अर्घाखाँचीको धारापानीमा रक्तिम साँकृतिक धमका सम्पन्न

गोपाल प्रसाद भट्टराई कार्तिक १० अर्घाखाँची :

नेपालमा दिगो शान्ति र समृद्धिको निम्ती विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमै काम लगाउन सक्नुपर्ने राष्ट्रिय जनमोर्चाका नेताहरुले बताएका छन् । अखिल नेपाल युवक संघ भुमिकास्थान नगर समितिले सनिबार धारापानीको मदेनडाँडामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा रक्तिम धमका २०७५ कार्यक्रममा बोल्दै नेताहरुले यस्तो बताएका हुन् ।

अखिल नेपाल युवक संघको केन्द्रिय समितिले संचालन गरेको लागौ युवा,जागौं युवा अभियान अन्तरगत दशै,तिहार,नेपाल संवत तथा छठ पर्वको अवसरमा आयोजित बिशेष सांस्कृतिक सभामा राष्ट्रिय जनमोर्चाका नेता सागर केसी अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे र राजमो जिल्ला अध्यक्ष थम्मन केसी लगाएतले मन्तव्य राख्दै बेरोजगार उत्पादन गर्ने देशको शिक्षा निति र शिक्षाको निजिकरण अन्त्य नगरे सम्म युवाहरुले स्वदेशमै रोजगार नपाउने र स्वरोजगारको ब्यबस्था नभए सम्म देशले दिगो शान्ति र समृद्धि हासिल नगर्ने जिकिर गरेका हुन ।

उनिहरुले मुलुक संघिय ब्यबस्थामा गएसंगै आएको दुइ तिहाइ बहुमतको सरकारले देशलाई अस्तब्यस्त बनाउने र जनतालाई निरास बनाउने काम गरेको आरोप लगाउंदै जनमुखी योजना बनाएर देशको हितमा काम गर्न सुझाव समेत दिएका छन दिनुभएको छ । युवक संघ भुमिकास्थान नगर अध्यक्ष राजु सुनारको अध्यक्षता,कृष्ण भुसालको स्वागत मन्तव्य र जिल्ला अध्यक्ष कुलराज खनालको संचालनमा सम्पन्न कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय अध्यक्ष तथा जनगाएक जिवन शर्माले सिमली छाँयामा बसी,मधेसी पहाडी हिमालका हिमाली,चांहिदैन मलाई सिसाको महल जस्ता जनवादी गित गाएर युवा देखी बुढाबुढी सम्मलाई छमछमी नचाएको दृश्य साँच्चैनै हेर्न लाएक बनेको थियो ।

जिल्लाको भुमिकास्थान नगरपालीका,सन्धिखर्क नगरपालीका , मालारानी गाउँपालिका तथा छिमेकी जिल्ला प्युठान,पाल्पा गुल्मी लगायतका स्थानबाट हजारौं दर्शकको सहभागितामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बिसी,झविलाल थापा,कविराम खनाल,सकुन्तला राना लगाएतको सहभागिता रहेको थियो ।

Advertisement

अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औ बार्षिक साधारण सभा सपन्न

हिम जिसी लेकाली कार्तिक १० अर्घाखाँची :

अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औ बार्षिक साधारण सभा सनिबार सपन्न भएको छ । २०६३सालदेखि जिल्लाकै अग्रणी सहकारि संस्थाको रूपमा काम गर्दै आएको यस संस्थामा हाल ५०५ सेयर सदस्य रहेका छन् । साधारण सभाले बिगत एक बर्षमा गरेका कार्यक्रमहरूको समीक्षा तथा आगामि बर्षको नीति तथा योजना तर्जुमा गरेको छ ।

संस्थाका अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमा जेष्ठ सेयर सदस्य कुलचन्द्र मरासिनि लाई सम्मान गरिएको हो । सभामा आर्थिक प्रतिवेदन लेखा समितिका संयोजक बिष्णु प्रसाद आचार्य र संगठनात्मक प्रतिवेदन अध्यक्ष बालकृष्ण आचार्यले प्रस्तुत गर्नु भएको हो । सभामा सेयर सदस्यको तर्फ बाट दल बहादुर भट्टराई र सिता बन्जाडेले शुभकामना मन्तब्य राख्नु भएको थियो । संस्थाले २०७४को एसईई परीक्षामा सर्बाेउत्कृष्ट अङ्क प्राप्त गर्ने सेयर सदस्यका बालबालिकाहरूलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । सचिव कविराम खनाल र विष्णु प्रसाद बस्याल बाट सन्चालित कार्यक्रमको स्वागत उपाध्यक्ष द्रोण प्रसाद भुसालले गर्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँची कार्यदलको बैठक सम्पन्न

