । गरेका क्रियाकलापको उच्च मूल्याङ्कन हुने समय छ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कर्मक्षेत्रमा चन्द्रमा रहेकाले अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग र सुझाव प्राप्त होला । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । पितृधनबाट फाइदा उठाउन सकिने छ । प्रशस्त आम्दानी हुनेछ, यद्यपि आम्दानी गरिएको धन मनोरञ्जन र खानपानका क्षेत्रमा खर्च हुनसक्छ । दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिने छ । श्रमको समुचित मूल्याङ्कन हुनेछ ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : महालक्ष्मी
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने
के नगर्ने : लोभ र मोह
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, भाग्यमा चन्द्रमा रहेकाले आफ्नै पाखुरी र बुद्धि खियाएर जुनसुकै काममा सफलता पाउनु हुनेछ । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । दान पुण्यका कार्यतर्फ मन आकर्षित हुनेछ, तर त्यसलाई कार्यान्वयन गर्न विलम्ब गरेमा भाग्यबलमा कमी आउन सक्छ । दूरदराजमा रहेको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । तीर्थव्रत तथा देवालय आदिको भ्रमणबाट सन्तुष्टि हुनसक्छ । घरमा पारिवारिक समस्या र अस्वस्थता देखा पर्न सक्छन् । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन ।
शुभरङ्ग : सेतो वा पहेंलो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : कुलगुरु/शिवजी
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग
के नगर्ने : आडम्बर र ढोंगीपन
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ ।  सँगीसाथी र पार्टनरको साथ लिन सकिने छैन, कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्
के नगर्ने : असुरक्षित यात्रा
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । रमाइलो यात्रा हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने छ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मित्रवर्गबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।
शुभरङ्ग : गुलाबी वा सिन्दूरे
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : परिवारमा अधिकतम समय दिने
के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, तर रिसराग, आवेग र क्रोध आजका शत्रु हुन् भन्ने बिर्सनु हुँदैन । यद्यपि आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।
शुभरङ्ग : हलुका सेतो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भगवान् शङ्कर
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने
के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको चिन्तन र विचारले काम गर्नसक्छ । आजको दिन ज्ञान र सिप बाँडेर जस लिने समय हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । वाणिमा सरस्वतीको वास छ । साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । गरेका कामको प्रशंसा हुनेछ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ ।
शुभरङ्ग : हलुका नीलो वा हरियो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने
के नगर्ने : बुद्धिको दुरुपयोग
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चन्द्रमा अशुभ छ, तर डराई हाल्नुपर्दैन । सुरुमा तनाव भए पनि रामरमाइलोमा दिन बित्नेछ, मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । व्यवसाय र कामधन्दामा सफलता प्राप्त हुनेछ । मित्रवर्ग र आफन्तहरूले सक्दो सहयोग गर्नेछन् । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ । उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रूपमा सबल भइने छ । साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन् । आज आफ्ना लक्ष्य र योजनाका बारेमा खुलेर छलफल गरेमा सही मार्गदर्शन हुनसक्छ ।
शुभरङ्ग : रातो वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : भगवती दुर्गा
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने
के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पराक्रम प्रदर्शन गरी प्रतिष्ठा प्राप्त गर्ने समय हो । परोपकारी कामबाट प्रशंसा प्राप्त हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । कुटुम्बले सहयोग गर्नेछन् । बन्धुवान्धवबाट समेत सहयोगको अपेक्षा गर्न सकिन्छ ।
शुभरङ्ग : गाढा नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण
के नगर्ने : घमण्ड
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज आकस्मिक धनलाभको योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । मिठो भोजनको अनुकूलता मिल्नेछ । धार्मिक सामाजिक कामको दायित्व लिनुपर्ने हुन्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव रहने छ, तर्कवितर्क र वादविवादमा विजय प्राप्त ुहनेछ । मित्रशक्ति, नातेदार र कुटुम्बको साथसहयोग पाइने छ ।
शुभरङ्ग : घिउ रङ
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने
के नगर्ने : अनावश्यक खानपान
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्नेछ । पेसा/व्यवसायमा उन्नति मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ, हाँकेका, ताकेका काम बन्नुका साथै नाम, दाम र प्रतिष्ठा प्राप्त हुनेछ ।
शुभरङ्ग : सिन्दूरे रातो
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने
के नगर्ने : हडबड र शीघ्रता
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

एक वर्षमा एक लाख सदस्य बनाउने लक्ष्यका साथ ‘विवेकशील साझा संगठन विस्तार वर्ष–२०७५ घोषणा (प्रेस विज्ञप्ति)

प्रेस विज्ञप्ति

छोटो समयमा आम सर्वसाधारणले विकल्पको बलियो खम्बाको रूपमा हेरको विवेकशील साझा पार्टीले नयाँ बर्षलाई ‘संगठन बिस्तार बर्ष–२०७५’ घोषणा गर्ने निर्णय गरेको छ। पार्टीले गत निर्वाचनमा आम सदभावका कारण २ लाख १२ हजारभन्दा बढी मत हासिल गरे पनि पार्टीको तहगत संगठन निर्माण भैसकेको थिएन।

