अर्जुन भुसाल ,अर्घाखाँची जेठ २७
उद्योग वाणिज्य संघ अर्घाखाँचीको अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् । उनले ३ सय २८ मत लिएर विजयी हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णहरि भुसालले ३२ मत प्राप्त गरे भने ३ मत बदर भएका छन । अध्यक्ष बाहेकका अन्य सबै पद निर्विरोध भएका छन् ।
पाँचौं अधिवेशन तथा सातौं साधरणसभाबाट वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद भुसाल, वाणिज्य उपाध्यक्षमा जीवलाल वञ्जाडे, उद्योग उपाध्यक्षमा रामप्रसाद भुसाल महासचिवमा प्रदिप मिश्र, सचिवमा युवराज खत्री, सहसचिवमा रामप्रसाद पाण्डे, कोषाध्यक्षमा तुल्सीराम खनाल चयन भएका छन् । यस्तै महिला सदस्यहरु यमकला वञ्जाडे, कमला भुसाल, पार्वता श्रेष्ठ र खुल्ला सदस्यहरुमा देवराज श्रेष्ठ, हुमप्रसाद वञ्जाडे, गोपाल प्रसाद भुसाल, डिलबहादुर खत्री (साजन) कृष्णप्रसाद खनाल, रुद्रप्रसाद श्रेष्ठ, जमालदिन मियाँ, बेदराज घिमिरे, सन्तोष बस्नेत, कृष्ण प्रसाद भुसाल राजेन्द्र जिसी, लेखनाथ भुसाल, लक्ष्मण कंडेल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिए ।
कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका बीच निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको छ । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूले उद्योगी व्यवसायीको पक्षमा निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जिल्लाको समग्र हितका लागि नयाँ कार्यसमतिले सबै निकायसँग आवश्यक समन्वय गर्दै अघि बढ्ने बताए । निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आफूले १५ वर्ष सम्म उद्योग वाणिज्य संघको नेतृत्व गर्दा संघको गरिमालाई कहिल्यै पनि घट्न नदिएको बताए ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका उनले जिल्ला संघलाई जस्तो सुकै सहयोग गर्न पनि आफूपछि नपर्ने प्रतिवद्धता जनाए । कार्यक्रमको सञ्चालन निर्वाचन मण्डलका सदस्य विकल्प भट्टराइले गरेका थिए ।