जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीले जिल्लाका विकट वस्तीहरुको घुम्ति शिविर सञ्चालन

अर्घाखाँची जेष्ठ २८

जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीले जिल्लाका विकट वस्तीहरुको घुम्ति शिविर सञ्चालन गरेको छ । सितगंगा नगरपालीका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानाकारी दिनुभयो ।

आईतवारबाट सुरु भएको शिविरमा हाल सम्म १ सय ५६ नागरिकता वितरण गरिएको जनाईएको छ । यस्तै १ सय ८२ जनाको स्वास्थय जाच गरिएको डाक्टर कपिल गौतमले जानाकारी दिनुभयो । मंगलबार मोवाबारीमा शिविर सञ्चालन गरिने सहयाक प्रमुख जिल्ला अधिकारी शंकर भुसालले बताउनुभयो ।

जिल्ला पशु,जिल्ला वन,जिल्ला स्वास्थ्य लगाएतका कार्यालयहरु समेत सेवा दिईरहेको बताइृएको छ । विकट वस्तीमा शिविर सञ्चालन गरेपछि स्थानीयहरु सरकारले भने जस्तो गाउँगाउँमा सिंहदरवार पुगेको अनुभुती भएको बताएका छन् । जिल्लामा आउन हजारौ रुपैया खर्च गर्नु पर्ने बाध्यता यसपटक हटेको स्थानीहरुको भनाई रहेको छ । हिजो पनि पावरामा सेवाग्रगीलाई सेवा दिईएको थियो । विकट वस्तीमा जनताको सेवा गर्नको लागी शिविर सञ्चालन गरिएको जिल्ला समन्वय समितीका उपप्रमुख ऋषि पुलामीले जानाकारी दिनुभयो ।

Advertisement

एपीएफले उचाल्याे प्रधानमन्त्री कपकाे उपाधि

unn.prixa.net

काठमाडौं – विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै एपीएफ क्लबले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरमा रहेको टीयू क्रिकेट मैदानमा आर्मीले दिएको २१० रनको लक्ष्य एपीएफले ४१.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍याे । एपीएफका लागि अनिल शाह र प्रदीप ऐरीले समान ६३–६३ रनको योगदान दिए । व्यक्तिगत १२ रन बनाएर सुवास खकुरेल रिटायर्ड भएपछि क्रिजमा आएका प्रदीप ऐरीसँग मिलेर अनिल शाहले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए ।

त्यपछि क्रिजमा आएका पृथु बास्कोटाले २४ बलमा ३२ रनको आक्रामक पारी खेले । एपीएफका लागि रोहितकुमार पौडेलले पनि १५ रनको योगदान दिए । खेलको अन्तिम समयमा सुवास क्रिजमा फर्किएर २ रन थपे । करण केसीले अन्तिममा १५ रनको योगदान दिए ।

बलिङतर्फ सोमपाल कामीले तीन विकेट र विक्रम सोवले १ विकेट लिँदा चारैवटा क्याच आर्मीका कप्तान विनोद भण्डारीले लिएका थिए ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो । आर्मीले ५६ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । यस क्रममा सागर पुन ५ रन, अनिल मण्डल १९ रन, नरेश बुढाऐर २० रन र राजु रिजाल ६ रनमा पवेलियन फर्किए ।

भीम सार्कीले ४५ रनको योगदान दिएर पारी उकास्ने प्रयास गरेपनि उनी बसन्त रेग्मीको बलमा बोल्ड भए । आर्मीका लागि सबैभन्दा धेरै रन बनाउन खेलाडी शार्की नै बने । सोमपाल कामीले ३६, कप्तान विनोद भण्डारीले ३५ रन बनाए भने विक्रम शोबले १, सुशन भारीले २ र सहाव आलमले २ रन बटुले । बलिनतर्फ करण केसीले तीन विकेट लिए भने बसन्त रेग्मी र भुवन कार्कीले २–२ विकेट हात पारे ।  source:ujyaaloonline

जिल्लाको आर्थिक समृद्धिको लागी सबैको एकता अपरीहार्य रहेको एक कार्यक्रमका बक्ताहरुको जोड

श्याम घिमिरे, जेष्ठ २८ अर्घाखाँची

अर्घाखाँची उद्योग बाणीज्य संघको नबनिर्बाचित पदाधीकारी तथा कार्य समितिको पदस्थापना एवं हस्तान्तरण कार्यक्रम सोमबार सन्धिखर्कमा सम्पन्न भएको छ ।

