दलित समुदाय माथिको भेदभाव नहट्नु दुःखद

गोपाल प्रसाद भट्टराई असोज १९ अर्घाखाँची :

राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बाबुराम सुनारले मुलुकमा गणतन्त्र स्थापनाको एक दशक पुगि सक्दा समेत दलित समुदाय माथिको भेदभाव नहट्नु दुःखद भएको बताउनुभएको छ ।जातिय समता समाज भुमिकास्थानको प्रथम नगर सम्मेलनको  सुक्रबार उद्घाटन गर्दै उहांले यस्तो बताउनुभएको हो ।

कानुन र ब्यबस्था फेरिएपनि मुलुकको राजनीतिक तथा आर्थिक परिवर्तनमा ठुलो योगदान दिंदै आएको दलित समुदायमाथी छुवाछूत,ज्यादती,उत्पीडन र शोषणको ब्यबहार परिवर्तन हुन नसकेको भन्दै राजमो सचिव सुनारले समृद्ध समाज निर्माणको निम्ती सबैपक्षका गलत ब्यबहारमा परिवर्तन आवस्यक रहेको बताउनुभएको छ ।

समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली,नेताहरु कृष्ण सुनार,नुम बहादुर सुनार,लक्ष्मी सुनार र राजु सुनार लगायतको बिशेष आतिथ्यतामा सम्पन्न नगर सम्मेलनले चेत बहादुर वि.क.को अध्यक्षतामा ११ सदस्यिय नगर समितिको चयन गरेको छ ।जसको उपाध्यक्षमा निम बहादुर सुनार,सचिव गोपाल नेपाली,सह–सचिव गिता परियार र कोषाध्यक्षमा लक्ष्मी वि.क. रहनुभएको छ ।यस्तै सम्मेलनले कृष्ण सुनार,विर बहादुर सुनार,राम बहादुर नेपाली,गोपाल वि.क र केशरा परियार रहेको ५ सदस्यिय सल्लाहकार समितिको समेत गठन गरेको छ  ।

Advertisement

डिभर्ना सनराईज बोर्डिङमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बिक्रम पाण्डे समान्ता असोज १९ , अर्घाखाँची :

सनराईज ईङ्लिश बोर्डिङ हाई स्कुल सन्धिखर्क नगरपालिका वडा न १२ मा शुक्रबारीय कार्यक्रम अन्तर्गत बिद्यालयका कक्षा ६ को आयोजनामा आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियिगिता सम्पन्न भएको छ । अधारभूत तह (१-५)का कुल ११ समूहको सहभागीता रहेको प्रतियोगितामा पूर्णिमा श्रेष्ठको समूह प्रथम , मनोज भुसालको समूह द्वितीय र मनोज बिकको समूह तृतीय भएको थियो ।

प्रतियोगितामा सफल समुहलाई पुरस्कृत समेत गरीएको थियो । कार्यक्रम कक्षा ६ कि बिद्यार्थी अमृता पौडेलको अध्यक्षतामा सपन्न भएको हो । कार्यक्रममा बोल्दै बिद्यालयका सस्थापक प्रीन्सिपल नारायण प्रसाद पौडेलले बिद्यार्थीहरुले गरेको यस किसिमको कार्यक्रमले बिद्यार्थीहरुको बौद्धिक प्रतिभा उजागर तथा उनीहरुको पढ्ने बानीमा बिकास हुने भन्दै पठन पाठनमा राम्रो सङ्ग लाग्न अनुरोध गरे ।

उनले पाठ्यक्रममा समाबेश भएका विषय बस्तुहरु सङ्गै बाहिरी ज्ञान पनि हासिल गर्नु पर्ने बताए । कार्यक्रम कक्षा ६ का बिद्यार्थी मिलन बस्यालको स्वागत मन्तब्य र बिद्यार्थी रन्जीत श्रेष्ठ तथा अनमोल बस्यालको सन्चालनमा सम्पन्न भएको थियो । साथै कार्यक्रममा विश्व शिक्षक दिवस था विश्व मुस्कान दिवसको अवसरमा शिक्षक शिक्षक बिच एक आपसमा शुभकामना साटासाट समेत गरिएको पत्रकार बिक्रम पाण्डे समान्ताले खबर लेखेका छन् ।

बिमानस्थललाई जसरी भएपनी सम्पन्न गरेरै छाड्ने पुर्बउपप्रधानमन्त्री रायमाझीको उद्घोष