गणेश खनाल  कार्तिक १० अर्घाखाँची :

नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीको कार्यदलको बैठक सन्धिर्खकमा सनिबार सम्पन्न भएको छ । कार्यदलका सदस्य चेतनारायण आचार्यको अध्यक्षतामा बैठक सम्पन्न भएको कार्यदलका सदस्य तोजबहादुर रायमाझीले जानाकारी दिनुभयो । बैठकले कार्तिक १५ गते भित्र साविक दुवै पार्टीका चल अचल सम्पत्ती एकिकृत गरि पार्टी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

साथै कात्तिक १७ गते बुटवलमा हुने चियापान तथा शुभकामान समारोहलाई भव्य बनाउनको लागी सितगंगा नगरपालीकाको पार्टी सदस्य सम्म तथा केन्द्र, प्रदेश, जिल्ला,स्थानीय तहका अगुवा कार्यकतालाई अनिवार्य कार्यक्रममा उपस्थिती हुन निर्देशन दिने निर्णय गरिएको जनाईएको छ । सभालाई सम्बोधन गर्नको लागी पार्टी अध्यक्ष द्धय केपि शर्मा वली,पुष्प कमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल लगायतले सम्बोधन गर्ने बताईएको छ । बैठकमा कार्यदल सदस्य जनार्दन खनाल,छमकुमारी खनाल लगायतको उपस्थिती रहेको थियो ।

पालीका स्तरीय बार्षिक समीक्षा गोष्ठी सम्पन्न ।

Image may contain: 2 people, including Jalpa Bhusal, people standing and indoor
श्याम घिमिरे कात्तिक १० अर्घाखाँची :

अर्घाखाँची जिल्लाका ६ वटा स्थानिय तह हरुबाट सम्पादित आर्थिक बर्ष २०७४।७५ को बार्षिक समीक्षा गोष्ठी सन्धिखर्कमा सुक्रबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति अर्घाखाँचीले आयोजना गरेको गोष्ठीको पुर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको हो ।
No automatic alt text available.
कार्यक्रममा मनतब्य राख्दै रायमाझीले जिल्लाको समृद्धिका लागी सबैको एकता अपरीहार्य रहने बताउनु भयो । त्यस्तै रायमाझीले देशमा राजनितिक क्रान्ति सकिएकोले अबको बाटो भनेको आर्थिक क्रान्तिको भएको बताउनु भयो । जिल्लालाई बिकास निमार्णको क्षेत्रमा नमुना बनाउन आफुहरु लागीपरीरहेको भन्दै रायमाझीले त्यसकालागी सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

Image may contain: 7 people, including Surya Adhikari and Prem Thapa, people smiling, people sitting and indoor

जिल्ला समन्वय समितिका अध्यक्ष पितामबर भुसालको अध्यक्षता,जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद पाण्डेको स्वागत मनतब्य र शेषकान्त घिमिरेको सन्चालनमा सम्पन्न गोष्ठीमा राष्ट्रिय सभाका सदस्य चन्द्र बहादुर खड्का, प्रदेस सांसदहरु चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, जाल्पा भुसाल त्यस्तै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल सितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारी, भुमिकास्थान नगरप्रमुख रेशम थापा, पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतम, मालारानि गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्य,छत्रदेब गाँउपालीका कार्यबाहक अध्यक्ष बालकृष्ण श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसि,अर्घाखाँची उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठ,हरीशचन्द्र भुसाल लगायतले मनतब्य राख्दै जिल्लालाई नमुना जिल्ला बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

Image may contain: 8 people, including Prem Thapa, people sitting and indoor

गोष्ठीमा सन्धिखर्क नगरपालिका प्रमुख प्रसासकिय अधिकृत निरज पौडेल, सितगंगाका प्रमुख प्रसासकिय अधिकृत नारायण प्रसाद भन्डारी, भुमिकास्थानका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल, पाणिनिका प्रमुख प्रशासकिय अधिकृत तिलक गौतम, मालारानिका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र मरासिनी, छत्रदेब गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत भेषराज पन्थ,हरीशचन्द्र भुसाल लगायतका प्रशासकिय अधिकृतहरुले सम्पादीत कार्यहरुको बारेमा प्रस्तुति समेत गर्नुभएको हो ।

Image may contain: 16 people, including Chham Kumari Khanal Chinari, Birendra Kc, शान्ता भण्डारी and Topbahadur Balal, people smiling, people standing and indoor

