अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव हुने

बिक्रम पाण्डे समानता,अर्घाखाँची १७ जेष्ठ

अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव २०७५ हुने भएको छ । जिल्लाको साहित्य माहोललाई देश तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने , जिल्लाको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । अर्घाखाँची फाउण्डेसन नेपालको आयोजनामा यहि जेष्ठ २६ गते सनिबार को दिन महोत्सव हुन लागेको हो । महोत्सवमा जिल्ला बाहिर रहेका १५ जना साहित्यिक श्रष्टा र जिल्ला भित्रका ५० जना साहित्यिक श्रष्टाहरुको सहभागिता सहित आफ्ना सृजनाहरु वाचन गरीने छ । महोत्सवमा प्रवासमा रहेको साहित्य श्रष्टाहरुको पनि साहित्य सिर्जना वाचन गरीने भएको छ ।

महोत्सवमा श्रष्टाहरुलाई सम्मान समेत गरीने आयोजकले बताएको छ । महोत्सवमा अर्घाखाँची जिल्ला जन्मेर काठमाडौमा बसी निरन्तर साहित्य क्षेत्रमा कलम चलाउँदै आउनु भएका बिभिन्न श्रष्टाहरुको साथै हाल जिल्लामा बसोवास गर्ने करीव ४ दर्जन साहित्य श्रष्टाहरले रचना बाचन गर्ने छन् । सोही दिन वाचन भएका साहित्य सिर्जनाहरु संकलन गरी स्मारीका निकाल्ने समेत बताइएको छ । अर्घाखाँची जिल्ला साहित्य , संगीत , सस्कृति र कलामा उर्वर भूमि मानिन्छ ।

 

Advertisement

अर्घाखाँचीमा पनि विश्व धुम्रपान रहित दिवस मनाइयो

हिम जिसी लेकाली ,अर्घाखाँची,१७ जेष्ठ

मे १ अर्थात् जेठ १७ का दिन अर्घाखाँचीमा पनि विश्व धुम्रपान रहित दिवस मनाइएको छ । नेपाल अर्बूद रोग निवारण सस्थाको आयोजनमा भूमिकास्थान नगरपलिकाको वडानम्बर ७ मा अवस्थित नुवाकोट माध्यमिक विद्यालय चिदिचौरमा जनचेतनामूलक कार्यक्रम गरि मनाइएको छ । संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान्सर रोगबारे जिल्ला स्वास्थ्य कार्यालयका पूर्व स्वास्थ्यकर्मी तथा सन्धिखर्क नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लिलाराम गौतमले क्यान्सर रोगबारेमा प्रकाश पार्नुभएको थियो ।
संस्थाका सचिव कुशल भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापती शम्भु पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम पौडेल, रेडक्रसका उपसभापती कमल घिमिरे, अर्बूद संस्थाका उपसभापति नारायण पौडेल, रेडक्रसका उपसभापति कैलाश कुमार श्रेष्ठ, सिएमए क्याम्पसका प्रमुख तथा अर्बूद संस्थाका द्रोणप्रसाद भुसाल, लुहेस्को अध्यक्ष कृष्णप्रसाद बन्जाडे, अर्बूद संस्थाकै सूर्य थापा, सुनीता बेलबासे, पत्रकार महासंघ अध्यक्ष हिम लेकाली, सन्चारकर्मी सहयोगी बिसी, ज्येष्ठ नागरिक भिमलाल भुसाललगायत विद्यालयका जुरेस गोष्ठीमा सहभागी शिक्षक नायक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी सबैले आफू र घरपरिवारलाई धूम्रपान रहित बनाउन प्रतिबद्ध रहने भन्दै हस्ताक्षर समेत गर्नुभएको थियो । कार्यक्रममा पोष्टर, पम्पलेट, वितरण गरिएको थियो । संस्थाले क्यान्सर रोग लागि पीडित भएकाहरूलाई उपचारको निम्ति सहयोग गर्दै आएको बताइएको छ ।

समयमै काम नगर्ने ठेकदारलाई कार्वाही गर्छौ -प्रजिअ भुसाल

गणेश खनाल अर्घाखाँची,जेष्ठ १७

समयमै काम नगर्ने ठेकदारलाई कार्वाही प्रक्रिया सुरु गरेको जिल्ला प्रशासन कार्यालयल अर्घाखाँचीले सो क्रमलाई तिव्रता पारेको छ । जिल्लाका केहि योजनामा काम नभएको उजुरी परेपछि आज अर्घा र बल्कोट साईटमा अनुगमन गरि काम पुन : गर्न ठेकेदार कम्पनीलाई प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले निर्देशन दिनुभएको छ ।

