अस्थायी तथा करार कर्मचारीहरुलाई स्वतःस्थायी र समायोजन गर्न माग गर्दे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Image may contain: 5 people, including Balaram Mishra, Sudip Gc, Bikram Thapa and Govinda Kc, people standing

श्याम घिमिरे असोज २२ अर्घाखाँची :लामो समय देखी बिभिन्न कार्यालयमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुलाई सुरु नियुक्ति मिति देखी लागुहुने गरी प्रकृया मिलाई स्थायी गरीनुपर्ने, जिल्ला स्थीत खारेज भएका कार्यालयहरुका करार अस्थायी कर्मचारीलाई बिभिन्न कार्यालय अन्र्तगत समायोजन गरीनुपर्ने लगायतका बिभिन्न मागहरु राखी करार अस्थायी हकहित संघर्ष समिति अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्क शान्ति बगैचाबाट शान्तिपुर्ण र्र्याली सहीत प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पठाएको छ ।

Image may contain: 7 people, people smiling, people standing, crowd and outdoor

जिबनको उर्बर एवं सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरिएको भन्दै सरकारले बिभिन्न बाहनामा आफुहरुलाई पछील्लो समय उपेक्षा गर्नलागेको जनाउदै ज्ञापनपत्र बुझाईएको समितिका अध्यक्ष सुदिप जिसीले बताउनुभयो । ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी भुसालले कर्मचारीका जाहेज मागहरुलाई राज्यले सम्बोधन गर्नु पर्ने बताउनु भयो । देशभर हालसम्म करीब ३२ हजार करार तथा अस्थायी कर्मचारी कार्यरत रहेका छन ।

Image may contain: 8 people, people standing, crowd and outdoor

Image may contain: 6 people, outdoor

Image may contain: 5 people, including Balaram Mishra, Sudip Gc, Bikram Thapa and Govinda Kc, people standing

शैक्षिक विकास तथा अनुसन्धान परिषद् अर्घाखाँचीको आयोजनमामा सितगंगामा गोष्ठी सम्पन्न

सन्धिखर्क एफएम असोज २२ अर्घाखाँची :शैक्षिक विकास तथा अनुसन्धान परिषद् अर्घाखाँचीको आयोजनमामा सितगंगा नगरपालिकाको ज्योति मा.वि मा प्रश्न निर्माण तथा दोश्रो त्रैमासिक परीक्षाको प्रश्न निर्माण कार्यशला गोष्ठी सम्पन्न सोमबार भएको छ । कार्यक्रम नगर शिक्षा अघिकारी माधब बन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अथिति बन्जाडे प्रश्नपत्र निर्माण ज्यादै जटिल हुने भएकोले प्रश्नपत्र निर्माणको लागि विषयगत दक्ष हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम शैक्षिक अनुसन्धान विकास परिषद्का अध्यक्ष मान ब पाण्डे स्रोत व्यक्ति निमानन्द भुसाल खडानन्द भुसाल गिरी ब थापा लगायतका बक्ताले मनतब्य राख्नुभएको हो । कार्यक्रम प्र.अ शंकर अर्याल को अध्यक्षता दिनामणी बेल्वासकोे सञ्चालन नेत्र पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयको प्र.अ को समेत उपस्थिति रहेको थियो ।

भुमिकास्थान नगरको ढाकावाङ्गमा निःशुल्क स्वास्थ्य शिविर सुरु

गोपाल भट्टराई असोज २२ अर्घाखाँची :

भुमिकास्थान नगरको ढाकावाङ्गमा आजदेखी दुइ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नगरपालिकाको कार्यालय र ढाकावाङ्ग वडा कार्यालयको आर्थिक सहयोग तथा लुम्बिनी सिटी हस्पिटल बुटवलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सुरु भएको हो । दुइ दिन सम्म चल्ने शिविरको आज एक कार्यक्रमका बिच नगर उप–प्रमुख खडानन्द वेल्वासेले उद्घाटन गर्नुभएको छ ।

