गरीबि र अशिक्षालाई हटाउन सबैको एकता हुनु पर्छ – सांसद आचार्य

श्याम घिमिरे असोज २९ अर्घाखाँची :

प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य चेतनारायण आचार्यले गरीबि र अशिक्षालाई हटाउन सबैको एकता हुनुपर्ने बताउनु भएको छ । नेपालीहरुको महान चार्ड बिजया दशमी शुभदिपावली,छठ तथा नेपाल सम्बतको पाबन अबसरमा सन्धिखर्क नगरपालीका कार्यालयको आयोजनामा सोमबार सम्पन्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मनतब्य राख्दै आचार्यले यस्तो बताउनु भएको हो । जनतालाई उत्पादन संग जोड्न नसके मुलकलाई समृद्ध बनाउन नसकिने भन्दै आचार्यले सबैलाई राष्ट्रनिर्माणमा जुट्न आग्रह गर्नुभयो । अर्का प्रदेश सदस्य रामजी प्रसाद घिमिरेले देशको समृद्धि र स्वाभीमानलाई माथी उठाउन सबै नेपाली जनताहरु एकजुट हुनुको बिकल्प नरहेको बताउनु भयो ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,नेकपाका प्रतिनिधि बिधान रायमाझी,नेपाली काँग्रेसका प्रतिनिधि नेत्र प्रसाद भट्टराई,राजमो उपाध्यक्ष गोपाल पौडेल,राप्रपाका देबि बहादुर खड्का,बिबेकशिल साझाका हरीप्रसाद भुसाल,नयाँशक्तिपार्टी नेपालका पुष्करनाथ आचार्य,अर्घाखाँची शिक्षा क्याम्पसका प्रचार्य श्रीकृष्ण भुसाल,अन्तरपार्टी महिला सन्जालकी शुशिला गैरे,नेपाल उद्योग बाणीज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ,पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रम नगरपालीका प्रमुख कमलप्रसाद भुसालको अध्यक्षता उपप्रमुख ठाकुर कुमार बिकको स्वागत मनतब्य र शाखा अधिकृत गोबिन्द केसीको सन्चालनमा सम्पन्न भएको हो ।

Advertisement