घनश्याम पौडेल
सन्धिखर्क, ६ वैशाख । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानमा आफनो संस्कृत जोगाउँन विद्यार्थी, युवा देखी वृद्धवृद्धाहरु एकजुट भएका छन । दिउँसको घाममा रुखको छहारीमुनि स्थानीयले भजन कृतन गाएका थिए ।
हरे राम हरे राम राम राम हरे हरे ।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।
भन्दै भजन कृतन गाउँमा स्कुले विद्यार्थी, घरको काम थाती राखेर आएका महिलाहरु देखी दौरा सुरुवाल लगाएका वृद्धवृद्धाहरु पनि भजन कृतनमा रमाएका थिए । मनकामना हरिकृतन समुहको आयोजना र बौद्धिक सनातन धर्म सेवा समितीको सहआयोजना भएको कार्यक्रममा परापुर्वकालमा स्थापना भएको मनकामना मन्दिरमा २०१५ सालदेखी हरेक एकादशीको दिन दिउँसो १२ बजेदेखी ४ बजे सम्म कृतन गाउँदै आएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष थानेश्वर बेल्वासेले बताए ।
अक्षय तृतियाको अवसर पारी बुधबार दिउँसो लघुरुद्री, घृतधारा र भजन कृतन गरिएको पण्डीत चन्द्रमणि घिमिरेले बताए । साढे १ घण्टा हिडेर मन्दीरमा भजनकृतनमा सहभागी भएका ७४ वर्षिय धर्मराज भट्टराई भन्छन्, धर्मप्रति आस्था बढ्दो छ, विगतमा भन्दा आजभोली स्वतफुर्त धार्मिक कार्यक्रममा स्थानीयको सहभागीता रहन्छन् ।
श्रीकृष्ण माविमा अध्ययन गर्ने विद्यार्थी यसुदा भुसाल पनी भजन गाउँदै थिईन, भजन कृतन असाध्यै मन पर्छ, विद्यालय गएर आएर भजनमा सहभागी भएकी हुँ, निरन्तरता पाउँनुपर्छ उनले भनिन् ।
१२ घण्टे अखण्डमा स्थानिय भक्तजनहरुको उत्साहपुर्वक सहभागीता रहेको कृतन मण्डलीका सचिव जयराम घिमिरेले बताए । उनी मन्दिरमा भजन कृतन रुद्री छ भनी विहान ६ बजेदेखी नै धार्मिक कार्यमा खटिएको बताए ।
मन्दिरको संरक्षण गर्ने उद्देश्यले गरिएको पुजाँ तथा भजनमा करिव ७० हजार उठ्ने अनुमान गरेको आर्थिक संयोजक अन्नत घिमिरेले बताए । कृष्ण मावीका शिक्षक समेत रहेका घिमिरेले पुरानो धर्म संस्कृती जगेर्ना गर्ने उद्देश्यले राखीएको यो कार्यक्रम महत्वपुर्णं रहेको बताउँदै जीवनको महत्वपुर्ण आन्नद यसैमा भएको उनी बताउँछन ।