जनता आधारभुत बिद्यालयले पढाई संचालनको सम्पूर्ण तयारी पुरा ग¥यो

गोपाल भट्टराई, अर्घाखाँची बैशाख ४

यसै शैक्षिक शत्रदेखी निशुल्क अंग्रेजी माध्यमबाट पढाइ संचालन गर्न लागेको जनता आधारभुत बिद्यालयले पढाई संचालनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । स.न.पा.८ किमडांडा नेपालीचौरमा अबस्थित यस बिद्यालयमा प्रत्येक बर्ष बिद्यार्थीदर घट्दै जांदा स्कुल संचालनमै कठिनाई देखिएपछि स्थानिय शैक्षिक सरोकारवालाहरुको पहलमा निशुल्क अंग्रेजी माधयम बाट पढाइ सुरु गर्न लागिएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ ।

कक्षा १ देखी तल प्ले ग्रुप,नर्सरी र एल.के.जी.गरि ३ तहका अतिरिक्त कक्षा थप गरि पढाई संचालन गर्न लागेको बिद्यालयले भवन,शौचालय,खानेपानी तथा कक्षाकोठा ब्यबस्थापन,शिक्षक ब्यबस्थापन,बिद्यार्थी तथा शिक्षकले लगाउने ड्रेसको छनोट,स्कुलमा पढाउने पाठ्यपुस्तकको छनोट लगायतका काम अन्तिम चरणमा पुगेको गुणस्तरिय शिक्षा संचालन अभियानका नेतृत्व सदस्य तथा पूर्व शिक्षक पिताम्बर बन्जाडेले बताउनुभयो ।

सबै पक्षका सुधार गर्ने काममा तिब्रता दिएका छौं,संगसंगै भर्ना पनि चलिरहेको छ,पूर्व शिक्षक बन्जाडेले भन्नुभयो हामी बैशाख ९ गते देखी नै नयां डिजाइनको पढाई सुरु गर्नेछौं ।उहांले बिद्यालय उमेर समुहका स्कुल बाहिर रहेका बालबालिका लगायत सबै क्षेत्रका बिद्यार्थीलाई स्कुलमा भर्ना गराइ सहयोग गर्न स्थानियलाई आग्रह समेत गर्नु भएको छ ।

कक्षा ३ सम्म पढाई भइरहेको यस बिद्यालयमा यस बर्षदेखी पहिलो पटक अतिरिक्त कक्षा थप गरि अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गर्न लागिएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

Advertisement

समाज विकास र परिवर्तनको मुख्य मेरूदण्ड शिक्षा नै हाे

देवेन्द्र कुवर अर्घाखाँची बैशाख ४

शितगंगा नगरपालिकाकाे विकासकाे लागि शिक्षा क्षेत्रकाे विकास अपरिहार्य रहेकाे एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । शितगंगा नगरपालिका शिक्षा विभागकाे अायाेजना सम्पन्न भएकाे कार्यक्रम मा बाेल्ने बक्ताहरूले शिक्षा क्षेत्रकाे विकासमा जाेड दिएका छन् ।

अन्तरक्रियामा उप प्रमुख टीका रेश्मी, प्रमुख प्रशाकिय अधिकृत हरिनारायण बेल्वासे सम्पुर्ण वार्डकाे तर्फबाट वार्ड नं. ३ का अध्यक्ष हेमनाथ भुसाल, वार्ड नं. ९ का अध्यक्ष हेम केसी लगायत सहभागी शिक्षकहरूले अाफ्नाे धारणा राखेका थिए । नगर प्रमुख सुर्यप्रसाद अधिकारीकाे अध्यक्षतामा अन्तरक्रिया सम्पन्न भएकाे हाे ।

जनताका आधारभुत समस्या पुरा नहुदा अभाव गरिबीमा पिल्सीएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बिष्टको भनाई

राम खड्का गुल्मी ४ बैशाख

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले जनताका आधारभुत समस्या पुरा नहुदा अभाव गरिबीमा पिल्सीएको बताएका छन् । मंगलवार गुल्मीको सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिकाको दोस्रो नगर सभालाई सम्बोधन गर्दै मन्त्री बिष्टले जनताहरु आधाभुत बिकासका समस्याहरुबाट जनता अभाव र गरिबीमा पिल्सी रहेकाले त्यसको समधान तर्फ जुटन आग्रह गरेका छन् ।

कुन दलबाट निर्वाचित भएका हौ भन्ने सोच अबको ५ वर्ष त्यागौं मन्त्री बिष्टले भने ‘दलगत स्वार्थ भन्दा माथी उठेर जनताका अधिकतम समस्या समाधानमा जुटनु पर्ने बेला आएको छ ।’ जनताका शिक्षा,स्वास्थ्य,सिंचाई,खानेपानी जस्ता आधारभुत समस्याहरु पनि नपाउदा अभावमा रहेकाले साझा समस्या बनाएर त्यसको समाधानमा जुटन आग्रह गरे ।

उनले निर्वाचनको बेला जनताकहाँ गरेका प्रतिबद्धताहरुलाई जनताको आधारभुत समस्या पुरा हुने गरि पुरा गर्न तर्फ लाग्न आग्रह गरे । समाजिक काम गर्ने मानिसहरु मैन बत्ती जस्तै भित्र भित्र जलिरहेका हुन्छन् उनले भने ‘यो निर्वाचित अबधीलाई जनताका आधारभुत समस्याहरु पुरा गरेर माथी ल्याउने बेला हो ।’

गरिबी अभाव र बेरोजगारीमा लाखौ युवाहरु तड्पी रहेकाले त्यसको समाधान गर्न राज्य गम्भीर भएर लागि परेको बताए । उनले बेरोजगारी र श्रमको ग्यारेन्टी गर्नको लागी राज्यले कानुन बनाएरै समधानगर्न तर्फ लागि परिरहेको बताए ।

नियमित यातायात सन्चालनको माग गर्दे शितगंगा नगरपालीकामा तालाबन्दी ।

मुक्तिनाथ भुसाल, शितगंगा बैशाख ४
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्वर ५ स्थीत गल्दावासीहरु चाक्ला देखी गल्दा सम्मको मोटरबाटोमा नियमित यातायात सवारी साधनको माग राख्दै आन्दोलनमा उत्रीएका छन ।

आज आन्दोलनको पहिलो दिन ठुलो संख्यामा नारा जुलुस सहित उपस्थीत भई आफनो शितगंगाा नगरपालिका कार्यालयमा दिउसो १ बजेदेखी घेराबन्दी सहित तालाबन्दी गरेका छन ।

चाक्ला देखी गल्दा सम्मको साढे नौ किलोमिटर कच्ची सडकका लागि हालसम्म करिव १३ करोड लगानी भईसकेको र तत्कालिन स्थानिय विकास मन्त्रि टोपवहादुर रायमाझीले ०६६ सालमा सडकको उदघाटन गर्नु भएको बुझिएको छ ।

करिव ३२५ घरधुरीसंग सम्वन्ध राख्ने उक्त सडकमा विगत ४ बर्ष देखी बस तथा जिपहरु सन्चालनमा नआएको र समस्या समधानका लागि कसैले पनि चासो व्यक्त नगरेकोले आन्दोलनमा उत्रिएको वडासदस्य ठगीश्वर भुसालले बताउनु भयो । समस्या समधानको लागी अहिले आन्दोलनकारी र जनप्रतिनिधिहरु बिच बार्ता भईरहेको छ ।