रेडियो मालारानी ९५.७ मेगाहर्जको एक कार्यक्रम बिच उद्धघाटन जिल्लाको बिकाशकालागी सञ्चार माध्यमको भुमिका खाचो रहेका नेता रायमाझीको भनाई

सन्धिखर्क एफएम असोज ३० अर्घाखाँची :

जिल्लाको मालारानी गाउँपालिकाबाट सञ्चालित रेडियो मालारानी ९५.७ मेगाहर्जको आज एक कार्यक्रमका बिच उद्धघाटन भएको छ । नेपाल सरकारका पूर्ब उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी , प्रदेश सभा सदस्य चेतनारायण आचार्यले संयुक्त रुपमा रिबन काटेर उद्धघाटन गरेका हुन ।

सरकारको योजना अनुसार स्थानीय तहमा अधिकार प्रत्योजन गरे पश्चात ग्रामिण भेगबाट सञ्चालन रेडियो सफलताको शुभकामना दिदै नेता रायमाझीले गाउँमा बिकाशको लहर आएको र दिगो बिकाश र आर्थिक सम्बृद्धिमा यस रेडियोले महत्वपूर्ण भुमिका निबार्ह गर्ने बताए । रायमाझीले सरकार अलमलिएको जस्तो देखीए पनि सरकार नअलमलिएको भन्दै जनअपेक्षा अनुसार काम गर्ने बताए ।

जिल्लामा बिकाशको कामले तिब्रता पाएको भन्दै ६ वटा बाटाहरु राष्ट्रिय स्तरका योजनामा परेको भन्दै जिल्लामा साबिकका २३ वटा गाबिसहरुमा केबुल वाला तार बिस्तार हुने गरि पोल गाड्ने काम सकिएको समेत रायमाझीले बताए ।

स्थानीय स्तर गाउँपालिकाबाट सञ्चालन भएको जिल्लाकै पहिलो रेडियो मालारानी भएको भन्दै सफलताको शुभकामना व्यक्त गर्दै प्रदेश सभा सदस्य चेतनारायण आचार्यले निर्बाचनका बेला बोलेका प्रतिबद्धताहरु पुरा गर्ने चरणमा रहेको बताए । प्रदेश सभाबाट जिल्लामा बिकाशको लागी बिभिन्न योजनाहरु परेको भन्दै सम्बृद्ध अर्घाखाँची बनाउन लागीपरेको बताए ।

मालारानीलाई सहकारी र समुहबाट सम्बृद्ध पालिका बनाउनको लागी रेडियोमालारानीको सहयोगको अपेक्षा गरेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । गाउँपालिकाले गुरुयोजनानै बनाएर सबै क्षेत्रको बिकाशमा लागी पर्ने बताए ।

देशको बिकाशकालागी सञ्चार माध्यमको भुमिका प्रभाबकारीहुने नयाँशक्ति पार्टिका नेता छन्द पन्थीले बताए । नेकपाका नेता जनार्दन खनालले रेडियो मालारानी स्थापना भएको छोटो समयमा राम्रो कभरेज भएको रेडियोको रुपमा स्थापना भएको भन्दै सञ्चारमाध्यमलाई निरन्तरताको लागी स्थानीय तहहरुले सहयोग गर्नु पर्नेमा जोड दिए ।

नेपाली काग्रेसका मालारानी गाउँपालिका सभापती शोभाखर खनालले रेडियोहरुले सबैलाई प्रथामीकता दिने पर्ने र निश्पक्ष भएर काम गर्नु पर्ने बताए । गाउँठाउँमा युबाहरुले रेडियो सञ्चालन गरेर उदाहरणयीय काम गरेको नयाँ शक्ति पार्टिका नेता नेत्र पन्थीले बताए ।

पन्थीले कुरामात्र गरेर देशको बिकाश नहुने भन्दै अब कुरा भन्दा पनि काम गर्नु पर्ने समय आएको बताए । सञ्चार माध्यमले जिल्लाको बिकाशमा महत्वपूर्ण भुमीका निबार्ह गरेको उद्योग बाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठले बताए ।

ग्रामिण क्षेत्रमा स्थापना भएको रेडियोलाई सफलताको शुभकाना दिदै नेपाल पत्रकार महासंघ सदा साथमा रहने महासंघका अध्यक्ष हिमलेकालीले प्रतिबद्धता जनाए । कार्यक्रमको समापन गदै मेरो मिडिया घरका अध्यक्ष पदम कुवँरले रेडियोलाई राम्रो बनाउन सबै पक्षको सहयोगको अपेक्षा रहेको बताए ।

