रानाको स्मृतिमा ५० हजारको अक्षयकोष स्थापना

सन्धिखर्क एफएम असोज १८ अर्घाखाँची : अखिल नेपाल जनजाती सम्मेलनका पूर्व जिल्ला अध्यक्ष जित बहादुर रानाको स्मृतिमा ५० हजारको अक्षयकोषको स्थापना गरिएको छ । राष्ट्रिय जनमोर्चा निकटको जनजाती सम्मेलनका पूर्व वैकल्पिक सदस्य समेत रहनुभएका रानाको स्मृतिमा जनजाती सम्मेलन केन्द्रिय समितिको आयोजनामा देउराली आधारभुत विद्यालय भुमिकास्थान १ ढाकावाङ्गमा जित बहादुर राना स्मृति अक्षयकोष स्थापना गरिएको हो ।

२००६ सालमा ढाकावाङ्गमा जन्म लिई आफ्नो जिवनको अधिकांश समय राजनिति तथा सामाजिक सेवामा खर्चिनु भएका स्वर्गिय जित बहादुर राना २०४९ सालको स्थानिय निर्वाचनमा ढाकावाङ्ग ६ बाट निर्बाचित भई समाज र जनताको सेवा गर्नुभएको थियो । केही समय शिक्षण पेशा समेत गर्नुभएका रानाले गाउंको शिक्षाको विकासमा ठुलो योगदान पु¥यानुभएको,स्थानिय देउराली आधारभुत विद्यालयमा ५ बर्ष सम्म ब्यबस्थापन समितिको अध्यक्ष भइ सेवा गर्नुभएको स्थानियले बताएका छन् ।

राजनिति संगै शिक्षाको विकासमा अहोरात्र खटेको मुल्याकंन गरि अखिल नेपाल जनजाती सम्मेलनको केन्द्रिय समितिले अक्षयकोष स्थापना गर्ने निर्णय गरे अनुसार प्रत्येक बर्ष बार्षिक परिक्षा प्रकाशनको दिन गरिब,जेहेन्दार तथा शारिरिक अपाङ्गता भएका विद्यार्थीहरुलाई छात्रवृति बितरण गर्ने गरि अक्षयकोषको स्थापना गरिएको सम्मेलनकी केन्द्रिय सदस्य उषा पुनले जानकारी दिनुभएको छ ।

विद्यालयमा सम्पन्न एक कार्यक्रमका बिच जनजाती सम्मेलनको तर्फबाट केन्द्रिय महासचिव राम बहादुर बुढा,कोषाध्यक्ष लाल बहादुर राना,सदस्य उषा पुन र विद्यालयको तर्फबाट वडा अध्यक्ष भोजराज खनाल,वि ब्य स अध्यक्ष बिम बहादुर घ.म.,प्रध्यान्ध्यापक उमाकान्त खनालले अक्षयकोष स्थापनाको निम्ती सम्झौता गर्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

चिनीकाे मूल्य बढाउन अनुगमन टाेलीकाे दबाब

असोज १८, २०७५ काठमाडौं: संसदकाे लेखा समिती सदस्यहरुले भाटभटेनीलाई चिनीकाे मूल्य बढाउन अनुगमन टाेलीले दवाव दिएकाे बताएका छन्। बिहीबारकाे लेखा समिति बैठकमा समिति सदस्य चन्दा चाैधरीले भाटभटेनीमा चिनीकाे मूल्य बढाउन दबाब दिएकाे बताएकी हुन्। उनले राति साढे अाठ बजे अनुगमन गरेर यस्ताे दबाब दिएकाे बताएकी हुन्। “अस्ति बेलुका म भाटभटेनीमा जाँदा रातस साढे अाठ बजे वाणिज्यकाे टाेली अनुगमनमा अायाे र मूल्य धेरै सस्ताे भयाे भनेर बढाउन भनियाे” चाैधरीले भनिन्। उनले अनुगमन टाेलीले भाटभटेनीमा बार्गेलिङ गरेकाे समेत अाराेप लगाएकी छिन्। बजार मनपरी चल्दा पनि सरकारले अनुगमन फितलाे बनाएको अाराेप उनले लगाइन्। केही दिन अघि भएको छलफलमा चीनको थोक मुल्य ५२ र उपभोक्तालाई बेच्ने मुल्य ६३ रुपैयाँभन्दा बढी नहुने गरी सहमती भएको थियो।
source:thahakhabar.com

