सरकारविरुद्ध सडक संघर्ष गर्ने डाक्टर भट्टराईको चेतावनी

unn.prixa.net

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनु भएको छ ।

संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनु भएको हो । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै उहाँले पुराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दाबी समेत गर्नुभयो ।

Image may contain: 7 people, people smiling, people standing

बैठकमा संयोजक भट्टराईले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमा सरकार नागरिकको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ । लोकतन्त्रका मूल्य/मान्यता विपरितका गतिविधिमा सरकार संलग्न रहेकोे दाबी गर्दै नयाँ शक्ति पार्टी, नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

२ दिनसम्म चल्ने बैठकले पार्टीको भावी नीति तय गर्ने नयाँ शक्ति पार्टी, नेपालले जनाएको छ । संयोजक भट्टराईले बैठकमा पार्टीको विगतका कामको समिक्षा हुने पनि जानकारी दिनुभयो ।  source:ujyaaloonline

Image may contain: 7 people, people sitting and indoor

Advertisement

सन्धिखर्क नगरपालीकाको आयोजनामा योजना कार्यन्यन र अनुगमन मुल्यांकन सम्बधि कार्यक्रम सम्पन्न, पारदर्शी र जनता मुखि काम नगरे कारबाही गर्ने नगरप्रमुख भुसालको उद्घोष

Image may contain: 3 people, people sitting and indoor

श्याम घिमिरे कार्तिक १३ अर्घाखाँची :

सन्धिखर्क नगरपालिकाका नगप्रमुख कमल प्रसाद भुसालले पारदर्शी र जनतामुखि काम नगरे कारबाही गर्ने बताउनु भएको छ । सन्धिखर्क नगरपालिकाले बुधबार आयोजना गरेको योजना कार्यन्यन अनुगमन मुल्यांकन सम्बधि कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख भुसालले जनताले गुनासो गर्ने खालका कुनै पनि काम नगर्न कर्मचारी तथा सरोकारवाला हरुलाई निर्देशन दिनु भएको हो । भुसालले भष्ट्रचारलाई सुन्यमा पुराउने गरि पारदर्शीता र सुसासन कायम हुने गरि भष्ट्रचार अनियमिता मुक्त नगरपालिका बनाउने आफ्नो योजनालाई साथ नदिने जोकोहीलाई पनि कारबाही गर्न आफु पछाडि नपर्ने बताउनु भएको हो ।

Image may contain: 2 people, people sitting and indoor

कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत निरज पौडेलले बिगतका बर्षहरुमा नगरपालिका बाट भएका कामहरुको प्रगति बिबरण पेस गर्दै आगामि कार्यक्रम, नगर सभाले गरेका निर्णयहरु र भाबि योजनाका बारेमा सहजिकरण गर्नु भएको थियोे ।

Image may contain: 11 people, including Laxmi Narayan Chudali, people sitting and indoor

कार्यक्रममा वार्डनम्बर १ देखि १२ सम्मका वार्ड अध्यक्षहरु कार्यपालिका नगरपालिका सदस्यहरु वार्ड सदस्यहरु वार्ड कार्यलयका कर्मचारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता प्रबक्ता लिलाराम गौतमको स्वागत मनतब्य र शाखा अधिकृत गोबिन्द केसिको संन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा पत्रकार महासघका अध्यक्ष हिम बहादुर जिसि लेकाली लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

Image may contain: 4 people, including Lekali Him, Thakur Kumar BK and Yubraj Banjade, people sitting and indoor

Image may contain: 8 people, people smiling, crowd

Image may contain: 3 people, people sitting and indoor

नेपाल प्रेस युनियन अर्घाखाँचीको पहिलो बैठक सम्पन्न

श्याम घिमिरे कार्तिक १४ अर्घाखाँची :

नेपाल प्रेस युनियन अर्घाखाँचीको पहिलो बैठक विपी स्मृती भवन सन्धिखर्कमा बुधबार सम्पन्न भएको छ । बैंठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानले लोकतन्त्रलाई संस्थागत गर्न प्रेस जगतको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । लोकतन्त्र र जनताको पक्षमा डटेर कमल चलाउन सल्लाह दिदै उहाँले पत्रकारिता सधै सिकाई भएकाले खोजमुलक समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रेस युनियनको ब्राण्ड र गरिमालाई बलियो बनाउन पार्टीले हरेक सहयोग गर्ने बताउँदै मुस्कानले गणतन्त्र ल्याउन र संघीयताको कार्यन्यवन गर्न सञ्चारकर्मीको महतवपुर्ण भुमिका रहेको उल्लेख गर्दै सबै मिलेर अगाडी बढनुपर्ने बेला आएको बताउनुभयो ।

