बाँदरका लागि ३० लाख बजेट

जेठ २४, २०७५ पर्वत : कृषकहरूलाई बाँदरले हैरान पारेपछि पर्वतको महाशीला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आर्थिक वर्ष ०७५/०७६ मा ३० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ। बाँदरको आतंकले कृषक मारमा परेको भन्दै गाउँपालिकाले बाँदर नियन्त्रणको योजना पारित गरेको हो।

हालै बसेको गाउँ कार्यपालिकाको बैठकले कृषकहरूले माग गरेको योजनाअनुसार नै उक्त प्रस्तावलाई प्राथमिकता दिएर पारित गरेको गाउँपालिकाका पदाधिकारीको भनाइ छ। यस वर्ष एक हजार बाँदर समात्ने कार्ययोजना गाउँपालिकाले बनाएको छ। नियन्त्रणमा लिइएका बाँदरलाई निकुञ्जमा बुझाउने योजना रहेको छ। कृषकले लगाएको खाद्यान्न बाली र फलफूलमा बाँदरले ठूलो नोक्सानी पु¥याउन थालेपछि कृषकहरूले गाउँपालिकालाई बाँदर नियन्त्रणको योजना ल्याउन निरन्तर दबाब दिँदै आएका थिए।

साढे ४९ वर्ग किलोमिटर क्षेत्रफल रहेको महाशीलामा २५ वर्ग किलोमिटर खेतीयोग्य जमिन छ। तर, बाँदरकै कारण उक्त जग्गामध्ये धेरै बाँझो राख्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ। खेतीयोग्य जमिन बाँझो भई वनको रूप लिएपछि बाँदरको संख्या झन् बढ्दै गएको वडा नम्बर ५ का वडाध्यक्ष जीवन उचै ठकुरीले बताए। गाउँपालिकाका प्रवक्ता समेत रहेका ठकुरीका अनुसार गाउँपालिकाको दोस्रो गाउँसभाबाट बाँदर नियन्त्रणसहित स्थानीय सरकार सञ्चालनसम्बन्धी विभिन्न आठ वटा विधेयक पारित भएका छन्।
source:thahakhabar.com

सर्पले डस्दा वडाध्यक्षको मृत्यु

जेठ २४, २०७५ सुनसरी : विषालु सर्पले डस्दा मोरङको धनपालथान गाउँपालिका– २ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको छ। बुधबार राति ११ बजेतिर शौच गर्न घर बाहिर निस्केका बेला भगतलाई विषालु सर्पले डसेको हो। सर्पले डसेर सिकिस्त भएका उनलाइ उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो। उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भएको धनपालथान गाउपालिकाका अध्यक्ष हरिलाल सिंहले जानकारी दिए।
source:thahakhabar.com

बझाङमा जीप दुर्घटना, तीनको मृत्यु

जेठ २४, २०७५ काठमाडौं :

बझाङको छबिस पाथीभेरा गाउँपालिका–४ मा बुधबार साँझ जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।  दुर्घटनामा ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा जीपमा सवार बझाङकै ३५ वर्षीय विरेन्द्र सिंह, उनकी श्रीमती ३५ वर्षकै ज्वाला सिंह र जीप चालक बझाङकै केदारसिंयु गाउँपालिका–१ का ३५ वर्षीय लाल बहादुर भण्डारी रहेका छन्। सिंह दम्पत्तिको घटनास्थलमै र चालक भण्डारीको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बुधबार साँझ ६ बजे से १ ज ८३७ नम्बरको जीप सडकबाट करिब १ किलोमिटर तल खसेको थियो।
source:thahakhabar.com

सालको रुख काट्ने कडेल वन कार्यालयको नियन्त्रणमा संलग्न सबैलाई कार्वाही हुन्छ -वन अधिकृत गुप्ता

