जनतालाई सुखि र खुसी बनाउ प्रदेश सरकार लागी परेको छ – कानुनमन्त्री केसी


श्याम घिमिरे मंसीर १४ अर्घाखाँची
प्रदेश नं. ५ का आन्तरीक मामला तथा कानुनमन्त्री कुलप्रसाद केसीले जनतालाई सुखि र खुसी बनाउने कुरामा प्रदेश सरकार लागीपरेको बताएका छन । प्रदेश नं. ५ को आवधिक योजना तर्जुमा सम्बन्धमा सुझाव संकलन गोष्ठीको बिहिबार सदरमुकाम सन्धिखर्कमा उद्घाटन गर्दे मन्त्री केसीले यस्तो बताएका हुन । जनताको जीवनस्तरमा सुधार हुने खालको विकासको ढाँचा तयार गर्नका लागि प्रदेश सरकारले आवधिक योजना बनाउन लागेको मन्त्री केसीले बताए ।


उनले समुदाय संग जोडिएर योजना बनाउँदा प्रभावकारी हुने भएकाले आवधिक योजना निर्माणका लागि स्थानीय स्तरसम्म छलफल कार्यक्रम चलाइएको भन्दै प्रदेशको सम्पदा र राष्ट्रको गौरब हुने खालको कामगर्न आबश्यक रहेकोले देशलाई समृद्धि बनाउन सबैको सहयोगको खाँचो रहने बताए । चौतर्फी रुपमा हातहालेर बिकास गर्न सम्भब नहुने बताउदै उनले ठोष योजना निर्माणगरी प्रभाबकारी रुपमा कामगर्न आग्रह गरे ।


मन्त्री केसीले नयाँ संस्कार नयाँ संस्कृति र नयाँ रोडम्यापको आधारमा बिकास गर्न आबश्यक रहेको भन्दै योजनामा आधारित बजेटले प्रदेशको विकासलाई सही बाटोमा लैजाने दाबी समेत गरे ।


जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद,जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, छ वटै पालीकाका प्रमुख उपप्रमुख,प्रशासकिय अधिकृत,सरकारी कार्यालयका प्रमुख,राजनितिक दलका प्रतिनिधि,पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुबाट चार ग्रुप निर्माण गरी बिभिन्न ४ क्षेत्रका ४६ वटा बिषयबस्तुमाथी छलफल समेत गरीएको थियो । कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीपरीषदका सचिब बसन्त अधिकारीको अध्यक्षता,उपसचिब धुब्र बहादुर कुवँरको स्वागत मनतब्य र शाखा अधिकृत रामचन्द्र अर्यालको सन्चालनमा सम्पन्न भएको हो ।

Advertisement

हिन्दु जागरण नेपालको देउसी भैलोबाट संकलित रकम मृगौला पिडितलाई सहयोग

दिपेन्द्र श्रेष्ठ ,अर्घाखाँची मंशिर १३,  हिन्दु जागरण नेपाल अर्घाखाँची शाखाले तिहारमा देउसी भैलो खेलेर संकलन गरेको कोषबाट केहि रकम मृगौला पिडित र नशा रोग पिडितलाई सहयोग गरेको छ |

उपचार गर्न लाग्ने सबै रकम सहयोग गर्न नसकेता पनि उपचारका लागि केहि हदसम्म भयपनी टेवा पुगोस भनेर यो रकम सस्थाको तर्फबाट सहयोग गरेका हौ भन्दै पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गर्दै हिन्दु जागरण नेपाल अर्घाखाँचीका अध्यक्ष नारण बहादुर खड्काले पिडितहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना गर्नुभयो |

हिन्दु जागरण नेपाल अर्घाखाँचीले मृगौलाको समस्याबाट पिडित उपचाररत अति बिपन्न परिवार अर्घाखाँचीकि रन्जना बि.क लाइ ५५०० रुपिया र नशा रोगबाट पिडित रेणु बि.क लाइ ५५०० रुपिया सहयोग गरिएको सस्थाका उपाध्यक्ष आतिष किरण बि,कले जानाकारी दिनुभयो|

गत ११ गते मंगलबार साझ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको बगैचामा सस्थाका पदाधिकारी र पिडितहरुलाई आकस्मिक भेला गराई तिहारमा खेलेको देउसी भैलोबाट संकलित कोषबाट केहि रकम पिडितहरुलाई हस्तान्तरण गरिएको सस्थाका सचिब दिपक आचार्यले बताउनु भयो |