नबनिर्वाचित अध्यक्ष युबराज श्रेष्ठको अध्यक्षता र बरीष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालीकाका प्रमुख कमल प्रसाद भुसाल, नेपाल उद्योग बाणीज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ,नेकपाका प्रतिनिधि जिबनारायण कोईराला,नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि कृष्णप्रसाद खनाल,राजमो पुर्ब केन्द्रीय सदस्य सागर केसी र पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकाली लगायतले मनतब्य राख्दै जिल्लाको आर्थिक समृद्धिको लागी सबैको एकता अपरीहार्य रहेको बताउनु भएको हो ।

साथै बक्ताहरुले जिल्लालाई आर्थिक माध्यमबाट देशमै परीचित गराउन जिल्लामा शिक्षा ,स्वास्थ्य र पर्यटनको बिकास गर्न आबस्यक रहेको बताउनु भएको हो ।

बजेटपछि अकासियो महंगी : व्यापारीले आफूखुशी भाउ बढाउँदा सरकार रमिते

                                                           मूल्यवृद्धि

unn.prixa.net

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपभित्र ठेलामा समोसा चाट बनाएर व्यापार गर्ने भारत पटनाका दिपु बैठाले एक हप्तादेखि समोसाको आकार सानो बनाउन थाल्नुभएको छ ।

पहिले अलि ठूलो आकारको हुँदा समोसाको मूल्य १५ रुपैयाँ थियो । अहिले आकार घट्दा मूल्य चाहिँ २० रुपैयाँ पुगेको छ । ८५ रुपैयाँमा बेच्दै आएको चाट पनि बैठाले १ सय रुपैयाँ पुर्याउनुभयो । ‘समोसा र चाट बनाउने सामानकै भाउ छोइनसक्नु भएपछि यसको मूल्य नबढाई सुखै पाइएन’उहाँले भन्नुभयो ।

भाउ बढेपछि ग्राहक घटेका छन् । व्यापार पनि कम भएको उहाँले बताउनुभयो । ‘कमाएको पैसाले खानै नपुग्ने भइसक्यो’ उहाँले भन्नुभयो, ‘यहाँको महँगीले हामीलाई नै खान लाग्यो ।’

ठूला व्यापारीले सामानको भाउ बढाउँदा खुद्रा व्यापारी त मारमा परेका छन् नै । उपभोक्ता झन् धेरै समस्यामा छन् । सबै सामानको भाउ बढ्दा दैनिकी नै कष्टकर हुन थालेको छ ।

ललितपुरको भैंसेपाटीमा डेरा गरी बस्ने नितेश कार्की अहिले मोटरसाइकल छाडेर साइकल चढ्न थाल्नुभएको छ । पेट्रोलको भाउ लगातार बढेका कारण मोटरसाइकल चढ्नै गाह्रो भएको उहाँले सुनाउनुभयो । अलि टाढा जानुपर्दा मात्रै मोटरसाइकल चढ्ने र नजिकै जानुपर्दा भने साइकल चलाउने गरेको उहाँले बताउनुभयो ।

मोटरसाईकलले महिनामा झण्डै १२ लिटर पेट्रोल खान्छ । पटक पटक बढेर अहिले पेट्रोलको मूल्य १ सय १३ रुपैयाँ प्रतिलिटर पुगिसक्यो । मासिक २० हजार कमाउने कार्कीका लागि साइकल चढ्नु बाध्यता बनेको हो ।

खाने तेल प्रतिप्याकेट १५, चामल ५० रुपैयाँसम्म बढ्यो

सरकारले जेठ १५ गते बजेट सार्वजनिक गरेलगत्तै भोलिपल्टदेखि व्यापारीले आफूखुसी भाउ बढाएका हुन् । नेपाल खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठ भन्नुहुन्छ ‘भाउ बढेको सही हो, अर्थमन्त्रीले बजेट भाषण गरे यता बजार मूल्य बढेको छ ।’

उहाँका अनुसार अहिले चामल, दाल, खानेतेल, चिनी, तरकारी सबैको भाउ बढेको छ । ‘ठूला व्यापारीले नै बढेर आएको भन्दै भाउ बढाएपछि खुद्रा मूल्य पनि बढेको हो,’ उहाँले भन्नुभयो, ‘थोकबाटै बढेर आएपछि हाम्रोमा वृद्धि हुने नै भयो ।’

