सन्धिखर्क नगर स्तरीय महिला सशक्तिकरण कार्यक्रमको लागि बैठक तथा छलफल कार्यक्रम सम्पन्न

भगवता पाण्डे,जेष्ठ ३१ अर्घाखाँची

सन्धिखर्क नगर स्तरीय महिला शशक्तिकरण कार्यक्रमको लागि बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४, ७५ को महिला लक्षित बिनियोजित कार्यक्रम अन्तर्गत तिन लाख पचास हजार रुपेया बाट , महिला लक्षित कानुनी परामर्श कार्यक्रम सञ्चालन गर्ने, जिल्लामा सन्चालित सेफ हाउसलाई सहयोग गर्ने , महिला स्वास्थ्य शिविर संचालन गर्ने र टपरी बुन्ने डाइ मेसिन खरिद गर्ने निर्णय भएको छ ।

कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसाल , उप प्रमुख ठाकुर कुमार बिक , प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली , शाखा अधिकृत गोविन्द केसि पत्रकार महासंघ जिल्ला उपाध्यक्ष भगवता पाण्डे , लगाएत सन्धिखर्क नगर कार्यसमितिका महिला सदस्यहरु र विभिन्न राजनितिक दलका महिला प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रम नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षता, प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालिको संचालनमा सम्पन्न भएको थियो ।

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.