भोजपुरमा आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

unn.prixa.net

भोजपुर असार ४ –  जिल्लाको उत्तरी साल्पासिलोछो गाउँपालिकामा आमालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । साल्पा सिलिछो गाउँपालिका –२, का २० वर्षीय युवकलाई  ६२ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । पीडीत आमाले आफूलाई छोराले  जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

Advertisement

एक साताभित्र एसईईको नतिजा

असार ४, २०७५ भक्तपुर : माध्यमिक शिक्षा परीक्षा अर्थात् एसर्इई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ।  गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजु गर्ने काम भइरहेको जानकारी दिए। उनले भने, ‘नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छौं कुनै प्राविधिक गडबढी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गर्छौं।’ यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए।
source:thahakhabar.com

नेकपाका दुवै अध्यक्ष विदेश, कार्यवाहकको जिम्मेवारी नेपाललाई ,सरकारको जिम्मेवारी पोखरेललाई र संसदीय दलमा नेम्वाङ

असार ४, २०७५ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा दुई अध्यक्ष हुँदाहुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने परिस्थिति आएको छ। दुवै अध्यक्ष देशबाहिर जानुपर्ने भएका कारण नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी वरिष्ठ नेता माधवकुमार नेपालले पाउने भएका हुन्।

नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारबाट पाँच दिने चीन भ्रमणमा जाँदै छन्। यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि सिंगापुर गएका कारण नेकपामा दुई अध्यक्ष हुँदाहुँदै कार्यवाहकको जिम्मवारी दिनुपरेको हो। अध्यक्षद्वयले पार्टीका वरिष्ठ नेता नेपाललाई कार्यवाहकको जिम्मेवारी दिएका छन्। उनले अध्यक्षपछिको वरिष्ठ नेताको वरीयताका कारण पार्टी अध्यक्षको जिम्मेवारी पाएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको सचिवालयले थाहाखबरलाई जानकारी दिएको छ।

प्रधानमन्त्री ओली असार १० गते चीन भ्रमण पूरा गरेर फर्कनेछन्। उनी चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लागेका हुन्। पत्नी सीताको उपचारका लागि सिंगापुर गएका प्रचण्ड कहिले फर्कने भन्ने टुंगो लागेको छैन। उच्च रक्तचाप र मधुमेहकी बिरामी सीतालाई छोरा प्रकाशको निधनपछि झनै बिरामले च्यापेको थियो। यस्तै, सरकारको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाउने भएका छन्। प्रधानमन्त्री ओली मंगलबार बिहान चीन भ्रमणमा गएपछि रक्षामन्त्री पोखरेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनेछन्।

उनी सरकारमा पहिलो वरियाताका उपप्रधानमन्त्री भएका कारण कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउँदै छन्। यसअघि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री नराख्ने भनिएको भए पनि पोखरेलकै दबाबका कारण उपप्रधानमन्त्री राखिएको थियो। स्रोतका अनुसार प्रधानमन्त्री बाहिर गएको समयमा उपप्रधानमन्त्रीको जिम्मेवारी आफूले नपाउने भएपछि त्यसबेला पोखरेलले असन्तुष्टि जनाएका थिए।

‘उपप्रधानमन्त्री नराख्दा दोस्रो वरीयता फोरम अध्यक्ष उपेन्द्र यादवले पाउँथे’, प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘उपप्रधानमन्त्री राख्दा यादव तेस्रो वरीयतामा सहमत हुने भए। त्यस कारण ईश्वर पोखरेलले उपप्रधानमन्त्री चाहिन्छ भन्नुभयो। उहाँले असन्तुष्टि जनाएपछि दुई जना उपप्रधानमन्त्री बनाइएको हो।’ पार्टी र सरकारमा जस्तै संसदमा पनि कार्यवाहकको जिम्मेवारी दिएर ओली चीन जाँदै छन्। ओली नेकपाको संसदीय दलका नेता पनि हुन्। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार संसदको जिम्मेवारी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पाउनेछन्। प्रधानमन्त्री ओली मंगलबार विभिन्न क्षेत्रका प्रतिनिधि मण्डलको ११९ सदस्यीय टोलीसहित चीन प्रस्तान गर्नेछन्।

यस्तै, प्रधानमन्त्रीसहितको टोली असार १० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ। भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि सहभागी हुनेछन्।

पत्नीको उपचार गर्न प्रचण्ड सिंगापुर प्रस्थान

प्रधानमन्त्रीको चीन भ्रमण : पुराना सम्झौता कार्यान्वयनमा जोड, नयाँमा हस्ताक्षर

प्रधानमन्त्रीको चीन भ्रमणमा अटाएका ११६ पात्र

चीनसँग गरिने सहमतिको खाका तयार, राष्ट्रिय हित विपरीतका सम्झौता हुँदैन : प्रधानमन्त्री
source:thahakhabar.com