काठमाडौंमा केही हप्ता अघिसम्म प्रतिकिलो ६० देखि ६५ रुपैयाँ होलसेल मूल्यमा पाइने चिनी अहिले ७० रुपैयाँ नाघेको छ । उपभोक्ताको भान्सासम्म पुग्दा झण्डै ९० रुपैयाँ पुग्ने गरेको छ ।

खानेतेलको भाउ पनि बढेको श्रेष्ठले जानकारी दिनुभयो । खाने तेल पहिलेको तुलनामा  प्रतिप्याकेट १५ रुपैयाँ बढेको छ । पहिले १ लिटरको प्याक तोरीको तेल १३० रुपैयाँ पथ्र्यो । तर अहिले मूल्य बढेर १४५ पुगेको छ ।

यसैगरी मुसुरो दाल प्रतिकिलो १० रुपैयाँ बढेको छ । ८५ रुपैयाँ प्रति किलो रहेको मसुरोको दाल अहिले ९५ पुगेको छ । भारतमै पनि मूल्य बढेको र डलरको भाउ पनि बढेकाले बाहिरबाट आयात गर्नुपर्दा दालको मूल्य बढेको उहाँले बताउनुभयो । सबैभन्दा बढी चल्ने जिरा मसिनो, भारतीय बासमतीलगायत चामलको मूल्य छोइनसक्नु छ । चामल प्रतिबोरा ५० रुपैयाँ बढेको छ । खाद्यान्न र तेल मात्र होइन, तरकारीको भाउसमेत बढेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तुलनात्मक विवरणअनुसार दुई हप्ताको अन्तरमासबैजसो तरकारीको खुद्रा भाउ १५ देखि २० प्रतिशतसम्म बढेको छ । आलु रातो ६ प्रतिशत, आलु सेतो १३ प्रतिशत, काउली स्थानीय ३० प्रतिशत, बोडी ४४ प्रतिशत, प्याज सुकेको १८ प्रतिशत, गोलभेडा १५ प्रतिशतसम्म भाउ बढेको छ ।

सरकारले आउँदो आर्थिक वर्ष २०७५/०७६ को लागि ल्याएको बजेटमा राजश्व बढाएको र पहिले रिफण्डेबल भ्याट (फिर्ता हुने मूल्य अभिवृद्धि कर) समेत अबदेखि रिफण्ड (फिर्ता) नहुने व्यवस्था गरेकाले व्यापारीहरुले मूल्य बढाएको खुद्रा व्यापार संघका महासचिव श्रेष्ठले बताउनुभयो ।

आम्दानीले नधान्ने खर्च

अहिलेश्रमिकको न्यूनतम तलब मासिक नौहजार सातसय रुपैयाँ छ । महँगीको अनुपातमाश्रमिकले थाप्ने यो मासिक तलब निकै कम हो । यति थोरै तलबमा काठमाडौंमाबसेर गुजारा गर्न श्रमिकलाई कठिन छ । अझ उसको तलबमा आश्रित परिवार रहने हो भने राजधानी छोड्नुको विकल्प नै रहँदैन ।

‘यस्तै महंगी खेप्न हो र हामीले नेतालाई भोट दिएर जिताएको ?’ काठमाडौंमा ज्यालादारी काम गर्ने माया गुरुङले आक्रोश व्यक्त गर्दै भन्नुभयो, ‘सहरमा बसेर त पेट पाल्नै गाह्रो छ, गाउँमा त कमसेकम फर्सीको मुण्टा त सित्तैमा पाइन्थ्यो, यहाँ त ३० रुपैयाँ पर्छ ।’ उहाँ जस्तै कम आम्दानी हुने परिवारलाई काठमाडौंमा बसेर गुजारा चलाउन मुश्किल छ । सामान्य गुजाराका लागि समेत ऋण खोज्नुपर्ने बाध्यता छ ।

असंगठित क्षेत्रमा काम गर्ने श्रमिकका लागि खर्च धान्न अझै कष्टकर छ । सरकारले दैनिक ज्यालादारीमा काम गर्नेको न्यूनतम तलब तीनसय ९२ रुपैयाँ तोकेको छ । दैनिक ज्यालादारीमा काम गर्नेले महिनाको सबै दिन काम गरे पनि मासिक आम्दानी ११ हजार सातसय रुपैयाँ मात्रै हुन्छ । तर, यो कमाई डेरा भाडा र सामान्य खानाका लागि मात्रै गर्ने हो भने पनि एक जनाका लागि समेत पर्याप्त हुँदैन ।

