जेष्ठ नागरीक सम्मान

नबिन केसी असोज १५ अर्घाखाँची :भुमीकास्थान नगरपालिका वडा नम्वर १० आज जेष्ठ नागरीक सम्मान कार्यक्रम गरेको छ । ८० बर्ष माथीका जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरीएको वडा अध्यक्ष खगेश्वर पन्थीले बताउनु भयो ।

वडाले जेष्ठ नागरीकहरुले पुयाएको योगदानको मुल्याङ्गकन गरेको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । यसरी मन्तव्य राखनेहरुमा वडा सचिब तुलसीराम पोख्रेल ,जनजागृती मा.बि प्र.अ पिताम्बर खनाल ,समाज सेबी प्रेमलाल शर्मा , मानबहादुर रायमाझी,सुभबहादुर समाल ,रेमलाल भट्टराई ,शिब जिसी ,ठाकुर खनाल, ईश्वरी मरासीनी लगाएतका रहेको वडा सदस्य टामलाल भट्टराईले जानकारी दिनु भयो ।

एपिएलमा सोमबार दुई खेल सम्पन्न, रोयल सन्धिखर्क र एम्स स्टार विजय

समान्ता पाण्डे
असोज १५ , अर्घाखाची
दोस्रो संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । आजको पहिलो खेल सुपर सुपा र रोयल सन्धित्रखर्क विच र दोश्रो खेल एम्स स्टार र नमस्ते अर्घाखाँची विच खेल भएको थियो ।
सुपर सुपा र रोयल सन्धित्रखर्क विच आज बिहान भएको पहिलो खेलमा रोयल सन्धिखर्कले सुपर सुपालाई २३ रनले पराजित गरेको छ । भने यो खेलको म्यान अफ दी म्याज रोयल सन्धिखर्कका सुबास थापा भए । उनले टिमको लागी ५७ रनको योगदान गरेका हुन् ।


त्यस्तै आजको दोश्रो खेल दिउँसो १ बजेबाट सुरु भएको थियो । सम्पन्न आजको एम्स स्टार र नमस्ते अर्घाखाँची बिच भएको दोस्रो खेलमा एम्स स्टारले नमस्ते अर्घाखाँचीलाई ३६ रनले पराजित गर्दै जीत दर्ता गर्यो । भने खेलको म्यान अफ दी म्याच एम्स स्टारका बाबुराम थापा भए । उनले टिमको लागी मात्र ४ रन खर्चेर ३ विकेट लिएका थिए ।
अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा असोज १३ गतेबाट शुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५ हजार प्राप्त गर्नेछ भने द्धितीय हुनेले ५५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
अर्घाखाँची जिल्लाको कृकेट खेलको इतिहासमै अहिले सम्म सर्वाधिक पुरस्कार भएको खेल नै अर्घाखाँची प्रीमियर लिगलाई लिइन्छ ।

सन्धिखर्कमा आज देखि बजाज एक्सचेन्ज मेला सुरु , आज पहिलो दिन १० वटा बाइक एक्सचेन्ज

समान्ता पाण्डे असोज १५ , अर्घाखाँची:

चाडपर्वलाई लक्षित गर्दै अर्घाखाँचीको सन्धिखर्कमा आज देखि बजाज एक्सचेन्ज मेला सुरु भएको छ । बजाज मोटरसाइकलको अर्घाखाँची लागी आधिकारीक बिक्रेता बस्याल ब्रदर्श अटोलिंक प्रालीले आज देखि अर्घाखाँचीको सन्धिखर्कमा “बजाज एक्सचेन्ज” मेला सुरु गरेको हो ।

मेला आज देखि सुरु भई भोली १६ गते र पर्सी १७ गते सम्म लाग्ने सम्म लाग्ने बताइएको छ । पूरानो मोटरसाइकल छाडी नयाँ मोटरसाइकल चढ्ने योजना बनाइरहेका ग्राहक वर्गहरुलाइृ लक्षित गरी मेलाको आयोजना गरीएको प्रालीका बिक्री अधिकृत निराजन बस्यालले बताए ।

मेलामा कुनै पनी कम्पनीको जुनसुकै मोडलको पूरानो मोटरसाइकल सँग बजाज कम्पनीको जुनसुकै मोडलको नयाँ मोटरसाइकल साट्न सकिने छ । साथै पूरानो मोटरसाइकल छाडी नयाँ मोटरसाइकल चढ्ने योजना बनाइरहेका ग्राहक वर्गलाई मेलाले फाईदा पुग्ने बताइएको छ । बजाज एक्सचेन्ज मेलाको आज पहिलो दिन १० वटा पुराना बाइक संग नयाँ बाइक एक्सचेन्ज गरीएको छ ।

साथै मेलाबाट ४ वटा बजाजका नयाँ बाइक समेत विक्री भएको बिक्री अधिकृत बस्यालले बताए । मेलामा कम्पनीले विभिन्न अफरहरु समेत प्रदान गरीरहेको कुरा सोरुमका बिक्री अधिकृत बस्यालले बताए । यो मेला अवधिभर ग्राहकरुलाई न्यूनतम ब्याजदरमा सरल फाइनान्स सुबिधा , पुरानो मोटरसाइकलको उच्चतम मूल्य , प्रत्येक खरिदमा आकर्षक उपहार, प्रत्येक खरिदमा न्यूनतम ६००० देखी अधिकतम १००००० सम्मको नगद छुट रहेको बताइएको छ ।

साथै मेलामा साप्ताहिक रुपमा लक्की ड्र बाट हप्ताको एक जनालाइृ आकर्षक पुरस्कार समेत राखिएको छ । बजाज कम्पनिले विभिन्न मोडलको उच्च गुणस्तरीय मोटरसाइकल भित्र्याउने हुँदा नेपालमा बजाज मोटरसाइकललको लोकप्रियता बढ्दै गएको छ ।

तोकेभन्दा बढी भाडा लिए सवारी साधनको नम्बर सहित जानकारी गराउन विभागको आग्रह

काठमाडौं असोज १५ :यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोन मार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन आग्रह गरेको छ । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएपछि चार किलोमिटर सम्मको भाडा रु १४ तोकिएको छ । पाँच किमि सम्म रु १६, छ किमि सम्म रु १७, आठ किमिसम्म रु १८, १९ किमिसम्म रु २६ र १९ किमि भन्दामाथि रु २७ भाडा निर्धारण गरिएको विभागले जनाएको छ ।

विभागले उपत्यका र स्थानीय ‘रुट’ मा यो भाडादर निर्धारण गरी लागू गरेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । तोकेभन्दा एक रुपैयाँ मात्र बढी भाडा लिए पनि पाँच हजार जरिवाना गरिने विभागले जनाएको छ । विभागका प्रवक्ता उपाध्यायले परिचालकले टिकट नदिए पनि सवारी नं सहित विभागको फ्याक्स नं सहित ४४७४९२२, फोन नं ४४७९६९०मा फोन गरि उजुरी गर्न सकिने जानकारी दिनुभयो ।