दश घर एक पोखरी अभियान संचालन

अर्जुन भुसाल असार ४ अर्घाखाँची : अर्घाखाँचीमा दश घर एक पोखरी अभियान संचालन गरिएको छ। परम्परागत रुपमा गाउँ ठाउँमा रहेका पोखरी संरक्षणको अभावमा लोभ हुन थालेपछि पुनः पोखरी निर्माण अभियान सुरु गरिएको हो। जिल्लाका दुई युवाहरूको अग्रसरतामा अभियानले तीव्रता लिएको छ।

पोखरी निर्माणले पानी सिंचीत भई मुलहरू सुक्ने समस्या हल हुने अभियान्त कृष्णप्रसाद भुसाल बताउँछन्। ‘पोखरीमा पानी जम्मा गरि राख्नाले मुलहरू सुक्नबाट जोगिने विश्वासका साथ अभियान संचालन गरेका हौं’ उनले भने, ‘अभियानलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोगको खाँचो छ।’ उनले अभियानले सफलता पाउनेमा आफूहरू आशावादी रहेको बताए। ‘अभियान संचालनमा आएपछि सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएका छौं’ उनले भने, ‘सहयोग पनि मिलेको छ।’ पोखरी निर्माणका लागि स्थानीय समाजसेवीले आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्।

अभियान्ताहरूले पोखरी निर्माणका लागि संयोजनको काम गर्दै आएका छन्। ‘जहाँ पोखरी निर्माण गर्छौं, सम्बन्धित ठाउँकै व्यक्तिबाट आर्थिक सहयोग मिलेको छ’ उनले भने,  ‘धेरै व्यक्तिहरू सहयोग गर्न तयारी अवस्थामा हुनुहुन्छ।’

जिल्लामा पाँच सय पोखरी निर्माण गर्ने लक्ष्य राखिएको अर्का अभियान्त हरि प्रसाद भुसालले बताए। ‘यो अभियानलाई राष्ट्रव्यापी रुपमा सञ्चालन गर्नुपर्छ’ उनले भने, ‘यस्ले प्रकृतिलाई सन्तुलन कायम राख्न निकै ठूलो मद्दत गर्छ भन्ने लागेको छ।’ उनले अभियान सञ्चालन भएदेखि हालसम्म २४ ओटा पोखरीहरू निर्माण गरिएको बताए। पोखरी निर्माणका लागि हाल सम्म करिब डेढ लाख रुपैयाँ खर्च भइसकेको छ। जिल्लाको अर्घा धरम्पानी, पकले आँपखोला, डिभर्ना, ढिकुरा लगायतका स्थानमा पोखरीहरू निर्माण गरिएको छ।

अधिकांश ठाउँहरुमा मुलहरू सुक्दै गएका कारण खानेपानीको चरम अभाव हुन थालेको छ। जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेर खानेपानीको दीर्घकालिन समाधान खोज्ने विषयमा पनि वहस हुन थालेको छ। ‘पोखरी निर्माण अभियानले सुख्खा ग्रष्त अवस्था कम गर्न पनि सहयोग मिल्ने देखिन्छ’ पोखरी निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेका डिभर्नाका पिताम्वर सेजवाल भन्छन, ‘ठाउँ–ठाउँमा निर्माण गरिएका पोखरीहरूको संरक्षणमा स्थानीयले ध्यान पुर्याउनु पर्छ।’

कुदाउँदै गरेको मोटरसाइकलमा आफै आगो लागेपछि‍…

unn.prixa.net

मोरङ असार ४ – कुदाउँदै गरेको मोटरसाइकल अचानक आफै आगलागी भयो भनेर सुन्नु भयो भने तपाईँलाई पत्यार नलाग्न सक्छ ।

तर  कहिलेकाहीँ हामीले सोच्दै नसोचेको घटना हुन पुग्छ । त्यस्तै घटना सोमबार दिउसो कानेपोखरी गाँउपालिका ४ बस्ने २८ वर्षीय राजकुमार खत्रीले कुदाउँदै गरेको मोटरसाइकलमा भएको छ । अचानक आगलागी भएर मोटरसाइकल पूर्ण रुपमा क्षति  भएको छ ।

खत्रीले कुदाउँदै गरेको को १९ प ७३७७ नम्बारको निलो रङ्गको १८५ सीसीको मोटरसाइकलमा अचानक आफै आगलागी भएको थियो । खत्रीले मोरङको भाउन्ने पेट्रोल पम्पमा पेट्रोल हालेर दुई मिटर अगाडि पुग्दा मोटरसाइकलमा आगलागी भएको डाँगीहाटका प्रहरी इन्चार्ज नारायण प्रधानले जानकारी दिनुभयो ।

source:ujyaaloonline