‘अहिलेको न्यूनतम तलबले जीवन धान्न त के मानिसभएर न्यूनतम मापदण्डमा बाँच्ने अवस्था पनि छैन’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भन्नुभयो, ‘यो तलबले राजधानी र सहरी क्षेत्रका श्रमिकलाई बाँच्ने आधार दिन सकेन ।’

सरकारी आँकडाले पनि मूल्यवृद्धि बढेकै देखाएको छ । गएको वर्षको तुलनामा तरकारी, फलफूल, घ्यु–तेल, दुग्धजन्य पदार्थ तथा अण्डा लगायतका वस्तुहरुको मूल्यमा बृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले पनि देखाएको छ । नेपाल राष्ट्र बैंकले वैशाख मसान्तमा सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य मुद्रास्फिती ३.२ प्रतिशत पुगेको छ । जुन गएको वर्ष ०.२ प्रतिशत थियो ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमल्सिनाले पेट्रोलियम पदार्थमा भइरहेको निरन्तरको मूल्यवृद्धि र पछिल्लो समय खाद्यान्न, तरकारीको भाउपनि बढ्नुले लोककल्याणकारी राज्यको अनुभूति समेत गर्न नपाएको गुनासो गर्नुभयो । महंगीले भान्साको खर्च धान्न नसक्ने अवस्थामा पुगेको तिमल्सिना बताउनुहुन्छ ।

नियन्त्रणमा उदासिन

बजेटमा राजश्व बढेका कारण भाउ बढाउनुपरेको व्यापारीको भनाई छ । तर बजेट साउनदेखि मात्र लागू हुने भएकाले अहिले बढेको मूल्यवृद्धि कृत्रिम हो । तर यस्तो कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले कुनै खोजीनीति नै गरेको छैन । न अध्ययन र कालोबजारी गर्नेलाई काराबाही नै गर्न सकेको छ ।

तर मूल्यवृद्धिको अनुगमन भैरहेको सरकारको दाबी छ । ‘हामीले मूल्यवृद्धिको अनुगमन गरिरहेकै छौं,’ केही दिनअघि मात्रै प्रदेश नम्वर १, २ र ३ का विभिन्न ठाउँका उद्योग तथा कलकारखानामा गएर अनुसन्धान गर्यौं’ आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भन्नुभयो, ‘त्यसरी अनुगमन गर्दा उद्योगबाट कुनैपनि प्रकारको मूल्य बढेको भने फेला परेन ।’

तर व्यापारीहरुले कति सामान आयात गरे, कति भण्डारण गरेर राखेका छन् र भाउ कसरी निर्धारण गर्छन् भन्ने जानकारी समेत सरकारलाई छैन । पहिले भण्डारण गरेर राखेका सामानमा पनि व्यापारीहरुले मूल्यवृद्धि गरेर बजारमा बेच्ने गरेको पाईएको छ ।  source:ujyaaloonline

जुट्दै पौडेल, सिटौला र केसी, एक्लिँदै देउवा,अलग्गिए महामन्त्री कोइराला

 

जेठ २८, २०७५ काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले निर्वाचनमा पार्टी परायजयको मुख्य कारण गुटगत राजनीति भएको निष्कर्ष निकालेको थियो। कांग्रेसले यस्तो निष्कर्ष मात्र निकालेन, अब एकजुट भएर अघि बढे मात्र पार्टी बलियो हुने निर्णयसमेत गर्‍यो। तर बैठक सकिएपछि झनै पार्टीभित्र गुटगत राजनीति मौलायो। कांग्रसभित्र रहेका धेरैजसो गुटले सभापति शेरबहादुर देउवाको विरोध मात्र गरिरहे।

देउवाकै कारण परायज भोग्नुपरेको उनीहरूले बारम्बार बोलिरहे। यस्तै, देउवा पक्षका नेता भने सभापतिको बचाउमा लागिरहेका छन्। देउवाले अब एकजुट हुन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरिरहेका छन्। तर धेरै नेताले भने देउवालाई एक्लो बनाउँदै गएका छन्। उनको विरुद्ध पार्टीभित्रका अन्य गुटले मोर्चाबन्दी नै गर्न सुरु गरेका छन्। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी एकजुट भएका छन्। पार्टीको १३औँ महाधिवेशनमा देउवालाई सहयोग गरेका पार्टी नेता केबी गुरुङले पनि देउवालाई दिएको समर्थन फिर्ता लिइरहेका छन्। पार्टीको १३औँ महाधिवेशनअघि दुई गुट देखिएको कांग्रेसभित्र महाधिवेशनपछि सशक्त तीन गुट देखापरे।

