विनोद गैरे, सन्धिखर्क एफएम असोज २९ अर्घाखाँची :
अर्घाखाँची यूनिफर्म हाउसको सोमबार एक कार्यक्रमका विच सन्धिखर्क चुत्राबेसी पेट्रोलपम्प कच्वे पुलको अगाडी उद्घाटन भएको छ । प्रमुख अतिथि नगर प्रमुख कमल प्रसाद भुसालले यूनिफर्म हाउसको उद्घाटन गर्दै कुनै व्यवसायलाई सुरुगर्नु मात्र ठुलो कुरा नभई त्यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो । भुसालले सन्धिखर्कमा यस्ता किसिमका व्यववसायहरुको अत्यान्तै खाँचो रहेकोले आगामी दिनमा नगरका व्यवसायहरुलाई थप व्यवस्थीत साथै मर्यादित वनाउदै व्यवसायीक हक हितको निम्ति नगरले गुरु योजना निर्माण गर्न लागेको बताउनुभयो ।
यूनिफर्म हाउस लामो समय सम्म बैदेसीक रोजगारमा रहेका अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं. १ ढाकावाङ्ग निवासी देविराम खनालले संचालनमा ल्याउनुभएको हो । खनालका अनुसार अर्घाखाँची जिल्ला भरका सम्पू्र्ण वोर्डिङ्ग स्कुल तथा सरकारी स्कुललाई लक्षित गरी यो हाउस संचालनमा ल्याईएको र अर्घाखाँचीमा संचालित सम्पूर्ण सरकारी तथा वोर्डिङ्ग स्कुलमा अध्ययन गर्ने सम्पूर्ण छात्र छात्राहरुका सानो देखि ठुलो साईजमा रेडिमेट स्कुलर वोर्डिङ्गका यूनिफर्म,स्कुल बेल्ट, स्कुल जुत्ता, मोजा, स्कुल व्याग, टिफिन बक्स, पानीको वोतल लगायत सामानहरु उपलव्ध रहेको जानाकारी दिनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. २ का वडाअध्यक्ष मोतिजङ्ग रायमाझी, नेपाल पत्रकार महासंघका ५ नं. प्रदेश सदस्य प्रेम नारायण आचार्य, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विनोद गैरे, सन्धिखर्क एफ.एमका स्टेसन म्यानेजर श्याम प्रसाद घिमिरे, नेपाल प्रेस यूनियनका सचिव विष्णु खनाल, स्थानीय समाजसेवी दुर्गा प्रसाद खनाल लगायतले व्यवसायीक सफताको शुभकामना व्यक्त गर्नु भएको हो । कार्यक्रम अर्घाखाँची यूनिफर्म हाउसका व्यवस्थापक देविराम खनालको अध्यक्षता, गोमा खनालको स्वागत मनतब्य र अमृत खनालको संचालन सम्पन्न भएका हो ।