धर्म परिवर्तनमुक्त नेपाल ,जातीय छुवाछुतमुक्त नेपाल ,सनातन हिन्दु राष्ट्र नेपाल भन्ने मूल नारा लिएर स्थापना भएको हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन बिरुद्धको महा-अभियान हिन्दु जागरण नेपालको अर्घाखाँची शाखा स्थापना भय यता जिल्लामा धार्मिक ,आध्यात्मिक तथा सामाजिक क्षेत्रमा धार्मिक जनचेतना फैलाउदै बिभिन्न रचनात्मक कार्यहरु गर्दै सनातन धर्म बिरोधि गतिबिधिहरुलाई खबरदारी गर्दै आएको उक्त सस्थाले अब जिल्लामा भैपरी आउने बिभिन्न प्रकोपहरुमा समेत आबश्येक परेमा उद्दार र राहतका काम गर्दैजाने हिन्दु जागरण नेपाल अर्घाखाँचीका कोषाध्यक्ष रन्जित श्रेष्ठले जानाकारी दिनुभयो |

बाँगीमा बिद्यालयका प्रधानाध्यापक हरुको नियमित बैठक सम्पन्न

Image may contain: 2 people, people sitting and indoor

श्याम घिमिरे मंसिर १२ अर्घाखाँची : मालारानी गाँउपालिका वाडनम्बर ५ बाँगीमा रहेका सम्पुर्ण बिद्यालयका प्रधानाध्यापक हरुको नियमित बैठक बुधबार सम्पन्न भएको छ । बैठकले यही मंसीर २४ गते कक्षा १ देखि कक्षा ३ सम्मको हाजिर जवाफ प्रतियोगिता गर्ने , मंसिर २८ गते कक्षा ६ देखि कक्षा ८ सम्मको हाजिरी जवाफ प्रतियोगीता गर्ने र पुस ६ गते कक्षा ८ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुका बिच हाजिरी जबाफ प्रतियोगीता सन्चालन गर्नुका साथै पुस १३ गते वडामा रहेका सम्पूर्ण शिक्षकहरु बिच अन्तरक्रिया कार्यक्रम गर्ने समेत निर्णय गरेको वडाअध्यक्ष शोभाकर भुसालले जानाकारी दिनुभयो ।

यस्तै सबै शिक्षकहरुले मंसिर मसान्त सम्म अनिवार्य रुपमा डे«स लगाउनुपर्ने र डे«सको व्यबस्थापन वडा कार्यालयले गर्ने लगायतका निर्णय भएको शान्ति माबिका प्रअ मान बहादुर पाण्डेले बताउनुभयो ।

Image may contain: 1 person, sitting and indoor

राष्ट्रिय जनमोर्चा निकटको जातिय समता समाज अर्घाखाँचीले यहि मंसिर २९ गेत जिल्ला स्तरिय प्रशिक्षण गर्ने

सन्धिखर्क एफएम मंसिर  ११ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज अर्घाखाँचीले यहि मंसिर २९ गेत जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आज सन्धिखर्कमा सम्पन्न बैठकले संगठनलाई क्रियाशिल बनाउने उद्धेश्यका साथ जिल्ला स्तरिय प्रशिक्षण गर्ने निर्णय गरेको समाजले बताएको छ ।

समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपालीको अध्यक्षता र सचिव राजु सुनारको संचालनमा सम्पन्न बैठकले आसन्न पुष २० र २१ गते हुने राष्ट्रिय भेलालाई सफल पार्न जिल्लाबाट आवस्यक सहयोग गर्ने,मुलुकमा भइरहेका विभेद,बलत्कार,हत्या भ्रष्टचार,महगीं,कालोबजारीका बिरुद्ध रचनात्मक संघर्ष गर्ने लगायतका निर्णय भएको अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।

पाणिनि गाँउपालिकामा स्थानीय तहको कानुनी क्षमता अभिबृद्धि तथा समन्वयात्मक सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम हिजो देखि सुरु

सन्धिखर्क एफएम मंसिर ११ अर्घाखाँची – अर्घाखाँचीको पाणिनि गाँउपालिकामा स्थानीय तहको कानुनी क्षमता अभिबृद्धि तथा समन्वयात्मक सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम मंगलबार देखि सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने तालिमको सहजीकरण संविधानविद् काशीराज दाहाल र प्रकाशमणि शर्माले गर्नु हुने छ ।

तालिममा पाणिनि गाँउपालिकाका वडा अध्यक्ष, सदस्य, कार्यपालिकाका सदस्य, विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको छ । दुइ दिन सम्म सञ्चालन हुने तालिमको प्रदेस सांसद रामजी प्रसाद घिमिरेले उद्धाटन गर्दे स्थानीय स्तरमा देखिएका समस्या समाधान गर्न तालिम उपयोगी हुने बताउनु भयो ।

उद्धाटन समारोहमा तालिमका स्रोत ब्यक्ति तथा प्रमुख प्रशिक्षक काशिराज दाहाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरिक्षक नवराज मल्ल, प्रमुख प्रशासकिय अधिकृत तिलक गौतम, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए ।

उद्घाटन समारोह पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी गौतमको स्वागत मन्तब्य र लेखा अधिकृत नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

This image has an empty alt attribute; its file name is 8275b627163b66730871f4d72d179890.jpg