दोस्रो अर्घाखाँची प्रीमियर लिगको उपाधी रोयल सन्धिखर्कलाई

बिक्रम पाण्डे,असोज २० अर्घाखाँची : स्वास्थ्यका लागि खेलकुद , रास्ट्रको लागि खेलकुद भन्ने नाराका साथ असोज १२ गतेबाट सुरु भएको दोस्रो अर्घाखाँची प्रीमियर लिग सनिबार सकिएको छ । अर्घाखाँची सामुदायिक बिकास क्लवको मातहतमा सन्चालित अर्घाखाँची क्रिकेट एकेडेमीको आयोजनामा संचालित दोस्रो अर्घाखाँची प्रीमियर लिगको उपाधी रोयल सन्धिखर्कले हात पारेको छ । राउन्ड रोबिन लिगको आधारमा खेलिएको खेलमा अन्तिम फाईनल खेलमा एम्स स्टार र रोयल सन्धिखर्क पुगेका हुन् ।

रोयल सन्धिखर्क ५ खेल मध्ये ४ खेल जितेर फाइनलमा स्थान बनाएको हो, भने एम्स स्टारले ६ खेल मध्ये ५ खेल जितेर फाइनलमा स्थान बनाएको हो । लिग चरणको अन्तिम रोयल सन्धिखर्क र एम्स स्टार बिचको खेल प्राविधिक कारणले रद्द भएको थियो । सनिबार सम्पन्न फाईनेल खेलमा टस जितेर एम्स स्टारले पहिले ब्याटीङ्ग रोजेको थियो । रोयल सन्धिखर्कका बलरहरुको कसिलो बलिङ्गको दबाबमा परेको एम्स स्टारले पूरा २० ओभर खेली जम्मा ५६ रन बनायो । ५७ रनको लक्ष्य पाएको रोयल सन्धिखर्कले १२.५ ओभरमा २ बिकेटको क्षेतीमा लक्ष्य भेटायो । रोयल सन्धिखर्कले एम्स स्टारलाई ८ बिकेटले पराजित गरेको हो ।

नेपाल शिक्षक संघ भुमिकास्थानको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अशोक पौडेल असोज २० अर्घाखाँची : नेपाल शिक्षक संघ भुमिकास्थान को आयोजनामा विजया दशमी शुभ दिपावली तथा छठ पर्वको अबसरमा शुभकामना आदानप्रदान र शिक्षक अन्तरक्रिया कार्यक्रम सनिबार भुमिकास्थान को पोखेडाडा मा सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै नेपाली कांग्रेस भुमिकास्थान नगर संयोजक खिम कुमार श्रेष्ठले शिक्षक बौद्धिक वर्ग भएकाले समाजका सबै स्थानमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुने र शिक्षकका पेसागत सेवा सुरक्षाका समस्या समेत सम्बन्धि निकायले पूरा गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा मनतब्य राख्दै भुमिकास्थान नगरपालिका उपप्रमुख खडानन्द वेल्वासेले शिक्षकका पेसागत सेवा सुरक्षाका समस्या र स्थानीय स्तरमा विद्यालयका आर्थिक, भौतिक र शैक्षिक समस्या स्थानीय तहलेनै मापदण्ड अनुसार ब्यवस्थापन गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष नेत्र प्रसाद पोख्रेल , जिल्ला अर्थ सचिव कृष्ण अधिकारी नेपाली कांग्रेस जिल्ला सदस्य प्रेम नारायण वेल्वासे, डोम प्रसाद भुसाल भुमिकास्थान ६ का अध्यक्ष झविलाल बन्जाडे, नेपाली कांग्रेस जिल्ला प्रचार प्रसार विभाग सदस्य नारायण प्रसाद खनाल, नेपाल शिक्षक संघ प्रदेश प्रतिनिधि शारदा रायमाझी, नेपाल शिक्षक संघ जिल्ला सदस्य पदम गैरे, मन्जु केसि, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सदस्य पुण्य बहादुर शाही, महेन्द्र सुनार भुमिकास्थान नगर सहसंयोजक टंक प्रसाद वेल्वासे, नगर सचिव मुकुन्द खनाल लगायतले मन्तव्य राख्नु भएको हो ।

कार्यक्रम नेपाल शिक्षक संघ भुमिकास्थानका अध्यक्ष काशीराम गैरेको अध्यक्षयता रेम बहादुर बस्नेतको स्वागत मन्तव्य र सचीव छबिलाल भुसालको सन्चालनमा सम्पन्न भएको  हो ।