बैठकमा प्रेस युनियन तथा पत्रकार महासंघका पूर्वसभापति निमबहादुर रिजाल पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, रुद्रमणि भुसाल, लक्ष्मण घिमिरे लगायतले मनतब्य राख्दै जिल्ला समितिका सबै पदाधिकारी र सदस्यले पत्रकारिता क्षेत्रलाई गुणात्मक बनाएर लैजानुपर्ने बताएका छन । प्रेस युनियनका जिल्ला सभापति वीरेन्द्र केसीको अध्यक्षता र सचिव विष्णुप्रसाद खनालको सञ्चालनमा सम्पन्न बैंठकले प्रेस युनियनको कार्यालय स्थापना गरी पत्रकारिता सम्बन्धी तालिम, प्रशिक्षण लगायतका गतिविधि सञ्चालन गरी सञ्चार जगतलाई थप व्यवस्थित बनाउने लगायतका महत्वपूर्ण निर्णय गरेको युनियनले जनाएको छ ।

थापाको निधन प्रति काँग्रेस द्धारा दुख्ख ब्यक्त

Image may contain: 5 people, people standing and outdoor

सुर्य भुसाल कार्तिक १४ अर्घाखाँची :

नेपाली काँग्रेस सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ का सभापति गणेश थापा क्रियाशिल सदस्य नारायण थापा र कृष्ण थापा कि आमा ६५ बर्षिय बसुनधारा थापाको निधन भएको छ । उहाको निधन प्रति नेपाली काँग्रेसले दुख ब्यक्त गरेको छ । उहाको पार्थबिक शरिरमा नेपाली काँग्रेसका पुर्ब सभापति तथा सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले चारेतारे झन्डा ओढाई अन्तिम श्रद्धाञ्जलि ब्यक्त गर्नु भएको थियोे । उँहाको बुधबार हडाहा घाटमा दाहासंस्कार गरिएको हो । श्रद्धाञ्जलि दिन काँग्रेस नेता गोपाल भुसाल पृतम थापा बिष्णु भुसाल राम बहादुर केसि लगायत काँग्रेस कार्यकर्ताहरु सुभचिन्तक आफन्त छिमेकि हरुको सहभागिता रहेको थियोे ।

मालारानीमा शिक्षकका पेसागत संगठनहरुको संयन्त्रको बैठक सम्पन्न, कात्तिक १६ गते स्थानिय निकाय घेराउ गर्ने

Image may contain: one or more people, tree, grass, outdoor and nature

श्याम घिमिरे कात्तिक १४ अर्घाखाँची :
मालारानी गाउँपालीकामा रहेका शिक्षकका पेसागत संगठनहरुको संयन्त्रको बैठक मंगलबार सम्पन्न भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्क्ष मानबहादुर पाण्डेको प्रमुख आतिथ्यता र आदर्श माबि खनदहका प्रअ भेषराज खनालको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल शिक्षक महासंघ द्धारा घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तरगत यही कात्तिक १६ गते स्थानिय निकाय घेराउ कार्यक्रमलाई प्रभाबकारी ढंगले सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकमा मनतब्य राख्दै उपाध्यक्ष पाण्डेले महासंघ केन्द्रबाट घोषणा भएका संघर्षका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको हो । त्यस्तै पाण्डेले देशको शैक्षीक बिकासको पक्षमा रहेका शिक्षकहरुका मागहरु,बर्तमान शिक्षा निति र शिक्षकहरुको अबस्थाको बारेमा प्रकाश पार्नु भएको हो । बैठकमा नेपाल शिक्षक संघका शोभाखर खनाल,नेपाल राष्ट्रिय शिक्षक संगठनका बिष्णु प्रसाद मिश्र,अखिल नेपाल शिक्षक संघका रामकृष्ण घिमिरे लगायतको सहभागीता रहेको थियो । बैठकले घेराउ कार्यक्रमलाई प्रभाबकारी बनाउन प्रत्येक बिद्यालयबाट ब्यापक उपस्थिति गराउन समेत निर्देशन दिएको जनाईएको छ ।