उक्त गुटले एकअर्काप्रतिको कामको सधैँ आलोचना मात्र गरिरहे तर फेरि १३औँ महाधिवेशनताका पौडेलको साथ छाडेका नोताहरू पुनः सभापतिविरुद्ध मोर्चा गर्न आएका छन्। यसको सन्देश सोमबार नेपाल विद्यार्थी संघ काठमाडौंले गरेको कार्यक्रममा देखियो। कार्यक्रममा सभापति गुटबाहेक अन्य गुटका नेता थिए।

उक्त कार्यक्रममा नेविसंघको पनि गुटगत राजनीति खुला देखिन्थ्यो। नेविसंघ काठमाडौंको आयोजनामा भएको कार्यक्रममा संघका सभापति नैनसिंह महर गुटलाई ‘बाइपास’ गरिएको थियो भने महामन्त्री कुन्दन काफ्ले गुटका विद्यार्थी सहभागी थिए। काफ्ले सिटौलाका विश्वासपात्र हुन्। कार्यक्रममा पौडेल गुटका विद्यार्थीको पनि उपस्थिति थियो।

यसरी छुट्टिएका थिए १३औँ महाधिवेशनमा पौडेल, सिटौला र केसी

अहिले पुनः मोर्चाबन्दी गरेका पौडेल, सिटौला र केसी १३औँ महाधिवेशनअघि एउटै गुटमा थिए। १२औँ महाधिवेशनपछि उनीहरू एउटै गुटबाट कांग्रेस केन्द्रीय समितिको पदाधिकारी पनि थिए। तत्कालीन सभापति सुशील कोइराला (संस्थापन पक्ष)को गुटबाट पौडेल उपसभापति, सिंह निर्वाचित महामन्त्री, सिटौला मनोनीत महामन्त्री र केसी सहमहामन्त्री थिए। तर कोइरालाको निधनपछि उनीहरूबीच शक्तिका हिसाबले द्वन्द्व बढ्दै गयो। फलस्वरूप १३औँ महाधिवेशनमा आएर उनीहरू अलग भए।

गुटभित्र एकअर्काको अस्तित्व स्वीकार गर्न नसकेको आरोप लगाउँदै उनीहरू फुटे। पौडेललाई असहयोग गर्दै सिटौलाले सभापतिमा उम्मेदवारी दिए तर तेस्रो भएपछि उनले अन्त्यमा देउवालाई समर्थन गरे। कांग्रेसमा प्रथम भएर मात्रै सभापति निर्वाचित हुँदैन, त्यसका लागि बहुमत आवश्यक हुन्छ। देउवा १३अौँ महाधिवेशनमा पहिलो मत प्राप्त गर्न सफल भए पनि बहुमत ल्याउन सकेनन्, तेस्रो भएर दोस्रो चरणको निर्वाचनमा सभापतिको निर्वाचनको रिङबाट बाहिरिएका सिटौलाले देउवालाई समर्थन गरेका थिए।

 त्यही कारण पौडेल पराजित भए अनि पौडेल र सिटौलाबीच द्वन्द्व बढ्यो। पौडेलले आफ्नो अस्तित्व स्वीकार गर्न नसकेको भन्दै केसी पनि देउवा पक्षबाट महामन्त्रीमा निर्वाचनमा प्रतिस्पर्धा गरे तर उनलाई पौडेल पक्षबाट उठेका डा. शशांक कोइरालाले पराजित गरे। महाधिवेशनको दुई वर्षभन्दा लामो समयपछि देउवा स्वेच्छाचारी भएको भन्दै उनीहरू फेरि देउवाविरुद्ध मोर्चाबन्दीमा आएका छन्। उनीहरूलाई सभापति देउवाको कार्यशैलीले फेरि एक पटक एक ठाउँ बनाएको छ।

अलग्गिए महामन्त्री कोइराला

१३औँ महाधिवेशनमा पौडेल समूहबाट महामन्त्रीमा डा. शशांक कोइरालाले प्रतिस्पर्धा गरेका थिए। संस्थापन पक्षबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका कोइराला निर्वाचित भएपछि आफैँ गुट चलाउन थाले।

