अखिल नेपाल युवक संघ अर्घाखाँचीको ७ औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा खनाल निर्बाचित (तस्बिरहरु सहित )

बिनोद गैरे,

चैत्र १७ अर्घाखाँची

अखिल नेपाल यूवक संघ जिल्ला समिति अर्घाखाँचीको ७ औं जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ । पानसमा बत्तिवालेर सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल यूवक संघका केन्द्रिय अध्यक्ष तिलक थापाले राज्यलाई रेमिटान्स भित्राउने मात्र युवाहरुको काम भएकोले युवाहरुलाई स्वदेसमै रोजगारको लागि सरकारले ठोस योजना ल्याउनु पर्नेमा जोड दिनुभएको थियो। कतिपय राजनितिक पार्टीहरुले युवाहरुलाई दलगत स्वार्थ प्राप्तीको भरयाङ्ग बनाउने,बिचार नसिकाउने,सामाजिक नेतृत्वबाट टाढै राख्ने जस्ता कार्य गरेको आरोप लगाउंदै त्यसबाट माथी उठेर राष्ट्र र जनताको काममा लाग्न युवाहरुलाई आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर के.सी, राष्ट्रिय जनमोर्चा ५ नं. प्रदेसका उपाध्यक्ष शेर बहादुर वि.सी, ने.क.पा मसाल अर्घाखाँचीका प्रवक्ता थम्मन के.सी, अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष शकुन्तला राना, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनयन छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल ट्रेड यूनियन महासंघ अर्घाखाँचीका अध्यक्ष सिद्धि प्रसाद भट्टराई, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष शालिकराम भुसाल, प्रगतिसिल पत्रकार सघ नेपालका जिल्ला अध्यक्ष विनोद गैरे, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनयन छैठौंका जिल्ला अध्यक्ष गोपाल भट्टराइ, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, जातीय समता समाजका राम बसु, जनजनती सम्मेलनकी उषा पुन, रक्तिम सास्कृतिक अभियानका जिल्ला अध्यक्ष विष्णु के.सी, उद्योग व्यापार संघका जिल्ला अध्यक्ष दुर्गा प्रसाद खनाल लगायतले भेला सफलताको शुभकामना व्यक्त गर्नु गर्नुभएको थियो ।

उद्घाटन सत्र अखिल नेपाल यूवक संघका जिल्ला अध्यक्ष कविराम खनालको अध्यक्षता, सह–सचिव ठाकुर पन्थीको स्वागत तथा सचिव कुलराज खनालको संचालन सम्पन्न भएको थियो ।

सम्मेलनले कुलराज खनालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति र ६ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कृष्ण खनाल, सचिव ठाकुर पन्थी, सह सचिव राजु विक, कोषाध्यक्ष वसन्त खड्का, सदस्यहरुमा दामोदर के.सि, बुद्धि खत्री, भुपाल बिसी, ज्ञानु पाण्डे, प्रकाश पौडेल, तारा हिताङ्ग, जितेन्द्र खत्री, सुरेश आचार्य, शुसिला पराजुली, गोकर्ण कुमाल, बिजय भाट, लोक बहादुर सारु रहनु भएको छ र पछि थप गर्ने गरि ३ स्थान रिक्त रहेको छ साथै सम्मेलनले कविराम खनाल, साजन वली, जुद्ध केसी, ढुण्डीराज खनाल, उमानन्द गैरे , श्याम घिमिरेलाई सल्लाहाकारमा चयन गरेको गरेको छ ।

नव निर्वाचीत सबैलाई कार्यक्रमका प्रमु अतिति, बिशिस्ट अतिथि साथै अतिथिहरुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तस्बिरहरु:

Photo By: Shyam Ghimire

 

Advertisement

गुणस्तरिय शिक्षा प्रदान गर्न बिशेष ध्यान दिनुपर्ने प्रदेश ५ का सांसद जालपा भुसालको भनाई

सपना भट्टराई अर्घाखाँची १७ चैत्र

प्रदेश ५ का सांसद जालपा भुसालले अहिलेको युग प्रतिष्प्रधाको युग भएको भन्दै सामुदायिक बिद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्न बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

जन जागृति माध्यमिक बिद्यालय भुमिकास्थान १० धनचौरले आयोजना गरेको ५९ औं बार्षिकत्सवको अबसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद भुसाले यस्तो बताउंदै मुलुकमा राजनितिक आन्दोलन समाप्त भइ आर्थिक समृद्धिको अभियान सुरु भएकोले अबको शिक्षापनि सोहीअनुसारको हुनुपर्ने बताउनुभएको छ ।

बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष केशव रेग्मीको अध्यक्षता,रेमलाल भट्टराईको स्वागत मन्तव्य र शिक्षक कृष्ण प्रसाद न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा,भुमिकास्थान नगर प्रमुख रेसम थापा,एमाले नेता पिताम्बर भुसाल,भुनपा १० का वडा अध्यक्ष खगिश्वर पन्थी,भमिकास्थान नगर शिक्षा अधिकृत मनिराम पराजुली र स्रोत ब्यक्ति जेदुराम खनाल लगायतले मन्तव्य राख्दै बिद्यालयमा संचालन गरिएको समय ब्यबस्थापन कार्डले पढाइ सुधारको निम्ती अत्यन्तै प्रभावकारी भएको बताउंदै यसलाई सबै बिद्यालयमा अनिवार्य बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

बार्षिकउत्सवको अबसरमा कक्षा ११ र १२ का उत्कृष्ट नतिजा ल्याउने दुइ दुइ जना बिद्यार्थी र बिद्यालयका पूर्व शिक्षकहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा प्र.अ.पिताम्बर खनालले बार्षिक प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

सन्धिखर्क-२ का अपाङ्गलाई सम्मान ।

29666364_1964011157247177_214187917_nश्याम घिमिरे चैत्र १७ अर्घाखाँची,
सन्धिखर्क नगरपालीका वडानम्बर २ को आयोजना र अपाङ्गता समन्वय समिति सन्धिखर्क २ को समन्वयमा वडानम्बर २ भित्र बसोबास गर्ने ३० जना अपाङ्गता भएका ब्यक्ति लाई लक्षित गरि सुक्रबार १ थान झोला १ थान कलम १ थान डायरी र नगद रु २०० प्रदान गरिएको छ ।

कार्यक्रम सृजनसिल अपाङ्गगता सरोकार केन्द्रका अध्यक्ष फर्सु राम पाण्डकोे प्रमुख आतिथ्यता वडा अध्यक्ष मोतिजंग रायमाझीको बिशेष आतिथ्यता वडासदस्य सुश्मा श्रेष्ठको स्वागत मन्तब्य र वडा सचिब बिष्णु प्रसाद आचार्यको सन्चालन सम्पन्न भएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक घोषणा

१६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जाने भएका छन् । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका छन् । ओली २३ गते भारतको राजकीय भ्रमणमा जानेछन् र २५ गते फर्कनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । तर, दुई प्रधानमन्त्रीबीच हुने भेटको समय सार्वजनिक गरिएको छैन । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्नेछन् ।

अस्थायी शिक्षकको परीक्षा स्थगित

काठमाडौं : अस्थायी रुपमा कार्यरत सामूदायिक विद्यालयका शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको परीक्षा स्थगित भएको छ। आयोगले शुक्रबार परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

अस्थायीलाई मात्र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने सरकारी तयारी अव्यवहारिक रहेको र सम्पूर्ण अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी गराउनुपर्ने माग गर्दै छुट्टाछुट्टै आमरण अनशनमा बसेका समूहको माग पुरा गराउने सम्बन्धमा छलफल गर्न तत्कालका लागि परीक्षा स्थगित गरिएको आयोगका अध्यक्ष ताना गौतमले बताए।

 अस्थायी शिक्षकलाई मात्र स्थायी प्रक्रियामा सहभागी गराउन नहुने भन्दै शिक्षा शास्त्र संकाय पढेका विद्यार्थीहरु माइतीघर मण्डलामा र सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी गराउनुपर्ने माग गर्दै शिक्षकको एक समूह भद्रकालीमा आमरण अनशनमा छन्।

source :annapurnapost