श्रद्धाञ्जली सभा सम्पन्न

प्रेमनारायण आचार्य अर्घाखाँची २३ असोज :नेपाली कांग्रेसको आयोजनामा अर्घाखाँचीको केरुंगा बहखोरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका नेता तथा धार्मिक ब्यक्तित्व आचार्य चिन्तामणि पाण्डेको ११ औ दिनको पुण्य तिथिको अबसरमा आज छत्रदेव गाँउपािलका वाड नम्वर ४ केरुंगामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

श्रद्धाञ्जली सभामा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान) ले आचार्य चिन्तामणि पाण्डेको निधनले पाटीलाइ अतुलनीय क्षती पुगेको बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति तथा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, छत्रदेव गाँउपालिका प्रमुख लेखनाथ पोख्रेल, नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि कृष्ण प्रसाद खनाल, उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल, नेपाली कांग्रेस सन्धिखर्कका सभापति विनोद आचार्य, छत्रदेव गाँउपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष सुमन्त प्रसाद बस्याल, वडा अध्यक्षहरु अशोक श्रेष्ठ, राजेस पन्थी, कमल पौडेल, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, पत्रकार रुद्रमणि भुसाल, , संगठन विभागका हरि प्रसाद खनाल, शिक्षक संघका कैलासकुमार श्रेष्ठ, अच्युत पन्थी, लगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । कार्यक्रम शोभाखर खनालको अध्यक्षता र गोकर्ण न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisement

भुमिकास्थान को ढाकावाङ्गमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोपाल प्रसाद भट्टराई  असोज २३ अर्घाखाँची :

मानिसहरुले अस्वस्थ आहार बिहार गर्न थालेकोले पछिललो समय मान्छेको स्वास्थ्यमा समस्या बढ्दै गएको भन्दै सचेत हुन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । भुमिकास्थान नगरको ढाकावाङ्गमा हिजो देखी सुरु भएको दुइ दिने निःशुल्क स्वास्थ्य शिविरको समापन कार्यक्रममा बोल्ने डाक्टर तथा स्वास्थ्यकर्मीहरुले यस्तो सुझाव दिएका हुन् ।

ढाकावाङ्ग स्वास्थ्य चौकीका अध्यक्ष समेत रहनुभएका वडा नम्बर १ का वडा अध्यक्ष भोजराज खनालको अध्यक्षता,वडा नम्बर २ का अध्यक्ष बुद्धि थापाको स्वागत मन्तव्य र अहेव तिलकराम भट्टराईको संचालनमा सम्पन्न समापन कार्यक्रममा बोल्दै स्वास्थ्य शिविरका डा.श्रीधर खड्काले समयको परिवर्तन संगै मानिसले बिताउने बिलासी जिवनशैलीमा प्रयोग गरिने रेडमेड खाना,कम एक्ससाइज,अनाबस्यक तनाबले गर्दा मानसिक रोग,उच्च रक्तचाप,हृदयघात,नसा तथा हाडजोर्नी रोग जस्ता समस्या बढ्दै गएको भन्दै सचेत हुन आग्रह गर्नुभएको छ ।

नगरपालिकाको कार्यालय र ढाकावाङ्ग वडा कार्यालयको आर्थिक सहयोग तथा लुम्बिनी सिटी हस्पिटल बुटवलको प्राविधिक सहयोगमा सम्पन्न दुइ दिने निशुल्क स्वास्थ्य शिविरमा ढाकावाङ्ग,गोखुङ्गा,असुरकोट तथा छिमेकी जिल्ला प्युठानबाट समेत शिविरमा आएका झन्डै ४ सय जनाले स्वास्थ्य जांच गराएको ढाकावाङ्ग स्वास्थ्य चौकी इन्चार्ज इशा खड्काले जानकारी दिनुभएको छ ।

स्वास्थ्य जांच गराउने अधिकांशमा हाड जोर्नी नशा,भाइरल ज्वरो तथा मानसिक रोगको समस्या देखा परेको भन्दै खानपानमा बिशेष ध्यान पु¥याउंदै मानसिक बोझलाई कम गर्ने योजनाका साथ अगाडि बढ्न डाक्टरहरुले सुझाव दिनुभएको इन्चार्ज खड्काले जानकारी दिनुभएको छ । स्वास्थ्य शिविरको टोलीले भोली र पर्सि दुइ दिन धारापानीमा सेवा प्रवाह गर्ने   छ ।