सन्तोषकुमार गुप्ता,भालुवाङ २४ जेठ 2

देउखुरीको राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङको वन क्षेत्र भित्रबाछबाट अबैध रुपमा सालका रुख काट्ने रेमबहादुर कँडेललाई जिल्ला वन कार्यालय दाङले आफ्नो नियन्त्रणमा लिएको छ । गत जेठ १८ गते दिउँसो सालको रुख कटान गर्दै गर्दा स्थानीयबासीले रुख सहित रुख कटान गर्ने राप्ती गाउँपालिका-१ शान्तिपुर चैते निवासी करिब ५५ बर्षीय रेमबहादुर कँडेललाइ सोही दिननै राप्ती सामुदायिक वन समूहलाई जिम्मा लगाएका थिए । सामुदायिक वनको नियन्त्रणमा रहेका कँडेललाई समूहले झण्डै हप्तापछि आवश्यक कानुनी कार्वाहीका लागि समूहले बुधबार जिल्ला वन कार्यालय दाङमा बुझाएको छ ।

3

ईलाका वन कार्यालय लमहीका सहायक वन अधिकृत कुलचन्द्र दवाडीको नेतृत्वमा आएको सशस्त्र वन सुरक्षाको टोलीलाई वन समूहले कँडेललाई कानुनी कार्वाहीका लागि जिम्मा लगाएपछि वन समूहले आफ्नो नियन्त्रणमा लिएको हो । हामीले रुख काट्ने कँडेललाई आवश्यक कानुनी कार्वाहीका लागि जिल्ला वन कार्यालय दाङमा बुझाएका छौं,राप्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गेमबहादुर खड्काले भने । यस संग अन्य संलग्न व्यक्तिहरुलाई पनि पत्ता लगााएर कार्वाही गर्न वन कार्यालयलाई आग्रह गरेका छौं अध्यक्ष खड्काले भने ।

रुख काट्न आदेश दिने वडा सदस्य पूर्णजंङ्ग रेश्मी, भवन निर्माण समितिका अध्यक्ष केशवराज पाण्डे र रुख काट्ने व्यक्ति कडेललाई कानुनी कार्वाहीको माग गर्दै शान्तिपुर चैतेबासीले सोमबार गाउँमा पत्रकार सम्मेलन गरेर घटना बाहिर ल्याएका थिए । देउखुरी टुडे साप्ताहिक सहित जिल्लाका विभिन्न सञ्चारमाध्यमहरुले उक्त रुख कटानको समाचार प्रकाशन प्रसारण गरेपछि घटना भएको ६ दिनपछि बल्ल वन समूह र वन कार्यालयले कार्वाही प्रक्रिया अगाडी बढाएका हुन् ।

हामीले रुख काट्ने व्यक्ति सहित कटान गरिएको रुख वन समूहलाई जिम्मा लगायौं तर वन समूहले सम्बन्धित व्यक्तिलाई कार्वाही गर्नुको साटो संरक्षण गर्ने प्रयास गर्यो त्यस पछि पत्रकार सम्मेलन मार्फत घटना सार्वजनिक गरेका थियौं शान्तिपुर चैतका स्थानीबासी नेत्र खनालले भने । ढिलै भए पनि कार्वाही प्रक्रिया सुरु भएको छ खनालले भने । हामीले रुख काट्ने व्यक्तिलाई मात्र नभई रुख काट्न आदेश दिने वडा सदस्य पूर्णजङ्ग रेश्मी र भवन निर्माण समितिका अध्यक्ष केशबराज पाण्डे सहित रुख कटानमा संलग्न सबै व्यक्ति पत्ता लगाएर कानुनी कार्वाही गरिनु पर्छ सोही ठाउँकै स्थानीबासी बिष्णुप्रसाद पोख्रेलले भने ।

कँडेललाई आवश्यक कानुनी कार्वाही र थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय दाङमा राखिएको छ । अनुसन्धानबाट अन्य रुख काट्न लगाउने र आदेश दिने व्यक्ति पुष्ठि भएमा कसैलाई पनि नछोडिने र कानुन अनुसार नै कार्वाही गरिने जिल्ला वन कार्यालय दाङका वन अधिकृत जगदिशप्रसाद गुप्ताले जानकारी दिए । कँडेललाई वन ऐन अनुसार कार्वाहीका लागि जिल्ला अदालत दाङमा तत्काल मुदा दर्ता गरी कार्वाही प्रक्रिया अगाढी बढाउने वन अधिकृत गुप्ताले बताए ।