सुर्य भुसाल कार्तिक १४ अर्घाखाँची :
नेपाली काँग्रेस सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ का सभापति गणेश थापा क्रियाशिल सदस्य नारायण थापा र कृष्ण थापा कि आमा ६५ बर्षिय बसुनधारा थापाको निधन भएको छ । उहाको निधन प्रति नेपाली काँग्रेसले दुख ब्यक्त गरेको छ । उहाको पार्थबिक शरिरमा नेपाली काँग्रेसका पुर्ब सभापति तथा सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले चारेतारे झन्डा ओढाई अन्तिम श्रद्धाञ्जलि ब्यक्त गर्नु भएको थियोे । उँहाको बुधबार हडाहा घाटमा दाहासंस्कार गरिएको हो । श्रद्धाञ्जलि दिन काँग्रेस नेता गोपाल भुसाल पृतम थापा बिष्णु भुसाल राम बहादुर केसि लगायत काँग्रेस कार्यकर्ताहरु सुभचिन्तक आफन्त छिमेकि हरुको सहभागिता रहेको थियोे ।