मलामी बोकेको जीप दुर्घटना

श्याम घिमिरे असोज १६ अर्घाखाँची :
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वार्डनम्बर २ सितापुरको फलाचौर मोडमा (सुपादेउराली मन्दिर नजिकै ) नबलपरासीबाट मलामी लिएर फर्कदै गरेको सबारीजीप मंगलबार बिहान करीब चारबजे दुर्घटना हुदाँ १३ जना घाइते भएका छन । नवलपरासी जिल्लाको त्रिवेणीबाट अर्घाखाँचीको मालारानी गाउँपालीका वार्डनम्बर ६ हंसपुर तर्फ आउदै गरेको लु १ ज २३६९ नम्वरको सवारी जिप दुर्घटना भएको हो ।

सडकबाट अन्दाजी १ सय मिटर तल खस्दा दुर्घटनामा परि घाइते भएका १३ जना मध्ये ७ जनाको लुम्बिनि अञ्चल अस्पतालमा उपचार भईरहेको, १ जना अञ्चल अस्पतालले भरतपुर रिफर गरेको र अन्य ५ जनालाई अस्पतालले उपचार पछी डिस्चार्ज गरेको जिल्ला ट्राफीक  प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

Advertisement