सापेक्षिक बलियो संगठन विनाको सदभावले मात्र हाम्रै जीवनकालमा मुलुकलाई रुपान्तरण गर्ने हाम्रो लक्ष्य हासिल हुन सक्दैन भन्ने कुरामा हामी सचेत छौं। यसै तथ्यलाई मनन गरि हामीले २०७५ सालमा देशव्यापीरूपमा संगठन विस्तार गरी कम्तिमा पनि एक लाख पार्टी सदस्य बनाउने लक्ष्य लिएका छौं, जसले पार्टीको पहिलो महाधिवेशनको लागि धरातल निर्माण गर्नेछ। संगठन विस्तारको यो महाअभियानमा नेपालमा मात्र होइन नेपालबाहिर रहेका नेपालीहरूले पनि व्यापकरूपमा सद्भाव समूहहरू गठन गरेर हामीलाई सघाउनु हुनेछ भन्ने हाम्रो आग्रह र विश्वास रहेको छ।

हाम्रो पार्टीको लागी संगठन बिस्तारको यो ऐतिहासिक वर्ष वैकल्पिक राजनीतिको मेरुदण्ड निर्माणको चरण हुनेछ जसबाट हामी आउँदो आम निर्वाचनसम्ममा निर्विकल्प शक्तिका रूपमा स्थापित हुने बाटोमा अग्रसर हुनेछौं। त्यसकारण, राजनीतिक दलको सदस्यता लिन मिल्ने आम सर्वसाधारणलाई हामी यो वर्ष सक्दो बढी संख्यामा विवेकशील साझाको सदस्यता लिन, आफन्त र साथीहरूलाई सदस्यता लिन प्रेरित गर्न तथा संगठनमैं सकृय भएर काम गर्न मिल्ने शुभेच्छुकहरूले हामीले केही समयअघि नै सार्वजनिक गरिसकेको संगठन निर्माणको रूपरेखा अनुरूप संगठन निर्माण तथा विस्तारमा संलग्न हुन पनि हामी यसै विज्ञप्तिमार्फत आग्रह गर्दछौं। नेपालभित्र सदस्यता ग्रहण, संगठन निर्माण र विदेशमा सद्भाव समूहको गठनबारेको जानकारी हाम्रो वेबसाइट http://www.bibeksheelsajha.org मा उपलब्ध छ। थप जानकारीको विवेकशील साझा पार्टीको कार्यालयमा ०१-५५३६०६२ तथा ०१-५०१०६०९ मा अथवा मोबाइल नम्बर ९८५१२५३००१ तथा ९८५११४९२१४ मा फोन गरेर प्राप्त गर्न सक्नुहुनेछ।

विवेकशील साझा पार्टीले संगठन बिस्तार बर्ष मनाइरहँदा जनताको विशाल पंक्तिलाई पार्टीका विभिन्न रचनात्मक र नतिजामूखी अभियानहरुसँग जोडेर संगठन बिस्तारको कामलाई तिव्रता दिनेछ।

वैकल्पिक राजनीति गर्छु मात्र भनेर त्यसको उद्देश्य पुरा हुँदैन भन्नेमा हामी पूर्णरूपले सचेत छौं। त्यसैले, हामीले सांगठनिक संरचनालाई पनि नयाँ तर प्रभावकारी स्वरुप दिने चष्टा गरेका छौं। हामीले महाधिवेशनपछि निर्माण हुने पार्टीको संगठनात्मक संरचनालाई प्रतक्ष्य र सहभागितामूलक लोकतन्त्रको निर्वाचन विधिद्धारा संस्थागत गर्ने परिकल्पना गरेका छौं। यसले एकातिर पार्टीभित्र ‘औपचारिक लोकतन्त्र’लाई निरुत्साही गरेर ‘प्रतक्ष्य लोकतन्त्र’लाई स्थापित गर्न मद्धत गर्नेछ भने अर्कोतिर पार्टीले निर्दिष्ट गरेको ‘फिर्ता बोलाउन पाउने अधिकार’ र ‘अस्वीकार गर्न पाउने अधिकार’ले नेताहरुलाई उत्तरदायिपूर्ण बनाउने छ भन्ने हाम्रो विश्वास हो।

हामीले एउटै नेतृत्व दशकौंसम्म रहने परम्परालाई तोड्न क्षमतावान व्यक्तिहरू पार्टीको नेतृत्वमा छिटै पुग्ने व्यवस्थालाई पनि सुनिश्चित गर्ने प्रयास गरेका छौं। त्यसकारण, विवेकशील साझा पार्टी युवा तथा आम सर्वसाधारणलाई पार्टीको सदस्यता लिएर, विभिन्न तहको नेतृत्वमा रहेर वा विभिन्न अभियानमा जोडिएर संठगन विस्तार वर्ष—२०७५ मा सहभागी हुन अनुरोध गर्दछ। देशभित्र र बाहिर रहेका सबै नेपालीप्रति नयाँ बर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना!

मुमाराम खनाल

केन्द्रिय सदस्य तथा संगठन विभाग प्रमुख

विवेकशील साझा पार्टी

मिति: ०१ बैशाख २०७५