प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोेन ईकाई अर्घाखाँचीको आयोजनामा अन्तरक्रिया सम्पन्न

सन्धिखर्क एफएम असौज १७ अर्घाखाँची :
मौसमी तथा बेमौसमी तरकारी व्यबसायको विस्तार, युवा रोजगारी र आर्थिक बृद्धिको मुल आधार, भन्ने विषयमा जिल्ला स्थित स्थानीय सरोकारवाल निकायहरु बिच सन्धिखर्कमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर भुसाल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामी, सन्धिखर्क नगरपालिका कार्यबाहक नगर प्रमुख ठाकुर कुमार वि.क छत्रदेब गाँउपालिका प्रमुख लेखनाथ पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर भुसालले जिल्लाको विकासको मुल आधार कृषि भएकोले कृषिको विकास विना जिल्लाको विकास हुन नसक्ने भन्दै कृषिको आधुनिकीकरण र विस्तारीकरणमा ध्यानदिई निर्वाहमुखी भन्दा व्यबसायीमुखी बनी जिल्लामा उत्पादित तरकारी अन्य जिल्लामा विक्री गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गत साल कृषिको क्षेत्रमा भएका सुधार र आगामी दिनहरुमा गर्नुपर्ने सुधारहरु लगायतका बिषयहरुमा समेत छलफल भएको हो । कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोेन ईकाई अध्यक्ष रामबहादुर रायमाझीको अध्यक्षता तरकारी जोन इकाई संहसयोजक सरोज भुसालको स्वागत मन्तब्य र बरिष्ठ कृषि विकास अघिकृत थिरलाल गैरको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा तरकारी जोेन ईकाईका कार्यालय प्रमुख बुद्धिराम भट्टाराइले कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक सन्धिखर्कको अध्यक्षमा घिमिरे

गोपाल भट्टराई असोज १८ अर्घाखाँची :

राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक सन्धिखर्कको अध्यक्षमा कमल प्रसाद घिमिरे निर्बाचित हुनुभएको छ । सन्धिखर्कमा सम्पन्न प्रथम नगर भेलाले अध्यक्ष घिमिरेको नेतृत्वमा ४ सल्लाहकार सहित १५ सदस्यिय नगर समितिको सर्वसहमत चयन गरेको हो ।नव गठित अन्टुक नगर समितिको उपाध्यक्षमा नेत्र प्रसाद खनाल,सचिव बिरु भट्टराई,सह–सचिव रेस्मा अधिकारी र कोषाध्यक्षमा मिरा क्षेत्री रहनुभएको छ ।

सिद्धि प्रसाद भट्टराईको अध्यक्षता,जिव नारायण खनालको स्वागत मन्तव्य र कमल प्रसाद घिमिरेको संचालनमा सम्पन्न भेलामा अन्टुक केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी.,राजमो प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी.र जिल्ला अध्यक्ष थम्मन केसीले शुभकामना मन्तव्य राख्दै मुलुकमा भइरहेको महगीं र सामाजिक विकृतिका विरुद्ध सबै एक जुट हुनपर्नेमा जोड दिनुभएको छ ।

राजमो नेता सागर के.सी.,केन्द्रिय सदस्य झविलाल थापा,जिल्ला अध्यक्ष थम्मन केसी.,जिल्ला कोषाध्यक्ष यमलाल पोख्रेल,नगर अध्यक्ष पशुपति ढकाल,किसान महासंघ जिल्ला सचिव भिमलाल आचार्य,जनजाती सम्मेलनकी केन्द्रिय सदस्य उषा पुन,अखिल छैठौंका जिल्ला अध्यक्ष सन्देश खनाल र रक्तिम अभियानका अध्यक्ष बिष्णु के.सी.को बिशेष आतिथ्यतामा सम्पन्न भेलाले बिष्णु प्रसाद बन्जाडे,राम प्रसाद पन्थी,कृष्ण प्रसाद खनाल र हुम प्रसाद भुसाल रहेको ४ सदस्यिय सल्लाहकार समितिको समेत गठन गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ ।