प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच ‘सरप्राइज’ भेटवार्ता

चैत २३ – भारतको तीन दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ भेटवार्ता भएको छ ।

मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुग्नुभएको थियो । मोदीलाई ओली एक्लैले भेट गर्नुभएको हो । मोदी भेट्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमालसमेत नलिई ओली एक्लै रेसकोर्स पुग्नु भएको थियो

पूर्वनिर्धारित भेट नभए पनि साँझ एकाएक भेटघाटको कार्यक्रम बनाइएको हो । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीसँगको भेटघाटको तस्बिर ट्वीटरमा सार्वजनिक गर्दै भेटघाटले आफू खुशी भएको बताउनुभएको छ ।

Source: Ujyaaloonline
Advertisement