Image may contain: 2 people, including Jalpa Bhusal, people standing and indoor

स्थानीय तह स्तरीय रनिङ्गशिल्ड भलिवल प्रतियोगिता सुरु

Image may contain: 5 people, including Jalpa Bhusal and Thakur Kumar BK, people standing

श्याम घिमिरे कात्तिक ९ अर्घाखाँची :
जिल्ला सदरमुकाम सन्धिखर्कमा स्थानीय तह स्तरीय रिनिङ्गशिल्ड भलिवल प्रतियोगिता सुक्रबारबाट सुरु भएको छ । अर्घाखाँची युवा परिषद्को आयोजनामा एवाइसी रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले सर्भिस गरेर खेलको उद्घाटन गरे । खेलकोे उद्घाटन गर्दे रायमाझीले एउटा युगको परीबर्तन भएकोले अबको दिनमा देशलाई समृद्धिको दिसातर्फ उन्मुख गर्नु पर्ने बताए ।

Image may contain: 8 people, including Jalpa Bhusal, people standing
खेल क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान पु¥याउनु पर्ने बताउदै रायमाझीले खेललाई सम्मानित पेसाको रुपमा लिनुपर्ने बताए । उनले जिल्लामा पछिल्लो समयमा ठूला ठूला प्रतियोगिता समेत हुन लागेकाले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा ठूलो मद्दत गर्ने बताए । खेलकुदको विकासमा आवश्यक वजेट बिनियोजन गरी जिल्लाका सबै स्थानीय तहले खेलको विकासमा ध्यान पु¥याउन जरुरी रहेको बताए ।

Image may contain: 4 people, including Prakash Bhusal, people sitting
खेलकुदको माध्यबाट राष्ट्रलाई अन्र्तराष्ट्रिय जगतमा चिनाउन नेपाली खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै खेलाडीको सम्मान गर्नु पर्नेमा जोड दिए । उनले स्थानीय स्तरमा हुने प्रतियोगिताको माध्यमबाटनै राष्ट्रिय खेलाडी बन्ने भएकाले प्रतियोगिता आयोजनाले राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने बताए । त्यस्तै रायमाझीले राष्ट्र र जिल्लालाई एकताबद्ध गर्न युबापरीषदको महत्वपुर्ण भुमिका रहेको भन्दै परीषदको प्रशंसा समेत गरे । परिषद्का अध्यक्ष काजी श्रेष्ठको अध्यक्षता र महासचिब प्रकाश भुसालको सन्चालनमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायतले शुभकामना मनतब्य राखेका थिए ।

Image may contain: 2 people, people standing, crowd, outdoor and food
भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगदका साथ आकर्षक शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने परिषद्ले जनाएको छ । रनिङ्गशिल्ड जित्ने टिमलाई नगद एक लाखको साथमा शिल्ड पनि प्रदान गरिने बताईएको छ । भलिवल प्रतियोगीताको उद्घाटन समारोहमा सन्धिखर्कबाट ड्रोन क्यामरा उडाएर अर्घा दरवार र खाँची दरबारको दृश्य समेत छायांकन गरीएको थियो । प्रतियोगितामा जिल्लाका छ ओटै स्थानीय तहका खेल टिमले भाग लिएका छन् । एवाईसी अन्तर पालिकास्तरीय भलिवल प्रतियोगीताको यो दोस्रो संस्करण हो । गत बर्ष भुमिकास्थान नगरपालिकाले उपाधी जितेको थियो ।

Image may contain: 6 people, including Motijung Rayamajhi and Laxmi Gautam, people smiling, outdoor and food
यसैबिच सुक्रबार सम्पन्न दुई खेलमा भुमिकास्थान नगरपालिकाले सन्धिखर्क नगरपालिकालाई पराजित गरेको हो त्यस्तै भने सितगंगा नगरपालिका र मालारानी बिचको खेलमा सितगंगा नगरपालिका विजयी भएको हो ।

Image may contain: one or more people, people standing, sky, cloud and outdoor

Image may contain: 5 people, including Chet Narayan Acharya, people standing, outdoor and food

Image may contain: 14 people, including Surya Adhikari, Chet Narayan Acharya and Laxmi Gautam, people smiling, outdoor

Image may contain: 7 people, including Chet Narayan Acharya, Kamal Prasad Bhusal and Jalpa Bhusal, people smiling, people standing and outdoor

Image may contain: one or more people and outdoor

Image may contain: 4 people, including Surya Adhikari, people standing, sky, mountain and outdoor

Image may contain: people playing sport, sky, basketball court and outdoor