श्याम घिमिरे कात्तिक ८ अर्घाखाँची :
नेपाल सरकारका पुर्बउपप्रधान मन्त्री तथा नेकपा नेता टोपबहादुर रायमाझीले जिल्लामा पर्यटन बिकासकोलागी डिपिआर तयार गरी अगाडी बढ्नुपर्ने बताएका छन । नेपाल पर्यटन पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा बिहिबार सदरमुकाम सन्धिखर्कमा आयोजीत समृद्धिकालागी पर्यटन सन्चार अभियान बिषयक जिल्ला स्तरीय साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले यस्तो धारणा ब्यक्त गरेका हुन । पुर्बाधार बिकास, समृद्धि र आर्थिक बिकासको क्षेत्रमा राज्यले प्राथमिकता दिनुपर्ने भन्दै रायमाझीले प्रकृतिले देशलाई बरदान दिएकोले यसलाई सहि तरीकाले उपयोग गरी अगाडी बढ्नुपर्ने मा जोड समेत दिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले जिल्लाको पर्यटकिय बिकासकालागी सबै एकजुट भै जिल्लाको बिस्तापनलाई रोक्नुपर्ने बताए । प्रदेश सांसद चेतनारायण आचायले पत्रकारीताको क्षेत्रबाट प्राकृतिक सम्पदालाई अगाडी बढाउनुपर्ने बताउदै सालझण्डी ढोरपाटन मोटरबाटोलाई एक दुई बर्ष भित्रैमा बाह्रै महिना सन्चालन गराउने तयारी रहेको बताए । अर्का प्रदेश सांसद रामजि प्रसाद घिमिरले बिकासको बजेट अत्यन्तै कमहुने भएकोले समग्र बिकास हुन नसकेको बताए ।
पाणीनि गाउँपालीका अध्यक्ष चच्युत गौतमले बाह्य भन्दापनी भित्रि पर्यटकलाई जिल्लामा चिनाउने र भित्राउनु पहीलो प्राथमिकता रहेको बताए । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मुलुकको निकास भनेको समृद्धि भएको बताए । नेपाल उद्योग बाणीज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले पर्यटकलाई नेपालमा खर्चगर्ने बाताबरण बनाउनुपर्ने बताए ।
पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली पर्यटन बिकासमा राज्यले उचित ध्यानदिनुपर्ने बताए । कार्यक्रम महासंघका अध्यक्ष धनिराम शर्मा रितु बिचारको अध्यक्षता,प्रदेश संयोजक भुबन कार्किको स्वागत मनतब्य र केन्द्रीय सचिब राधा नेपालीको सन्चालनमा सम्पन्न भएको हो ।