रकम अभावको कारण अर्घाखाँचीमा एक बच्चाको ज्यान गयो

सन्धिखर्क एफएम कार्तिक १३ अर्घाखाँची :

अर्घाखाँची जिल्लाको साबिक ढाकाबाङ गाबिस हाल भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ साम्नेगाँउ निवासी वसन्त गमालका ४ बर्षिय छोराको सोमबार राती बुटवलमा निधन भएको छ । कात्तिक ११ गते राती बालकले उल्टी गरेपछि १२ गते उपचारको निम्ति बालकलाई अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा भर्ना गरिएको हो । बच्चा बेहोस अबस्थामा रहेकोले आईसियुमा राखेर उपचार गर्नुपर्ने भन्दै डाक्टरले बच्चाको बुबालाई सम्पुर्ण अबस्था जानाकारी गराई बच्चालाई रिफर गरेका थिए । बच्चालाई रिफर गरेपनी उनिहरुले आर्थिक अभाबका कारण जिल्ला अस्पतालकै बेडमा राखेर उपचार गराउन बाध्य भएका थिए ।

साँझ सम्म बच्चालाई अन्यत्र उपचार गर्न लैजाने छाँटकाँट नदेखेपछी समाजसेबि सहयोगी बिसीको पहलमा भुमिकास्थान नगरपालिकाका सामाजिक एवं राजनितिक ब्यक्तित्व कबिराम खनालले अस्पताल पुगेर एम्बुलेन्स र उपचारको लागि आर्थिक ब्यबस्थापन गरेर बुटवल पठाउनु भएको थियो । तर निज बच्चा लुम्बिनी अञ्चल अस्पतालमा उपचारार्थ रहेकै अबस्थामा सोमबार राती करीब साढे ३ बजे दुखद निधन भएको निजका बुवा वसन्त गमालले जानाकारी दिनु भयो ।

यसैबिच बुटवलका डाक्टरले उपचार गर्न ढिलो भएको कारण बच्चालाई बचाउन नसकिएको बताएका छन । केही समय अगाडी मात्र बच्चाका बुबा पनि गम्भीर बिरामी परी करीब तिन लाख रुपैया खर्च गरेर उठ्नु भएको जनाईएको छ । यस्तै बच्चाका बुबाले उपचारको निम्ति आफुसंग एक हजार रुपैया सम्म पनि नभएको पीडा समेत पोख्नुभएको छ ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीको पार्टी कार्यालय तथा भौतिक सम्पति एकीकरण कार्य सम्पन्न

Image may contain: 1 person, standing and outdoor

हिम जिसी लेकाली कार्तिक १३ सन्धिखर्क :नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीको पार्टी कार्यालय तथा भौतिक सम्पति एकीकरण कार्य सम्पन्न भएको छ । पार्टी एकता अगावै सम्पन्न भैसकेकोमा जिल्ला स्तरीय कार्य दलद्वारा मंगलबार सम्पत्ति तथा सदस्यता अभिलेख एकीकरण गरिएको हो ।

Image may contain: one or more people and outdoor

पार्टी एकीकरण पश्चात् पार्टीको जिल्ला कार्यालय मदन आश्रित स्मृति भवनबाट सञ्चालन भैरहेकोमा साविकको नेकपा माओवादी केन्द्रको कार्यालयमा रहेका भौतिक सामग्री र दस्तावेजहरु जिल्ला पार्टी कार्यालयमा स्थानान्तरण गरिएको नेकपाका नेता जनार्दन खनाल तथा तोज बहादुर रायमाझी (बिधान ) ले जानकारि दिनु भएको छ ।

Image may contain: 10 people, including Ramchandra Pokhrel and Chham Kumari Khanal Chinari, people smiling, people walking and outdoor

Image may contain: 3 people, people smiling, people sitting and outdoor

Image may contain: 1 person, standing and outdoor