शिविरको उद्घाटन गर्दै नगर उप–प्रमुख वेल्वासेले स्वास्थ्य नै मानिसको सबैभन्दा ठुलो सम्पति भएको बताउंदै शरिर स्वस्थ राख्न खानपान र ब्यबहारमा ध्यान दिन आग्रह गर्नुभएको छ । ढाकावाङ्ग स्वास्थ्य चौकीका अध्यक्ष समेत रहनुभएका वडा नम्बर १ का वडा अध्यक्ष भोजराज खनालको अध्यक्षता,मेघराज खनालको स्वागत मन्तव्य र खिम बहादुर राउतको संचालनमा सम्पन्न उद्घाटन समारोहमा बोल्दै वडा नम्बर २ का अध्यक्ष बुद्धि बहादुर थापाले आफुहरु जनताको काम गर्न जनप्रतिनिधि भएको प्रसङ्ग सुनाउंदै मौसम परिवर्तन संगै हुन सक्ने भाइरलको समस्यालाई निराकरण गर्न शिविरको आयोजना गरिएको बताउनुभएको छ ।

शिविरको पहिलो दिन आज ढाकावाङ्ग,गोखुङ्गा तथा छिमेकी जिल्ला प्युठानबाट समेत शिविरमा आएका झन्डै २ सय जनाले स्वास्थ्य जांच गराएको ढाकावाङ्ग स्वास्थ्य चौकीका अहेव तिलकराम भट्टराईले जानकारी दिनुभएको छ । स्वास्थ्य जांच गराउने अधिकांशमा हाड जोर्नी नशा तथा मानसिक रोगको समस्या देखा परेको भन्दै खानपानमा बिशेष ध्यान पु¥याउंदै मानसिक बोझलाई कम गर्ने योजनाका साथ अगाडि बढ्न डाक्टरहरुले सुझाव दिनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

छत्रदेब गाउँपालिका ७ भगवतिको सार्वजनिक सुनुवाई सम्पन्न ,जनताको सेवामा कुनै कसुर बाँकी नराख्ने वडाध्यक्षको प्रतिबद्धता

सन्धिखर्क एफएम असोज २२, अर्घाखाँची :

छत्रदेब गाउँपालिका ७ भगवतिको सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ । पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको सहजीकरणमा तथा वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७४÷०७५ मा सम्पन्न गरिएका कार्यक्रमहरुको बारेमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । सार्वजनिक सुनुवाईमा गत आर्थिक वर्षमा वडा कार्यालयले बिनियोजन गरेको बजेट, सम्पन्न कार्यक्रम र उपलब्धीको बारेमा जानकारीगराइएको थियो ।

कार्यक्रममा उठेका सवालहरुमाथि वडाध्यक्ष शोभाखर पाण्डेले जवाफ दिनुुभएको थियो । वडाध्यक्ष पाण्डेले वडाकार्यलयले उठेका प्रश्नहरुको जवाफ दिदै वडा कार्यालयले जनताको सेवाको निम्ती कुनै कसुर बाँकी नराखेको बताउनुुभयो । उहाँले सिमित बजेटले सबैमा आवश्यकता सम्बोधन गर्न एकै पटक नसकिने भएकाले क्रमश प्राथमिकताको आधारमा कामहरु गरिदै आएको बताउनुुभयो । कार्यक्रममा वडा सदस्य गोपाल प्रसाद मरासिनी, सरस्वति माबिका प्राचार्य ठाकुर प्रसाद पाण्डे, जनकल्याण माबिका प्राचार्य कबिराम अधिकारी, स्वास्श्य चौकी इन्चार्ज स्वास्थ्य चौकी इन्चार्ज कमल प्रसाद पाण्डे, कृषि प्राबिधिक प्रकास घिमीरे, पत्रकार दिपेन्द्र श्रेष्ठ लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रममा स्थानीय रघु श्रेष्ठ, फर्सुराम न्यौपाने, बिष्णुप्रसाद न्यौपाने, जंगबहादुर परियार, धर्मराज पाण्डे, भोलानाथ पाण्डे, भिमकला पाण्डे, घनश्याम पाण्डे लगायत वडा कार्यलयले सम्पन्न गरेको योजना तथा कार्यक्रमहरुमाथि टिका टिप्पणी गर्नुभएको थियो । कार्यक्रम वडाध्यक्ष शोभाखर पाण्डेको अध्यक्षता, पारष्परिक जवाफदेहिता परियोजनका बसन्त श्रेष्ठको सहजीकरणमा सम्पन्न भएको थियो ।

राहत शिक्षकको पनि काठमाडौंमा आन्दोलन सुरु

असोज २१, २०७५ काठमाडौंः राहत शिक्षकहरुले स्वत: स्थायी गर्न माग गर्दै काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। देशभरका राहत शिक्षकहरूले आइतबार काठमाडौंमा भेला भई स्वतहः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए। नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आयोजित विरोध प्रदर्शनमा सहभागी राहत शिक्षकहरुले स्वत: स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए।
source:thahakhabar.com