पौडेल समूह त्यसबेलादेखि नै असन्तुष्ट थियो। गत फागुनमा कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति देउवा र नेता प्रकाशमान सिंहले चुनावी प्रतिस्पर्धा गरे। त्यस समयमा कोइरालाले सिंहलाई सहयोग नगरेको आरोप लागयो। अलग धार बनाएर पार्टीमा अघि बढिरहेका कोइरालालाई पौडेल समूहले त्यसपछि विश्वास गर्न छाड्यो। अहिले उनी पौडेल गुटबाट बाहिर छन्।

फर्किए केसी

१३औँ महाधिवेशनअघि पौडेलसँगै रहेका पूर्वसहमहामन्त्री केसी पुनः पौडेल पक्षसँगै मोर्चाबन्दी गर्न आइपुगे। १२औँ महाधिवेशनमा तत्कालीन सभापति सुशील कोइराला गुटमा रहेका उनी १३औँ महाधिवेशनमा देउवा गुटमा गए।

तर निर्वाचनपछि देउवाले पार्टीलाई आफ्नो ढंगबाट चलाएको भन्दै उनी लामो समयदेखि असन्तुष्ट थिए। स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देउवाले अरू दललाई फकाउने मात्र तर आफ्नो दलको बारेमा नसोचेका कारण हार व्यहोर्नुपरेको आरोप लगाउँदै आएका थिए केसी। पार्टी फुटाएर गइसकेका देउवाले पुनः पार्टीबाट एक पटक अलग भएर आएका विजयकुमार गच्छदारलाई नेतृत्व तहमा पुर्‍याएपछि उनी झनै असन्तुष्ट बने। ‘नेताको परिक्रमा गर्ने’ले पार्टी बिगारेको भन्दै उनी देउवा समूहबाट अलग हुँदै पौडेल समूहसँग मोर्चाबन्दी गर्न आइपुगे।

झस्किए पौडेल

सोमबार एउटै मंचमा रहेका नेताहरू पौडेल, सिंह, सिटौला र केसीलाई विद्यार्थी संगठनका कार्यकर्ताहरूले एकताको सन्देश दिन आग्रह गरे। कार्यकर्ताले अब एक भएर कांग्रेसलाई पुनः बलियो पार्टी बनाउन आग्रह गरे। कार्यकर्ताले चार नेतालाई उठेर हातेमालो गर्दै एकताको सन्देश दिन आग्रह गरे तर त्यसबेला एउटा अचम्मको दृश्य देखियो। सैब नेता उठेर हातेमाले गरे तर पौडेल भने उठ्न मानेनन्।

कार्यकर्ताको जबर्जस्तीले गर्दा उनी उठे र सबै नेतासँग हातेमालो गरे यद्यपि, उनी बस्न हतार गरिरहेका थिए। उनले त्यसो गरेपछि मंचमा रहेका सबै नेताको अनुहारमा अचम्मको भाव देखिन्थ्यो। उनले बोल्न सुरु गर्दै गर्दा आफूले त्यसो गर्नुको रहस्य खोले। पौडेलले भने, ‘मलाई उठ्ने मनै थिएन। साथीहरूले भनिहाल्नुभयो, त्यसैले उठेँ। अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा पनि तर्सिन्छ भनेको यही हो तर अब मनदेखि एक हुनुपर्छ। उनले संकेत गरेका थिए १३औँ महाधिवेशनमा महाधिवेशनकै मुखमा सिटौला र केसीले दिएको धोकालाई।

देउवामाथि आरोप नै आरोप

कार्यक्रममा बोल्ने सबै नेताले सभापति देउवालाई पार्टी बिगारेको आरोप लगाए। वक्ताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेलले देउवाको अधिनायकवादी चरित्रले पार्टी सकिएको आरोप लगाए।

उनीहरूले देउवाको यही तरिका मात्र रहिरहने हो भने कांग्रेस इतिहासको पानमा सीमित रहने बताए। कांग्रेस हार्नुमा मुख्य जिम्मेवार देउवा रहेका कारण आफूहरूले त्यसको जिम्मेवारी नलिने उनीहरूको भनाइ थियो। देउवाको कदमविरुद्ध अब एक हुनुपर्ने उनीहरूको धारणा थियो।
source: thahakhabar.com