काम नगरी रकम फस्यौट गर्ने कर्मचारीलाई कार्वाही गर्ने र ठेकेदारको लाईसन्स समेत बदर गर्न सक्ने भन्दै प्रजिअ भुसालले चेतावनी दिनुभएको छ । नियम अनुसार काम नगर्ने व्यवसायीलाई प्रक्राउ गरि कार्वाही अगाडी बढाउने प्रहरी प्रमुख प्रदिप कुमार डिसीले बताउनुभयो । अर्घा साईडमा सन्तोष जनक काम नभएकाले पुन काम गर्न निर्देशन दिएको प्राविधिक कार्यालयका प्रमुख नविन श्रेष्ठले बताउनुभयो ।

जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

हिम जिसी लेकाली अर्घाखाँची१७ जेठ

नेपाल रेडक्रस सोसाइटी जुनियर रेडक्रस समितिको आयोजनामा नुवाकोट माविको चिदिचौरमा ३ दिने जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न भएको छ । कमलप्रसाद घिमिरेको अध्यक्षता र शिक्षक नायक काशिराम गैरेको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीका सभापती शम्भु पोखरेलले कार्यक्रमले विद्यार्थीहरूलाई जीवन उपयोगी शिक्षा सिकाएको भन्दै कार्यक्रम सफलतामा पु¥याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

गोष्टि समापनमा शिक्षक नायकको तर्फबाट शिवमदन मावी सत्तीनेटाकि शिक्षिका सीता बन्जाडे, नुवाकोट माविका प्रधानाध्यापक पानबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम पौडेल, पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले कार्यक्रमको प्रभावका बारेमा चर्चा गर्दै आफूहरू रेडक्रसको सहयोगको निम्ति सदा तत्पर रहेको बताउनुभयो ।

जिल्लामा रहेका मावी र आधारभूत विद्यालयका ३४ विद्यालयको सहभागिता रहेको गोष्ठीमा विद्यार्थी, शिक्षक नायक, आयोजक गरि १५० भन्दा बढीको सहभागिता रहेको जनाइएको छ । कार्यक्रमको सहजीकरण रेडक्रसका सभापती शम्भु पोख्रेल, उपसभापति कमल घिमिरे, कैलाश कुमार श्रेष्ठ, सदस्य कुशल भुसाल लगायतले गर्नुभएको थियो । गोष्ठीले नुवाकोट १० बूदे घोषणापत्र जारी गर्दै रेडक्रसले गर्नुपर्ने कामको बारे आफूहरू प्रतिवद्ध हुने बताइएको छ ।

सन्धिखर्कका बिभिन्न स्थानबाट करीब १ हजार लिटर अबैध घरेलु मदीरा नष्ट, अभियानलाई निरन्तरता दिने प्रजिअ भुसालको उद्घोष

Raxi picश्याम घिमिरे अर्घाखाँची,जेष्ठ १७

जिल्ला प्रसाशन कार्यालय अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सक्रियतामा आज सदरमुकाम सन्धिखर्कको बिभिन्न हाेटल तथा रेष्टुरेन्टहरू बाट करिब एक हजार लिटर अबैध घरेलु मदिरा जफत गरी एक कार्यक्रमका बिच नष्ट गरीएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित मदीरा नष्ट कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले नेपाल सरकारको निति अनुसार अबैध मदीराको पुर्ण नियन्त्रण गरीने भन्दै यो अभियानलाई निरन्तरता दिने बताउनु भयो ।

अबैध मदीरा नियन्त्रणको लागी नेपाल सरकार प्रतिबद्ध रहेको बताउदै प्रजिअ भुसालले यसकार्यमा सबैको सहयोगको आबस्यकता रहेको बताउनु भयो । यसप्रकारको कार्यले समाजमा सामाजीक,सांस्कृतिक र आर्थिक रुपमा समेत नकरात्मक प्रभाब पारेको र समाजमा बिकृति आईरहेको हुनाले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा मनतब्य राख्दै निमित्त प्रहरी प्रमुख प्रदिप कुमार डिसीले सरकारको निति अनुसार प्रहरी जस्तोसुकै कामगर्नपनी तयार रहेको बताउदै देशमा शान्तीसुरक्षा कायम गर्न नेपाल प्रहरी सक्षम रहेको बताउनु भयो ।