जनता स्वस्थ्य रहे मात्र गाउँको बिकास हुने -पालिका प्रमुख गौतम

सन्धिखर्क एफएम असोज २३ अर्घाखाँची : पाणिनि गाउपालिका प्रमुख अच्युत गौतमले जनता स्वस्थ्य रहे मात्र गाउँको बिकास हुन सक्ने बताउनु भएको छ । मंगलबार दुर्गाफाटमा आयोजित परिबार नियोजन सेवा सुदृढीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै गौतमले यस्तो कुरा बताउनु भएको हो ।

गलत कुराको प्रचारले भन्दा राम्रो कामको प्रसंसाले बिकासमा सकारत्मक परिबर्तन हुने भन्दै सबै स्वास्थ्य संस्थाहरुले यसै कुरामा अनुसरण गर्दै स्वास्थ्य सेवा प्रभाबकारी गराउनु पर्नेमा जोड दिनु भयो । स्वास्थ्य संयोजक शेषकान्त घिमिरे को स्वागत मन्तब्य तथा पालिका स्वास्थ्य सहसंयोजक रामप्रसाद घिमिरे को संचालनमा संचालन सम्पन्न भएको कार्यक्रममा स्वास्थ्य संस्था प्रमुखहरुले परीबार नियोजनको अबस्था बिश्लेशण समेत गर्नु भएको हो ।

६३ औं प्रहरी दिबसको अबसरमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा मैत्रिपुर्ण भलिबल प्रतीयोगीता सम्पन्न

Image may contain: one or more people, people playing sport, people standing, basketball court, shoes and outdoor

Image may contain: 8 people, people playing sport, people standing and outdoor

श्याम घिमिरे असोज २३ अर्घाखाँची :

६३ औं प्रहरी दिबसको अबसरमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची द्धारा आयोजित मैत्रिपुर्ण भलिबल प्रतीयोगीता मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको खेलमैदानमा सम्पन्न प्रतियोतामा कुल ६ टिमको सहभागीता रहेको थियो ।

Image may contain: one or more people, people playing sport, basketball court, tree, outdoor and nature

प्रतियोगीतामा ईलाका प्रहरी कार्यालय खनको टिम प्रथम, जिल्ला प्रहरी कार्यालय सन्धिखर्कको टिम द्धतिय र निजामति कर्मचारीको टिमले तृतिय स्थान हासील गरेका हुन ।

Image may contain: 11 people, including Rukendra Palunge, people smiling, people standing and outdoor

खेलको एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक नबराज मल्लले सर्भिसगरी उद्घाटन गर्नुभएको हो । प्रहरीले बिहिबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ६३ औं प्रहरी दिबस मनाउदै छ ।

Image may contain: 7 people, people playing sport, people standing and outdoor

Image may contain: 11 people, including Bishnu Ghimire and Navraj Malla, people standing and outdoor

Image may contain: one or more people, people playing sport, basketball court, tree, outdoor and nature

क्याबिनेट नम्बर २ र ४ का करीब १ सय ५० लेन्डलाईन टेलीफोन अबरुद्ध

 

असोज २३ सन्धिखर्क : नेपाल टेलीकम अर्घाखाँचीबाट बितरण गरीएका लेण्डलाईन टेलीफोन जिल्ला मालपोत कार्यालय सन्धिखर्क अगाडी बिद्युतको पोल गाड्ने क्रममा अन्डरग्राउन्ड केबल काटीन गई क्याबिनेट नम्बर २ र ४ का करीब १ सय ५० लेन्डलाईन टेलीफोन बिग्रीएको टेलीकम अर्घाखाँचीले जनाएको छ । साथै टेलीकमले बिग्रेका लाईनको मर्मत कार्य भैरहेको समेत जनाएको छ । मर्मतको लागी अझै २ दिनजति लाग्ने हुदा यसबाट ग्राहक बर्गहरुमा पर्न गएको असुबिधा प्रति टेलिकम क्षमाप्रार्थी रहेको नेपाल टेलीकम अर्घाखाँचीका कार्यालय प्रमुख गोबिन्द पराजुलीले बताउनु भएको छ ।