Image may contain: 19 people, including Purna Shrestha, Bishnu Muskan, Sushila Bhandari Banjade, Kamala Khanal Bhandari, Thakur Kumar BK, Pitambar Bhusal, Narayan Prasad Banjade and Yuvaraj Thapa, people smiling, people standing and outdoor

श्याम घिमिरे असोज १९ अर्घाखाँची :
नेपाल सरकारका पुर्बउपप्रधान मन्त्री एवं अर्घाखाँची जिल्ला प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझीले निर्माणाधिन अर्घाभगवति बिमानस्थललाई जसरी भएपनी सम्पन्न गरेरै छाड्ने बताउनु भएको छ । निर्माणाधिन बिमानस्थलको सुक्रबार ड्रोन क्यामरा मार्फत डिटल सर्भे गर्ने कार्यक्रममा संक्षिप्त रुपमा कुराकानी गर्दे रायमाझीले उक्त कुरा बताउनु भएको हो । राजनितिक क्रान्ति सफल भएकोले अब आर्थिक क्रान्तिमा जुटिरहेको भन्दै रायमाझीले बिकास निर्माणमा सबैको सहयोग र एकताको खाँचो रहेको बताउनुभयो । जिल्लालाई बिकास निर्माणको माध्ययमबाट देशभर चिनाउन आफु लागीपरीरहेको बताउदै रायमाझीले सबैको भाबनालाई समेटेर कामगर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

Image may contain: 19 people, including Purna Shrestha, Bishnu Muskan, Sushila Bhandari Banjade, Kamala Khanal Bhandari, Thakur Kumar BK, Pitambar Bhusal, Narayan Prasad Banjade and Yuvaraj Thapa, people smiling, people standing and outdoor
कार्यक्रममा राष्ट्रीय सभा सदस्य चन्द्रबहादुर खड्का,प्रदेश सांसद रामजि प्रसाद घिमिरे,जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल,उपप्रमुख रीषी बहादुर पुलामी,सन्धिखर्क नगरउपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायतको उपस्थीति रहेको थियो । क्यामरालाई ईन्जीनियर गुरुदत्त भट्टराईले आकाशमा उडा्न गर्नु भएको हो । यस अघि २०७३ साल असार १३ गते तत्कालीन नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री रायमाझीले एककार्यक्रमका बिच विमानस्थलको शिलान्यास गर्नुभएको थियो ।

Image may contain: mountain, sky, cloud, outdoor and nature

Image may contain: sky, bird, outdoor and nature

वडाध्यक्षले फोडे नगरप्रमुखको ढोका

असोज १९, २०७५ कैलाली : घोडाघोडी नगरपालिका वडाध्यक्षले आफ्नै नगर प्रमुखको कार्य कक्षमा तोडफोड गरेका छन्। रकम भुक्तानीको विषयलाई लिएर वडा नं. ८ का अध्यक्ष भिम बोगटीले नगरप्रमुख ममताप्रसाद चौधरीको ढोका तोडफोड गरेका हुन्।

तोडफोडबाट नगरप्रमुख कार्यालयको ढोकाको सिसा फुटेको छ। नगरपालिकाभित्र रहेका छाडा चौपाया व्यवस्थापन बापतको छ लाख रुपैयाँभन्दा बढि रकमको काम सम्पन्न भैसके पनि भुक्तानी नहुँदा  बोगटीले तोडफोड गरेको स्थानीयले बताएका छन्। चौपाया व्यवस्थापनका लागि छुट्ट्याइएको रकम भुक्तानी चेकको मितिमा २०७५ को ठाउँमा  २०७३ लेखिएको देखेपछि आक्रोसित वडाध्यक्ष बोगटीले नगरपालिकाका नगर चौधरीको कार्यकक्षको ढोका फुटाएका हुन्। घटनापछि वडाध्यक्ष बोगटीले विज्ञप्ति निकालेका छन्।

विज्ञप्तिमा ढोका जोडले तान्दा सिसा चर्केको र पछि फुट्न गएको उल्लेख छ। साउन १४ देखि छाडा चौपाया व्यवस्थापन समितिले वडा नं. ८ को सिस्नेरीमा करिब एक हजार ७०० छाडा चौपाया व्यवस्थापन गरिएको छ। जसका लागि आवश्यक सामान खरिद तथा हेरालुलाई पारिश्रमिक दिन नपाइएकाले चेक माग्दा मिति गलत उल्लख गरेकाले आक्रोशित बनेको वडाध्यक्षले बताए।
source:thahakhabar.com