श्याम घिमिरे कात्तिक ६,अर्घाखाँची :
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका वडानम्बर ५ हंसपुरको टिमुरे नजिकै घाटाका खोलामा मंगलबार दिउँसो यात्रु बाहक जिप दुर्घटना भएको छ । सन्धिखर्कबाट गुल्मीको भन्भने बडाचौर तर्फ जादै गरेको लु १ ज ३५०३ नम्बरको देउराली यातायात ब्यबसायी समिति द्धारा सन्चालीत सवारी जिप दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक गुल्मीको धुर्कोट गाउँपालीका वडानम्बर ३ गल्दाका मन्त्री भनिने शेरबहादुर थापाको ज्यान गएको र गाडीमा सवार सबै यात्रुहरु सकुशल रहेकोे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी खिमबहादुर घमले जानकारी दिए । गाडी अनियन्त्रीत भई बाटोमै पल्टीएको र गाडीको ढोका खोलेर बाहीर हामफाल्न खोज्दा चालकको ज्यान गएको हुनसक्ने घमले बताए ।
Day: October 23, 2018
अर्घाखाँचीमा दाईको हत्या गरी फरार रहेका भाइ १४ वर्षपछि पक्राउ
श्याम घिमिरे कात्तिक ६ अर्घाखाँची
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आफ्नै दाजुको हत्या गरी फरार रहेका भाई १४ वर्ष पछि पक्राउ परेका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वाडनम्बर ८ सुर्सिङ्गमा २०६१ साल कार्तिक ६ गते घरायसी विवादमा दाईको हत्या गरी फरार रहेका जीवबहादुर नेपाली १४ वर्ष पछि पक्राउ परेका हुन् । दाई हेमबहादुर नेपालीको घरायसी विवादमा हत्या गरी फरार रहेका जीवबहादुरलाई भुकिमास्थान ९ घोराखरी स्थित आफ्नै ससुराली घरबाट कात्तिक ४ गते प्रकाउ गरि आबश्यक अनुसन्धान भैरहेकोे जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
अर्घाखाँचीमा पेट्रोलको चरम अभाव
लक्ष्मण घिमिरे कार्तिक ६ अर्घाखाँची :नेपालीहरुको महानचाड बडा दशैंको बेला अर्घाखाँचीमा पेट्रोलको चरम अभाव भएको छ । बिगत ४ दिनदेखी पेट्रोलको अभाव हुँदा यातायात व्यवसायी संगै आम सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन । दशैंको बेला बाहिरबाट जिल्लामा आउने र जिल्लाबाट बाहिरिनेको संख्या बढिरहेका बेला पेट्रोलको अभाव भएको हो । ट्याक्सी घरघरमा थन्किएका छन भने बाईक पनी तेल अभावले गुड्न छाडेका छन ।
‘दसैंका बेला तेल अभाव हुँदा यात्रुलाई निकै सास्ती भएको छ’ ‘ट्याक्सी धनी दिनेश पोख्रेलले भन्नुभयो’ ‘अलिअलि चहलपहलका बेला तेल नपाउँदा व्यवसाय पनी धरापमा पर्यो’ । सन्धिखर्कमा ४ र शितगंगामा २ गरि अर्घाखाँचीमा ६ वटा पेट्रोलपम्पहरु रहेका छन । ट्याङकर चालक दसै बिदामा गएकाले अली असहज भएपनी,पेट्रोल शिघ्र सहज रुपमा दिलाउन आफुहरु लागी परेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । चाडबाड मनाउन घरमा आएका ब्यक्तिहरु सम्बन्धित गन्तव्यमा फर्किनका लागि पेट्रोल नहुँदा अलपत्र छन ।
कला र संस्कृति बचाउँन गाउँपालिकाले पहल गर्छ-अध्यक्ष पोख्रेलले
सन्धिखर्क एफएम कार्तिक ६ अर्घाखाँची : छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले कला र संस्कृति बचाउँन गाउँपालिकाले पहल गर्ने बताउँनुभएको छ । सामाजिक विकासको लागि हाम्रो पहल बल्कोट समाज सुधार युवा क्लबद्वारा आयोजित दशै विशेष सांस्कृतिक कार्यक्रममा पोख्रेलले छुवाछुत प्रथा हटाई समाज सुधारको लागि क्लबले खेल्ने भुमिकामा सहयोग गर्ने बताउँनुभयो ।
बल्कोट पौवामा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्त, कांग्रेसक जिल्ला सचिव विष्णु भुसाल, वडा अध्यक्षहरू राजेश पन्थी, प्रकाशचन्द्र पन्थी, तोजप्रसाद खनाल, बालकृष्ण श्रेष्ठ, कमल पौडेल, अशोककुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, कांग्रेस जिल्ला सदस्य पिताम्बर खनाल, पुर्व जिल्ला सहसचिव बाबुराम पौडेल, तरूण दलका जिल्ला अध्यक्ष नारायण खड्का, पत्रकार प्रेम आचार्य, घनश्याम पौडेल लगाएतको अतिथ्यता रहेको थियो ।
बल्कोट पौवा हाम्रो पहिचान, संस्कृति बचाउने हाम्रो अभियान भन्ने नाराका साथ आयोजित कार्यक्रमबाट दलित, गरिब, अपाङ्ग, असहायहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रमको उद्वेश्य रहेको छ । कार्यक्रममा राष्ट्रिय कलाकार राजु परियार, प्रकाश सपूत, मधुसुदन बन्जाडे, जीवन परियार, पुरषोत्तम पौडेल, सुनितामि परियार, कृष्ण सापकोटा, हरिमाया रायमाझी, नमराज पाण्डे, मोहन सुनार, भुवन विक, हिम लम्तरि मगर, अर्पण सुरेश, राजु विक, हास्यकलाकार भुवनेश्वर अधिकारी लगाएत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको थियो । छत्रदेव गाउँपालिका सहित अन्य जिल्ला भरका हजारौ दर्शकहरूले मनोरञ्जन लिए । कार्यक्रम क्लवका अध्यक्ष मनोज भुसालको अध्यक्षता, अशोक पौडेल र तिर्सना पन्थीको संयुक्त सञ्चालनमा सम्पन्न भएको हो।