
घनश्याम पौडेल
सन्धिखर्क, १९ चैत । नेपाली कांग्रेसका सभापती विष्णु प्रसाद खनाल मुस्कानले ओली नेतृत्वको सरकार संघियता फेल गराउँने खेलमा लागेको आरोप लगाएका छन्।
श्रमको सम्मान गरौ, श्रम शक्ति नै राष्ट्रिय शक्ति हो भन्ने नाराका साथ नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको छैठौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुस्कानले दूई कम्युनिष्ट गठबन्धनका कारण कांग्रेसले अर्घाखाँचीमा विजयी हासिल गर्न नसकेको बताउँदै पराजय भएपनी कांग्रेसले विकास निमार्णमा जनतासँग मिलेर अगाडी बढ्ने बताए ।
उनले कांग्रेस अर्घाखाँची पनी छायाँ सरकार बनाउँने तयारीमा लागेको बताएका छन्, प्रतिनिधी सभा, दुई प्रदेश सभा, एक गाउँपालिका र पराजय भएका वडाहरुमा समेत विकास निमार्णको कामको मुल्याङकन गर्नका लागी छायाँ सरकार बनाउँने तयारीमा लागेको बताए । कांग्रेस ५ वर्ष सम्म प्रतिपक्षमै बसेर सकारात्मक कामको स्वागत र गलत काम गरे कांग्रेस चेतावनी गर्ने बताएका छन ।
कांग्रेस सरकारले संविधान बनाई संविधान कार्यान्वयनको चरणमा निर्वाचन सम्पन्न गरेको अवस्थामा सरकार बाहिर कांग्रेस रहेकोले ओली सरकार अव संविधान बनेको छैन, चुनाव भएको छैन भनेर पन्छीन पाउँदैन, देशलाई समृद्ध बनाउँन अगाडी बढ्नुपर्छ, गलत गरे कांग्रेसले संघर्षका कार्यक्रम अगाडी बढाउँछ मुस्कानले भने । उनले कांग्रेस अर्घाखाँची जिल्ला देखी स्थानिय वडासम्म प्रशिक्षणको तयारीमा लागेको बताएका छन्, ।
अधिवेशनको उदघाटन सत्रमा कांग्रेसका पुर्व जिल्ला सभाापती कमलप्रसाद भुसालले नयाँ आउँने नेतृत्व सक्षम नेतृत्व चयन हुनका लागी शुभकामना व्यक्त गरे । क्षेत्रीय सभापतीहरु अच्युृत गौतम, केशवराज कुवँर, शिक्षक संघका जिल्ला अध्यक्ष यादवप्रसाद घिमिरे, ट्रेड युनियनका पुर्व अध्यक्ष गणेशबहादुर सिंह, नेपाल यातायात मजदुर संघका अध्यक्ष आत्मसिंह घर्ती, नेपाल महिला संघ जिल्ला सचिव छमा कार्की, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद मरासिनी लगाएतले श्रम गर्ने व्यक्तीको सम्मान गर्नुपर्नेमा जोड दिए, उनीहरुले श्रमीकको हक र हितमा काम गर्न नयाँ आउँने कार्यसमितीलाई आग्रह गर्दै गरिवी जनताको आयस्तरमा वृद्धि गर्ने सक्ने सक्षम नेतृत्व चयनका लागी शुभकामना व्यक्त गरे ।
कार्यक्रम नेपाल ट्रेड युनियन अर्घाखाँचीका अध्यक्ष नन्दराम भट्टराईको अध्यक्षता, सचिव गणेशराज पौडेलको सञ्चालन र उपाध्यक्ष राधा आचार्यको स्वागतमा उदघाटन सत्र सम्पन्न भएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।