अखिल नेपाल महिला संघ सन्धिखर्क नगरपालिकाको दाेस्रो भेला सम्पन्न,अध्यक्षमा मिना बिसी चयन

FB_IMG_1524924873854.jpg

श्याम घिमिरे,अर्घाखाँची १५ बैशाख

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ सन्धिखर्क नगरपाीकाको दास्रो नगरपालीका स्तरीय भेला सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।

भेलाले मिना बिसीको अध्यक्षतामा १३ पुर्ण र ४ बैकल्पीक गरी १७ सदस्यीय नगर समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा निर्मला भट्टराई,सचिब लिला भुसाल,कोषाध्यक्ष शुसिला पराजुली र सहसचिबमा गरीमा बिसी रहनु भएको छ । त्यस्तै सदस्यमा क्रमश सीता थापा,आरता टण्डन,शारदा खड्का,कमला बन्जाडे,लक्ष्मी अधिकारी,सारदा आचार्य,राधा खनाल रहनु भएको छ भने बैकल्पीक सदस्यमा सारदा खनाल,जुना पन्थी र पबित्रा सुनार रहनु भएकोछ ।


त्यस्तै भेलाले बास्मता भट्टराईको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समितिकोपनी चयन गरेको छ । जसको सदस्यहरुमा कमला खनाल,कमला बन्जाडे,गंगा भट्टराई,यमकला पौडेल र सरस्वता भुसाल रहनु भएको छ । यसअगी भेलाको एक कार्यक्रमका बिच संघकी केन्द्रीय उपाध्यक्ष सकुन्तला रानाले ब्यानर बाचनगरी उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै उपाध्यक्ष रानाले देश परीबर्तनमा नेपाली महिलाहरुको उल्लेखनिय भुमिका रहेको भन्दै अन्याय अत्यचारको बिरुद्धमा सबै महिलाहरु एक जुट हुनुको बिकल्प नरहेको धारणा ब्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता थम्मन केसी,अनेमसंघकी जिल्ला अध्यक्ष कल्पना पोख्रेल,युबक संघका जिल्ला सचिब ठाकुर सुनार,अन्टुकका अध्यक्ष शिद्धी भट्टराई,किसान नेता भिमलाल आचार्य,पुर्ब शिक्षक नेता कमलप्रसाद घिमिरे,अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवँर लगाएतले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रम कमला खनालको अध्यक्षता,मिना बिसीको स्वागत मनतब्य र लिला भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रगतिशील लेखक संघको अर्घाखाँची जिल्ला तदर्थ समिती गठन -संयोजकमा रायमाझी

श्याम घिमिरे ,अर्घाखाँची  १५ बैशाख

प्रगतिशील लेखक संघको अर्घाखाँची जिल्ला तदर्थ समिती गठन भएको छ । सनिबार सन्धिखर्कमा सम्पन्न भएको भेलाले बुद्धिबहादुर रायमाझीको संयोजकत्वमा १५ सदस्यीय समितिको गठन गरेको हो । जसको समितिको सचिवमा जेबी दर्लामी, कोषाध्यक्षमा बुद्धिराम गैरे रहनुभएको छ ।

त्यस्तै सदस्यहरूमा बिजुला रायमाझी, मन्जु घिमिरे, शोभासिंह ठकुरी, लिलामणी ढुङ्गाना, पिताम्बर भट्टराई, कुलचन्द्र मरासिनी, मनिराम पराजुली, राम बसु, पिताम्बर बन्जाडे, विष्णु बस्याल, कमल घिमिरे र हिमबहादुर जिसी लेकाली रहनुभएको छ । भेलाले यही वैशाख २२ गते प्रगतिशील लेखक संघको प्रादेशिक भेलामा अध्यक्षले उपस्थिती जनाउने साथै साहित्य र लेखन गतिविधिलाई गतिशील बनाउने समेत निर्णय गरेको छ ।

कमला माबि पाली अर्घाखाँची को ६६ औ वार्षिकोत्सब सम्पन्न

बिक्रम पान्डे समानता अर्घाखाँची,१५  बैशाख

कमला माध्यमिक बिधालय पाली अर्घाखाँची को ६६ औ वार्षिकोत्सब समारोह सनिबार एक कार्यक्रम का बीच सम्पन्न भएको छ ।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पाणिनी गाउँ पालिका वडा न ८ का वडा अध्यक्ष मिनराज आत्रेय रहनु भएको थियो ।

कार्यक्रममा बिधालयका प्रधानाध्यापक गोबिन्द राज पन्थीले बिधालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । साथै कार्यक्रममा शैक्षिक सत्र २०७४ मा विभिन्न बिधामा उत्कृष्ट छात्र छात्राहरुलाइ पुरस्कर तथा सम्मान पनि गरिएको थियो ।

वार्षिकोत्सबको अवसरमा आयोजना भएका विभिन्न खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा सर्वोकृष्ठ विद्यार्थीलाइ समेत अक्षयकोष संचालकहरुबाट पुरस्कृत गरिएको थियोे । कार्यक्रम शिक्षक जनार्दन न्यौपानेको सन्चालकनमा सम्पन्न भएको हो ।