कक्षा ११को नतिजा सार्वजनिक

काठमाडौं असोज २० : राष्ट्रिय परीक्षाबोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमिततर्फ तीनलाख ३२ हजार आठ सय ९१, अक्षराङ्कन पद्धतीमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार पाँच सय पाँच विद्यार्थी परीक्षामा सहभागी भएका थिए । नियमिततर्फ जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् ।

जिपिए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् । २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेको बोर्डले जानकारी दिएको छ । कक्षा ११को परीक्षागत ९ जेठमा सम्पन्न भएको थियो । 

सहकारीको बिकासकालागी डिपिआर तयार गरेर लाग्नुपर्छ – नगर प्रमुख भुसाल

श्याम घिमिरे असोज, २० अर्घाखाँची

सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले सहकारीको बिकासका लागी डिपिआर तयार गरेर अगाडी बढ्नुपर्ने बताउनु भएको छ । मस्तिष्कमा समझदारी ,काधँमा जिम्मेवारी, हृदयमा ईमान्दारी भन्ने मुल नाराका साथ सनिबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको सातौं बार्षिक सधारण सभाको उद्घाटन गर्दे प्रमुख भुसालले यस्तो कुरा बताउनु भएको हो ।

सहकारीको माध्यमबाट बेरोजगार युबाहरुलाई कसरी रोजगार दिलाउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफलगरी योजना बनाएर अगाडी बढेमा सहकारीको ब्यापकता अझ बढ्ने भन्दै प्रमुख भुसालले स्थानिय स्तरमा उपलब्धहुने स्रोत साधनको प्रयोगगरी जिल्लालाई उत्पादन मुखी बनाउनुपर्नेमा जोड समेत दिनुभयो ।

कार्यक्रममा भुमिकास्थान नगरपालीका प्रमुख रेशम थापा, सन्धिखर्क वाडनम्बर २ का वडाअध्यक्ष मोतिजंग रायमाझी, जिल्ला बचत तथा ऋृण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकास भुसाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतले कार्यक्रम सफलताको शुभकामना दिदै सहकारीले गरेको कामप्रती सम्मान एवं प्रशम्सा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा सन्चालक समिति अध्यक्ष चन्द्रप्रसाद बन्जाडे, शिक्षा उपसमिति संयोजक कमलप्रसाद घिमिरे, लेखा समिति संयोजक जिबनारायण खनाल, महिला बिकास समिति सदस्य बसन्ता पौडेल र कार्यकारी प्रमुख तुल्सीराम खनालले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको हो ।

यस्तै संस्थाले सामुदायीक र संस्थागत बिद्यालय बाट गत सालको एसईई परीक्षामा उत्कृष्ट नम्बर ल्याउने २÷२ जना शेयर सदस्यका छोराछोरी,संस्था संग आबद्ध रहेका जेष्ठनागरीक, संस्थालाई सहयोग गर्ने सहयोग दाता,कर्मचारी र सन्चारकर्मीहरुलाई नगद प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेको अध्यक्षता कोषाध्यक्ष मधु बन्जाडेको स्वागत मन्तब्य र सचिब उत्तममणी मिश्रको सन्चालनमा सम्पन्न भएको हो । २०६८ सालमा स्थापित संस्थामा हाल करीब ७ सय भन्दा बढी शेयर सदस्यहरु आबद्ध रहेको सहकारीले जनाएको छ ।

शिब मदन माबि कक्षा ११ कोे आयोजनामा दशै बिशेष साँस्कृतिक प्रतियोगिता सम्पन्न

Image may contain: one or more people, people standing, sky, cloud, child, outdoor and nature

श्याम घिमिरे असोज २० अर्घाखाँची :अर्घाखाँचीको पाणीनि गाँउपालिका वडानम्बर ७ मा रहेको शिब मदन माबि कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा सुक्रबार दशै बिशेष साँस्कृतिक प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । सृजना घिमिरेको अध्यक्षता र भिमा पल्लीको सन्चालनमा सम्पन्न कार्यक्रममा पिजेटीए समुह प्रथम,कक्षा १२ को समुह द्धितिय र भुमिकास्थान नगरपालीकाको समुह तृतिय भएका थिए । बिजेतालाई आजै एक कार्यक्रमको बिच पुरस्कार तथा प्रमाणपत्र बितरण गरीएको छ ।

Image may contain: 1 person, crowd and outdoor

पुरस्कार कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक मातृका प्रसाद भट्टराई र शिक्षक सिता बन्जाडेले शुभकामना मनतब्य राख्नुभएको बिद्यालयका शिक्षक सिता बन्जाडेले जानकारी दिनुभएको छ ।

Image may contain: 1 person, outdoor

Image may contain: one or more people, sky, cloud and outdoor