अर्घाखाँची, २५ असोज : अर्घाखाँची जिल्लामा विगत ४ वर्षदेखी क्रियाशिल रुपमा सक्रिय पत्रकार पौडेलले आफनो २० औं जन्मोत्सवको अवसरमा शैक्षीक सामाग्री वितरण गरेका छन । अध्यापन सुरु गरेको पाणिनी गाउँपालिका ६ धातिवाङ्ग ढावमा रहेको श्री कालिका आधारभुत विद्यालका २७ जना विद्यार्थीलाई शैक्षीक सामाग्री वितरण गरेका हुन । शैक्षीक सामाग्री हस्तान्तरणमा वडा अध्यक्ष शुभबहादुर सारु, नेविसंघका जिल्ला अध्यक्ष युवराज पाण्डेले प्रति विद्यार्थी दुई वटाका दरले कापी र कलम वितरण गरे ।
वडा अध्यक्ष सारुले पत्रकार पौडेलले सामाजिक काममा लागेको भन्दै सफलताको शुभकामना व्यक्त गरे । उनले पहिलो पटक धातिवाङ्गमै जन्मदिनमा उदाहरणीय काम गरेको बताए । नेविसंघका जिल्ला अध्यक्ष पाण्डेले चिया खर्च बचाँएर विद्यार्थीलाई कापी कलम वितरण गरेकोमा धन्यवाद व्यक्त गदैँ आगामी दिनमा पनि सामाजिक कार्यमा लाग्न शुभकामना व्यक्त गरे ।
कार्यक्रममा काँग्रेसमा सभापति शोभाखर पौडेल, धातिवाङ्ग स्वास्थ्य चौकी इन्चार्ज मित्रदेव पौडेल, वडा सदस्यहरु पुनाराम पौडेल, खगिश्वर पौडेल, कालिका प्राविका प्रअ गोविन्द पौडेल, नेविसंघका जिल्ला सदस्य भरत भट्टराई, हजुरआमा टिकादेवी पौडेल लगाएतले जन्मदिनको अवसरमा हुने फाल्तु खर्च बचाएर विद्यार्थीलाई शैक्षीक सामाग्री वितरण गर्नु राम्रो कार्य भएको भन्दै प्रंशशा गरे । २०४७ सालमा स्थापना भएको विद्यालयमा कक्षा ३ सम्म पढाई भईरहेको छ । विद्यालयमा २७ जना विद्यार्थीहरु रहेका छन ।
पत्रकार पौडेलले बालशिक्षा देखी कक्षा ३ सम्म अध्ययन गरेको विद्यालय तथा धातिवाङ्गमा नै जन्मदिनमा सामाजिक कार्यमा लागेको उदाहरण पहिलो हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जिववहादुर घर्तीको अध्यक्षता र सुमन पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । २०४७ सालमा स्थापना भएको विद्यालयमा कक्षा ३ सम्म पढाई भईरहेको छ । विद्यालयमा २७ जना विद्यार्थीहरु रहेका छन ।
पत्रकार पौडेलले बालशिक्षा देखी कक्षा ३ सम्म अध्ययन गरेको विद्यालय तथा धातिवाङ्गमा नै जन्मदिनमा सामाजिक कार्यमा लागेको उदाहरण पहिलो हो । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रही पत्रकारिता गर्दै आएका पौडेल प्रेस युनियनका केन्द्रीय पार्षद, हिन्दुखबर डटकमका सम्पादक, दैनिकपत्र दैनिक, एविसी टेलिभिजन, बुद्ध टेलिभिजन, अर्घाखाँची टाईम्सका उप–सम्पादक लगाएतका सञ्चार माध्ययमा आवद्ध छन ।