श्याम घिमिरे कार्तिक ४ अर्घाखाँची :
नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सिंहदरबारको अधिकार गाउँगाउँमा आए लगत्तै बिकास निमार्णको पाटो अन्त्य भएको बताएका छन । उनले सिंहदरबारको अधिकार गाउँगाउँमा लैजाने भनेपनी नितिसंगत काम नभएको भन्दै सरकारको आलोचना समेत गरेका हुन । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले आईतबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन । संघियताको नाममा बिकास निर्माणबाट पहाडलाई रित्ताउने योजना भएको बताउदै नेता भण्डारीले देशको रक्षा र समृद्धिको लागी सबै नेपाली जनता एकजुट हुनुको बिकल्प नरहेको बताए ।
उनले बर्तमान सरकारले देशलाई नयाँ निकास दिनुपर्ने बताउदै पछील्लो समय देशमा भ्रष्ट्रचार महंगी र बलात्कारका घटना बढेको भन्दै सरकारलाई सचेत रहन आग्रह गरे । नेता भण्डारीले संघियता नेपाली जनताको माग र चाहाना नभएको बताउदै जनताका चाहानालाई राजनितिक दलहरुले पुरा गर्न नसकेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली बोलेको बोलै गर्ने तर प्रतिपक्ष दलका नेता नबोल्ने समस्या भएको बताउदै संसदमा काँग्रेसको शसक्त भुमिका रहनु पर्ने बताए ।
कम्युनिष्टको सरकार माक्र्सबादी सरकार हो या सपनाबादी सरकार हो यसको बारेमा जनताहरुले बुझन् आबश्यक रहेको भन्दै भण्डारीले अहिलेको सरकारले कुरा धेरै गर्ने तर काम नगर्ने बताए । उनले केपी ओली सरकारको पंखाका पखेटा बिग्रीएको कारण सरकारले भनेअनुसार कामगर्न नसक्ने ठोकुवा समेत गरे । कार्यक्रममा नेपाली काँग्रेसका सभापति बिष्णुप्रसाद खनाल मुस्कान उपसभापति शान्ता भण्डारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेस युनियन जिल्ला अध्यक्ष बिरेन्द्र केसीको अध्यक्षता घनश्याम पौडेलको स्वागत मनतब्य र मेलिनासिंह ठकुरीको सन्चालनमा सम्पन्न भएको हो ।