अध्ययन अवलोकन भ्रमण सम्पन्न

बिष्णु खनाल कार्तिक ११ अर्घाखाँची :

प्रकाश सचेतन समुह प्रागको आयोजना, UN Habitade सहयोगमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको धातिबाङ्गमा आज पुर्ण सरसफाई उन्मुख नमुना समुहको अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पाणिनी गाउँपालिका वार्ड नं. ७ वडा अध्यक्ष शुभ बहादुर सारुले आफ्नो गाउँमा अध्यान भ्रमणमा आएका सबैलाई स्वागत गदै धन्यबाद दिनुभएको थियो । उहाले धातिबाङ्गबासीको अथक प्रयासले पुर्ण सरसफाई उन्मुख नमुना समुह बनाइ जिल्लामा चिनाउन आम समुदायले ठुलो सहयोग गरेको बताउनु भयो ।

कार्यक्रममा भुमिकास्थान नगरपाकिाका स्रोत व्यक्ति लालमणि पौडेल , UN Habitade का जिल्ला संयोजक शिबराज न्यौपाने , धारापानीका वडा सदस्य रुमलाल पौडेल, धन्चौरका वडा सदस्य टामलाल भट्टराई, समाज सेबी शिव प्रकास जिसी , धारापानीका समाज सेबी बाबुराम बन्जाडे,बाबुराम गैरे,नबराज पौडेल लगायतले मनतब्य राख्दै , प्राकृतिक, भौगोलिकसगै ,खानेपानी ,सचेतना लगनशिलता भएकाले अर्घाखाँचीकै सरसफाईमा धातिबाङ्ग नुमुना योग्य बस्ती भएकाले यसलाई निरन्तरर्ता दिन समुदायलाई आग्रह गरेका थिए । पुर्ण सरसफाई उन्मुख नमुना समुह भुमिकास्थान १० धन्चौर र धारापानीको वार्ड नं. ३ र ४ को समुहल अध्यान अबलोकन भ्रमण गरेका हुन् । कार्यक्रम सरिता खत्रीको अध्यक्षता र सुमन पौडेलको संचालनमा सम्पन्न भएको हो ।

Advertisement

समुदाय प्रहरी साझेदारी कार्यक्रम आजबाट देशभर शुरु

Image may contain: 7 people, including Tika Resmi, people smiling, people sitting

 

श्याम घिमिरे कात्तिक ११ अर्घाखाँची :

नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु गरेको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले आईतबारबाट राष्ट्रव्यापी रुपमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको हो । गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा एक समारोहका बीच कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । कार्यक्रमको शुरुवात गर्दै थापाले मुलुकलाई समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिगो शान्ति कायम गरी मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीले यो कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने पहलकदमी गरेको पनि स्पष्ट पार्नु भयो । शान्तिपूर्ण र सुरक्षित समाजका लागि सो कार्यक्रम ऐतिहासिक हुने गृहमन्त्री थापाको भनाइ रहेको छ ।

Image may contain: 16 people, people standing and crowd

केन्द्र, सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ सञ्चालन गरिएको यो कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । ‘हर प्रहर, गाउँ नगरी– टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको कार्यक्रम देशभरका टोल टोलमा सञ्चालन गरिनेछ ।

Image may contain: 12 people, including Bhabishwor Banjade, Rirday Bhusal and Birendra Kc, people standing and indoor

यसैबिच अर्घाखाँचीमा पनि समुदाय प्रहरी साझेदारी कार्यक्रमको आईतबार एक कार्यक्रमको आयोजनागरी शुभारम्भ गरीएको छ । कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसालले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायतले मनतब्य राख्नुभएको थियो । कार्यक्रम प्रहरी नायब उपरीक्षक नबराज मल्लको अध्यक्षता प्रहरी निरीक्षक खिमबहादुर घमको स्वागत मनतब्य र प्रहरी निरीक्षक गम्भीर जंग थापाको सन्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 1 person

Image may contain: 7 people, including Tika Resmi, people smiling, people sitting

निबृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको तेस्रो जिल्ला परिषद सम्पन्न,अध्यक्षमा भुसाल चयन

No automatic alt text available.

