अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

Image may contain: 1 person, standing and indoor

श्याम घिमिरे असोज २७ अर्घाखाँची :

अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड अर्घाखाँचीको तेस्रो बार्षिक साधारण सभा तथा राष्ट्रिय सहकारी बैंक बुटबल शाखाको आयोजनामा सनिबार सदरमुकाम सन्धिखर्कमा परीचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पिताम्बर भुसालले सहकारीको माध्यमबाट बेरोजगार युबाहरुलाई कसरी रोजगार दिलाउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफलगरी योजना बनाएर अगाडी बढ्नुपर्ने बताए । स्थानिय स्तरमा उपलब्धहुने स्रोत साधनको प्रयोगगरी जिल्लालाई उत्पादन मुखी बनाउनुपर्नेमा जोड दिदै भुसालले आर्थिक समृद्धि बिना देशको बिकास गर्न नसकिने कुरामा जोड दिए ।

Image may contain: 2 people, people standing and indoor

कार्यक्रममा सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार बिक, पाणीनि गाँउपालीका अध्यक्ष अच्युत गौतम,छत्रदेब गाउँपालीका अध्यक्ष लेखनाथ पोख्रेल,राष्ट्रिय सहकारी बैंक बुटबल शाखा प्रमुख नरेश पाण्डे,जिल्ला सहकारी संघका तुल्सीराम खनाल,जिल्ला कृषि सहकारी संघका ढुण्डीराज ज्ञवाली लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए । सोही अबसरमा जिल्लामा सहकारीको बर्तमान अवस्था चुनौती र अवसर बिषयक कार्यपत्र समेत प्रस्तुत गरीएको थियो । कार्यक्रम संघका जिल्ला अध्यक्ष प्रकाश भुसालको अध्यक्षता,पार्बती भुसालको स्वागत मनतब्य र दोर्ण भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 1 person, indoor

Image may contain: 4 people, indoor

Image may contain: 2 people, indoor

Image may contain: 2 people, flower

Image may contain: 2 people, people sitting and indoor

Image may contain: 4 people, including Prakash Bhusal, people smiling, people standing and indoor

Advertisement

श्रद्धाञ्जली सभा सम्पन्न

अर्जुन भुसाल असोज २७ अर्घाखाँची :

नेकपाका नेता राजेन्द्र आचार्यका वुवा कृष्ण प्रसाद आचार्यको निधनको १३ औं दिनको पुण्य तिथिमा प्यूठानको ऐरावतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । प्यूठान ऐरावति गाउँपालिका वडा नं. ६ विजुली निवासी आचार्यको असोज १५ गते ७४ वर्षको उमेरमा उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा निधन भएको थियो । श्रद्धाञ्जी सभामा बोल्ने वक्ताहरुले पूर्व माओवादी प्यूठान जिल्ला सल्लाहकार कमिटी सदस्य आचार्यको निधनले नेकपालाई ठूलो क्षति पुगेको बताएका थिए ।

प्यूठान प्रदेशसभा क्षेत्र नं. १ का सांसद हरि रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापा, ऐरावति गाउँपालिकाका उपप्रमुख वुद्ध बहादुर बस्नेत, शिक्षक संगठनका दुर्गा जिसी, हरि ज्ञवाली,राजमोका नेता तुल्सीराम पाण्डे, परिवार र नातेदारका तर्फबाट जगत प्रसाद आचार्य, उमाराम आचार्य, वामपन्थी, नेता ओम प्रकाश श्रेष्ठ लगायतले मन्तव्य राख्दै स्वर्गीय आचार्यको योगदानको चर्चा गरेका थिए । कार्यक्रम माइलो छोरा चोपलाल आचार्यको अध्यक्षता र गाउँकमिटीका नेता रेशम थापको सञ्चालनमा सम्पन्न भएको थियो ।

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको आयोजनामा बिजया दशमिको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

श्याम घिमिरे असोज २७ अर्घाखाँची :

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको आयोजनामा सुक्रबार सन्धिखर्कमा बिजया दशमि २०७५ को अबसरमा शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कर्मचारी मिलनकेन्द्रका अध्यक्ष खिमबहादुर रानाको अध्यक्षता,सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको स्वागत मनतब्य र बिकल्प भट्टराईको सन्चालनमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले देशको समृद्ध र बिकाशको लागि कर्मचारीको महत्वपूर्ण भुमिका रहेको हुनाले सोहि अनुरूप कामगर्न सबै कर्मचारीहरूलाई आग्रह गर्नु भयो ।

भुसालले दशैलाई दशाको रूपमा नलिन समेत अनुरोध गर्नुभयो । कार्यक्रममा  प्रहरी नायब उपरीक्षक नवराज मल्ल,सम्पुर्ण कर्मचारी संगठनका केन्द्रीय सदस्य  कबिसिंह कठायत,पत्रकार हिम बहादुर जिसि लेकाली लगायतले मनतब्य राख्नु भएको हो । सोही अबसरमा जिल्लामा सरूवा भै आउनु भएका बिभिन्न कर्मचारीहरूलाई स्वागत समेत गरिएको हो ।

भूमिकास्थान नगरपालिका वाड नं. ५ र ६ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

सन्धिखर्क एफएम असोज २७ अर्घाखाँची :

भूमिकास्थान नगरपालिका वाड नं. ५ र ६ मा उपभोक्ता समितिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख रेशम थापाले नगरलाई भ्रष्टाचारमुक्त बनाउने अठोटका साथै कार्यादेशमा दिइएको समय भित्र योजना सम्पन्न गर्ने गरी काम अगाडि बढाउन जोड दिनु भएको थियो ।

नगर उपप्रमुख खडानन्द वेल्वासेले योजनाहरुको तीन पटक अनुगमन हुने भएकोले योजना कार्यन्वयन गरी काम राम्रो गर्न सबैलाइ आग्रह गर्नु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्याल, कार्यक्रम अधिकृत श्री हरिश्चन्द्र भुसाल, ईन्जिनियर श्री कुलानन्द बन्जाडे, लेखापाल मनोज चौधरी, नारायण प्रसाद बन्जाडेले योजना संचालन प्रक्रिया, फरफारक, लागत अनुमान, कार्यसम्पन्न, विल भरपाई तथा सार्वजनिक परीक्षण र अनुगमनको विविध पक्षमा जानकारी गराउनु भएको थियो । ५ नम्वरको कार्यक्रम वडा अध्यक्ष तुल्सीराम वेल्वासेको अध्यक्षता र ६ नम्वरको कार्यक्रम वडा अध्यक्ष झविलाल बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको हो ।