लक्ष्मण घिमिरे अर्घाखाँची बैशाख ८
केराउ बालिको कृषक पाठशाला दिवस तथा समापन कार्यक्रम भुमिकास्थानको ढिकुरामा सम्पन्न भएको छ। जागृत फलफुल तथा तरकारी उत्पादन समुहको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख रेशम थापाले कृषिमा आत्मनिर्भर बन्न सके मात्र समृद्ध समाज निर्माण हुने बताउनु भयो।
भुमिकास्थान नगरपालिकालाई समृद्ध बनाउन पनी कृषि क्षेत्रमा ठुलो फड्को मार्नुपर्ने उहाको भनाई छ। कार्यक्रममा बोल्दै विशिष्ट अतिथी वडा नम्बर ९ का अध्यक्ष नारायण खनालले खाद्यान्न र तरकारीमा ढिकुरालाई आत्मनिर्भर बनाउने तर्फ आफु लागीपरेको बताउनु भयो। कार्यक्रममा कृषि प्रसार अधिकृत थिरलाल गैरे, भुमिकास्थान नगरपापलिकाका कृषि प्रमुख अर्जुनदेव ज्ञवाली, वडा नम्बर ९ का वडा सदस्य देवी प्रसाद पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा कृषी प्राविधिक सहायक बलराम घिमिरेले पाठशालाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कुलप्रसाद घिमिरेको अध्यक्षता, मिना भट्टराईको स्वागत मन्तव्य र खडानन्द घिमिरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अतिथी र कृषक सदस्य गरी करिब ६० जानाको उपस्थिती रहेको थियो।