श्याम घिमिरे कात्तिक ११ सन्धिखर्क :

निबृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको तेस्रो जिल्ला परिषद आईतबार सन्धिखर्कमा सम्पन्न भएको छ । संस्थाका केन्द्रिय सहअध्यक्ष पिताम्बर बन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सल्लाहकार नरेन्द्र बहादुर थापा, महासचिव बिष्णु बस्याल , समाजका मालारानी गाउँपालीका अध्यक्ष थानेश्वर खनाल, छत्रदेव गाउँपालिका अध्यक्ष चक्रपाणि खनाल, पाणिनी गाउँपालीका अध्यक्ष दामोदर पोख्रेल , शितगंगा अध्यक्ष सुमन्त पौडेल, भुमिकास्था अध्यक्ष राजेन्द्र शर्मा, सन्धिखर्क नगर अध्यक्ष सुर्यप्रसाद भुसाल,रुपन्देही जिल्ला सदस्य दयाराम शर्मा, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिमबहादुर जिसि , संस्थाका केन्द्रिय पार्शद धर्मराज बन्जाडे लगायतले शुभकामना मन्तव्य राख्नुभएको हो ।

Image may contain: 9 people, including Krishna Prasad Bhusal, people sitting and indoor

जिबनको उर्बर एवं सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरि सेवा निबृत्त भएपछि आफ्नो अनुभव र दक्षताले भरिएको बाँकी समयलाई समेत सदुपयोग गरि समाज र राष्ट्रसेवामा योगदान पु¥याउने उद्देश्यले खोलिएको सो समाजको जिल्ला परिषदले बिष्णुप्रसाद भुसालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिती गठन गरेको छ ।

Image may contain: 5 people, people smiling, people sitting

जसको उपाध्यक्ष दुर्गा पौडेल सचीव कमल प्रसाद घिमिरे, सहसचिव विश्व भुसाल, कोषाध्यक्ष कमल पोख्रेल र सदस्यहरुमा रेशम भुसाल, रामनाथ घिमिरे , सुमन्त पौडेल, नेता भुसाल, उमा रिजाल चयन हुनुभएको छ । त्यस्तै परीषदले भिमलाल आचार्य , पुष्पा न्यौपाने , चुरामणी भुसाललाई केन्द्रिय प्रतिनिधि साथै टामलाल पाण्डे लेखबहादुर टण्डन र सुनिता बेल्बासेलाई प्रदेश प्रतिनिधिमा चयन समेत गरेको समाजले बताएको छ ।

Image may contain: 6 people, indoor

कार्यक्रममा कवि बिष्णु बश्यालको कबिता संग्रह ( माला) को बिमोचन समेत गरिएको थियो । कार्यक्रम बलदेव भुसालको अध्यक्षता कृष्ण भुसालको स्वागत मनतब्य र सचिब भिमलाल आचार्यको संचालमा सम्पन्न भएको हो ।

Image may contain: 3 people, indoor

Image may contain: 1 person, sitting and indoor

Image may contain: 4 people

No automatic alt text available.

एवाईसी रनिङ्गशिल्ड भलिबलको उपाधी सितगंगालाई

AYC Running Sild Bijetaश्याम घिमिरे कात्तिक ११ अर्घाखाँची
सदरमुकाम सन्धिखर्कमा आयोजित स्थानीय तह स्तरीय रिनिङ्गशिल्ड भलिवल प्रतियोगिताको उपाधी सितगंगा नगरपालीकाले प्राप्त गरेको छ । अर्घाखाँची युवा परिषद्को आयोजनामा सुक्रबारबाट सुरु भएको एवाइसी रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी सितगंगा नगरपालीकाले प्राप्त गरेको हो । उपाधीसंगै सितगंगाले नगद रु ५० हजार सहीत रनिङसिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

त्यस्तै प्रतियोगितामा दोस्रो स्थान भुमिकास्थान नगरपालीकाले प्राप्त गरेको छ उसले नगर रु ३० हजार शिल्डमेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै मालारानी गाँउपालीकाले तेस्रो स्थान प्राप्त गरेको छ । उसले नगर रु २० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । प्रतियोगिताको नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले सुक्रबार एक कार्यक्रमका बिच खेलको उद्घाटन गरेका थिए । एवाईसी अन्तर पालिका स्तरीय भलिवल प्रतियोगीताको यो दोस्रो संस्करण हो । गत बर्ष भुमिकास्थान नगरपालिकाले उपाधी जितेको थियो ।

सरकारी कार्यालय जिल्लामै राख्न आग्रह

श्याम घिमिरे कात्तिक १० अर्घाखाँची :
अर्घाखाँची उद्योग बाणिज्य संघ अर्घाखाँचीले जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेका जिल्ला प्राबिधिक कार्यालय खानेपानी डिभिजन कार्यालय ,सडक डिभिजन कार्यालय लगायतका सरकारि कार्यालयहरू जिल्ला बाट अन्य जिल्लामा सार्न लागेको भन्दै सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारालाई सार्थक बनाउने बेलामा जिल्लामा रहेका कार्यालयहरू विस्थापित गर्न नहुने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष युबराज श्रेष्ठ द्वारा हस्ताक्षरित पत्रमा सारिएका कार्यालयहरू पुनः स्थापना गरि जाने क्रमको अन्त्यको निम्ति पहल गरिदिन अनुरोध समेत गरिएको छ ।