सन्धिखर्क खानेपानी उपभोक्ता समितिको अध्यक्षमा दुर्गा प्रसाद श्रेष्ठ निर्विरोध चयन

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्था अर्घाखाँचीको पाँचौ साधारण सभा तथा चौथो अधिबेसन संस्थाको कार्यालय देउराली डाँडामा सम्पन्न भएको छ । साधारण सभा तथा चौथो अधिबेसनले दुर्गा श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
जसको अध्यक्षमा दुर्गा प्रसाद श्रेष्ठ, वरिष्ठउपाध्यक्ष राम बहादुर रायमाझी, उपाध्यक्ष नेत्र प्रसाद भट्टराई, सचिव कमल घिमिरे, कोषाध्यक्ष कृष्ण प्रसाद अर्याल, सह सचिव बसन्ता पौडेल र सद्स्यहरुमा श्रीकृष्ण भुसाल, जयन्ती श्रेष्ठ र मीना वि. सी  निर्विरोध चयन भएका हुन ।
उता यस अगाडि कार्यक्रमको प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले पानसमा दिप प्रज्वलन् तथा व्यानर अनावरण गर्दै उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा मन्त्बय राख्दै नेता रायमाझी ले सन्धिखर्कमा स्वच्छ खानेपानी को ब्यबस्थापन गर्न सबै एकजुट हुनु पर्ने र अाफुले पुर्ण सहयोग गर्ने बताउदै अर्घाखाँची मा बिकासले फड्को मारेको बताउनु भयो । रायमाझी ले जिल्ला को बिकासमा अाफु लागि परेको दाबि गर्नु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य रामजी घिमिरेले खानेपानी सबै उपभोक्ता हरुले स्वच्छ खान पाउनु पर्ने बताउदै खानेपानि को क्षेत्रमा अाफुले अाफ्नो ठाउबाट सहयोग गर्ने बताउदै अब सबै अार्थिक क्रान्ति मा जुटनु पर्ने बताउनु भयो । कार्यक्रममा प्रदेस सभा सदस्य निर्मला क्षेत्रीले अर्घाखाँची जिल्लाको बिकास निर्माणका लागि सबै जनप्रतिनिधि हरु लागि पर्नु पर्ने बताउदै स्वच्छ पानि पाउनु उपभोक्ता हरुको अधिकार भएको बताउनु भयो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्कका उपभोक्ता हरुलाई प्रयाप्त सुद्द पानि खुवाउनका लागि अाफुहरु लागि परेको बताउदै बिभिन्न ठाउका मुहान हरुको सर्भे अनुगमन गरेको बताउदै नगरको बिकासमा अाफुहरु लागि परेको बताउदै स्थानिय सरकारले बिकासका काम हरुलाई तिब्रता दिएको बताउदै खानेपानी उपभोक्ता सरसफाइ सस्था सग सहकार्य गरेर अगाडि बढिरहेको बताउनु भयो । कार्यक्रममा उप प्रमुख ठाकुर कुमार वि.कले खानेपानि उपभोक्ता हरुको चाहाना अनुसार प्रयाप्त बनाउनका लागि स्थानिय सरकार लागि परेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले खानेपानि सम्बेदन सिल भएको ले  सदरमुकाम मा सफा र प्रसस्त पानि बनाउनका लागि मुहानहरुको पहिचान गरि ब्यबस्थित बनाउनु पर्नेमा जोड दिनुभयो । संस्थाका संस्थापक अध्यक्ष धर्मराज अधिकारी, ने.क.पा एमालेका कार्यवाहक अध्यक्ष जिवनारायण कोईराला, नेपाली काग्रेसका सभापति विष्णु प्रसाद खनाल मुस्कान, ने.क.पा माओवादी केन्द्रकी सह-संयोजक छमकुमारी खनाल राष्ट्रिय जनमोर्चा ५ नं. प्रदेस सदस्य शेर बहादुर वि.सि लगायतले शुभकामना दिदै उपभोक्त हरुको मागलाई सम्बोधन गर्ने खालको जुजारु समिति निर्माण हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा संस्थाको प्रगतिबेदन सचिव पशुपति ढकाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण अर्यालले प्रस्तुत गर्नुभएको थियो । उद्घाटन सत्रमा संस्थाका अध्यक्ष दुर्गा श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष नेत्र भट्टराईको स्वागत तथा वरिष्ट उपाध्यक्ष राम बहादुर रायमाझीको संचालनमा सम्पन्न भएको थियो । अधिबेशनले नया नेतृत्व ३ बर्षका लागि चयन गरेको छ ।
Advertisement

निजी रेडियो सञ्चालकको अध्यक्षमा चन्द्र न्यौपाने सर्वसम्मत! पाँच नम्वर प्रदेश सदस्यमा सन्धिखर्क एफएमका स्टेशन म्यानेजर श्याम घिमिरे चयन। 

काठमाडौं, चैत २५ – निजी रेडियो सञ्चालकको छाता संगठन ब्रोडकाष्टर्स एशोसिएसन अफ नेपाल (बान)को अध्यक्षमा चन्द्र न्यौपाने चुनिनु भएको छ । काठमाडौंमा भएको अधिवेशनले सप्तकोशी एफएम इटहरीका प्रबन्ध निर्देशक न्यौपानेलाई बानको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै, उपाध्यक्षमा कुमार भट्टराई, महासचिवमा दुर्गा अधिकारी, उप–महासचिवमा गोविन्द कुशियारी सचिवमा राजकुमार थापा र कोषाध्यक्षमा नविन राई सर्वसम्मत चयन हुनुभएको छ ।

प्रदेश नम्बर १ को संयोजकमा सन्देशदास श्रेष्ठ र उप–संयोजकमा गिरीराज भट्टरार्ई ,प्रदेश नम्बर २ को संयोजकमा आरसी यादव ३ को संयोजक विपिन ढुंगाना, प्रदेश नम्बर ४ को संयोजक किरण लोहनी, प्रदेश ५ को संयोजक माधव नेपाल सर्वसम्मत चयन हुनुभएको हो ।  त्यसैगरी पाँच नम्वर प्रदेश सदस्यमा सन्धिखर्क एफएमका स्टेशन म्यानेजर श्याम घिमिरे चयन हुनुभएको छ।

प्रदेश नम्बर ७ को संयोजकमा भने ज्ञानेन्द्र महतारा विजयी हुनुभएको छ । उहाँले १४ मत पाउनुभयो । सबै पदमा सर्वसम्मत भए पनि प्रदेश नम्बर ७ को संयोजकका लागि भने चुनाव भएको थियो ।

प्रदेश नम्बर ६ मा भने सदस्य रेडियो नभएकाले कमिटि चयन हुन सकेन ।