रेडियोलाई नमुना बनाउन रेडियोको टिम लागी पर्ने भन्दै स्रोताहरुको सुझाबको अपेक्षा रहेको बताए । रेडियोलाई सफलबनाउन सबै पक्षको सहयोगको खाचो रहेको रेडियोका स्टेशन म्यानेजर नबिन के.सीले बताए ।

यसैबीच कालिका ने. रा. मा. बि. खन लुटिपोखरि लाई प्राविधिक शिक्षा सञ्चालनकालागी ४ कोठे भबन निर्माण गर्ने सासंद आचार्यको घोषणा कालिका ने. रा. मा. बि. खन लुटिपोखरि लाई प्राविधिक शिक्षा तथा सुबिधा सम्पन्न स्मार्ट विद्यालय बनाउने उदेश्यले यहि अशौज २४ देखी मालारानी ४खन पोखरपाटा मा सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सबको आज छैठौ दिन प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य सांसद चेतनारायण आचार्यले महोत्सव सफलताको सुभकामना ब्यक्त गर्दै उहाँले विद्यालय लाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकार बाट हुने सबै सहयोग गर्न तयार भएको बताउनु भएको छ ।

आचार्यले विद्यालयको चार कोठे भवन निर्माण कोलागि आफु अन्तरमन देखि लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।उहाले महोत्सव लाई सफल बनाउन सबैले एक भइ सहयोग गर्नु पर्ने बताउनु भयो । उक्त महोत्सवमा विभिन्न खालका भजन साँस्कृतिक झाँकिहरु बिबाह व्रतबन्द रुद्री विभिन्न खालका पुजाहरु भइ रहेका छन् ।महोत्सवमा हालसम्म रू.५५लाख नगद संकलन भएको महोत्सव मूल समारोह समितिका सचीव लिल बहादुर बिकले बताउनु भएको छ भने महोत्सव बुधबार सम्म सञ्चालन रहने छ ।

नेपाल मगर संघ जिल्ला समन्वय समिती अर्घाखाँची र अर्घाखाँची काठमाण्डौ सम्पर्क समितीको संयूक्त आयोजनामा बिबिध कार्यक्रम संम्पन्न

सन्धिखर्क एफएम असोज ३१ अर्घाखाँची :

नेपाल मगर संघ जिल्ला समन्वय समिती अर्घाखाँची र नेपाल मगर संघ अर्घाखाँची काठमाण्डौ सम्पर्क समितीको संयूक्त आयोजनामा जिल्ला स्तरीय प्रशिक्षण, मगर प्रतिभा सम्मान तथा बिविध सास्कृतिक कार्यक्रम मंगलबार पाणिनी गाउँपालिका वाड न .२ सिद्द मावि सिम्लेमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकामगर जनजाती आन्दोलनकी अगुवा नेत्री बमकुमारी बुढामगर लेखा अधिकृत जगतबहादुर रेश्मीमगर लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष नविन रोका मगरले मगरहरुको हक हितको लागि सधैभर लडिरहने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक राजु परियार, करिष्मा घर्तिमगर, दिपा, लेखले पस्तुती राख्नु भएको थियो । कार्यक्रममा मगर समुदायबाट एज्म् गर्ने र विभिन्न कार्यलयमा रहेर काम गरेका कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम नेपाल मगर संघका अध्यक्ष नेत्र बहादुर थापाको अध्यक्षता झविन्द्र मगरको सञ्चालन र निम बहादर रास्कोटीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

पाणिनी कलाकार कल्याणकारी समाजको प्रथम भेला सम्पन्न

सन्धिखर्क एफएम असोज ३१ अर्घाखाँची : पाणिनी कलाकार कल्याणकारी समाजको प्रथम भेला तथा संस्थाको घोषणा कार्यक्रम मंगलबार पाणीमा सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले कलाकारको हकहित र कलाको संरक्षणका लागि आफहरुुले सक्दो प्रयास गर्ने बताउनुभयो । कार्यक्रमले टिकाराम गौतमको अध्यक्षतामा २३ सदस्यीय तदर्स समिती गठन गरेको छ । समाजको बरिठ उपाध्यक्षमा सपन कुमार नेपाली उपाध्यक्ष बिजय सुनाम , महिला उपाध्यक्ष लिला पल्ली , महासचिव तिलक बेल्वासे , सचिव बिकास भट्टराई सहसचिव वसन्त लम्साल र कोषाध्यक्षमा योगराज पोख्रेल रहेका छन । कार्यक्रम डिआरजी सुमनको अध्यक्षता र तिलक बेल्वासेको सन्चालनमा सम्पन्न भएको हो ।