परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न

 अर्जुन भुसाल , अर्घाखाँची जेठ ३१

हेफर इन्टरनेश्नलको सहयोगमा सञ्चालित वाख्रा विकास परियोजना अन्तर्गतको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको वैठक सन्धिखर्कमा सम्पन्न भएको छ । परियोजना सञ्चालन गरेका तिन ओटा संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । समाजसेवा वातावरण तथा संस्कृति संरक्षण समुह, पहाडी श्रोत व्यवस्थापन समुह, र सामाजिक सेवा तथा विकास केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजना संयोजकहरु नेत्र मरासिनि, पार्वता श्रेष्ठ र कुल बहादुर नेपालीले आआफ्नो संस्थाले हाल सम्म गरेको कार्यको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । तिन ओटै संस्थाले सितगंगा नगरपालिकाका विभिन्न वडामा परियोजना सञ्चालनमा ल्याएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामी, सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारी, उपप्रमुख टिका रेस्मी, स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डे, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा लोकनाथ पौडेल, कृषि कार्यालयका प्रमुख जगन्नाथ तिवारी, हेफरका बाख्रा विशेषज्ञ डा लक्ष्मण घिमिरे, हेफरका जिल्ला संयोजक राधाकृष्ण शर्मा पश्चिमाञ्चल ग्रामिण खानेपानी आयोजनाका प्रमुख कुशल भुसाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम एसएसइ सिपिजिका कार्यकारी निर्देशक वावुराम पौडेलको स्वागत मन्तव्य र सोस्डेकका अध्यक्ष गंगाराम भुसालको सञ्चालनमा सम्पन्न भएको हो।

ब्रम्हकुमारी इश्वरिय बिश्वबिद्धालयको आयोजनामा उद्योग वाणिज्य संघका नब निर्वाचित पदाधिकारीलाई सम्मान

हिम जिसी लेकाली जेष्ठ ३१ अर्घाखाँची

जेष्ठ ३१, सन्धिखर्क ब्रम्हकुमारी इश्वरिय बिश्वबिद्धालय अर्घाखाँचीको आयोजनामा अर्घाखाँची उद्योग वाणिज्य संघका नब निर्वाचित पदाधिकारी तथा सदस्यहरू लाई सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । बधाई कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ , अर्घाखाँची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र भुसाल, वाणिज्य उपाध्यक्ष जिबलाल बन्जाडे, कोशाध्यक्ष तुल्सी खनाल खानेपानी समितिका अध्यक्ष दुर्गा श्रेष्ठ पतन्जली योग समितिकी सदस्य शान्ता खत्री लगायत २५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा अर्घाखाँची उद्योग वाणिज्य संघका नब निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ ब्रम्हकुमारी कृतिले खादा ओढाइ इश्वरिय उपहार प्रदान गरि सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले आध्यात्मिक ज्ञान बिना अन्तर शान्ती प्राप्त गर्न नसकिने औल्याउनु भएको थियो । कार्यक्रम ब्रम्हकुमारी कृतिको अध्यक्षता, युवराज श्रेष्ठको प्रमुख आतिथ्यता, कल्पना भुसालको स्वागत मन्तब्य र शारदा भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो । ब्रम्हकुमारी इश्वरिय बिश्वविध्यालय अर्घाखाँचीमा बिगत ७ बर्ष देखि दैनिक ३० जनाले साधना गर्ने गरेका छन  ।

सिलाइकटाइ तालिम सम्पन्न

Image may contain: 4 people, including Kamal Prasad Bhusal, people smiling, people standing

प्रेमनारायण आचार्य अर्घाखाँची ३१ जेठ

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्वर १० विहारमा सञ्चालित तीन महिने सिलाइकटाइ तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकाु समितिको आयोजनामा सञ्चालित तालिममा १४ वना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सिकेका कुरालाइ ब्यबहारमा उतारी सिलाइकटाइ ब्यबसाय सञ्चालन गर्ने सहभागीहरुले बताएका छन ।

Image may contain: 1 person, sitting

Image may contain: 4 people, people sitting

तालिमको समापन समारोहमा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले तालिममा सिकेका कुरालाइ ब्यबहारमा उतार्न र प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । उहाले स्वरोजगार सृजना गर्न सिलाइकटाइ तालिमले मद्धत गर्ने उदेश्यले तालिम सञ्चालन गरेको बताउनु भयो । उपप्रमुख ठाकुर कुमार विकले सिलाइकटाइ ब्यबसायले महिलाहरुलाइ जीविकोपार्जनमा ठुलो सहयोग पुग्ने बताउदै केहि महिलाहरुले मनग्य आम्दानी समेत गरेको बताउनु भयो । उहाले नगपालिकाले सिपमुलक तालिमहरु सञ्चालन गरेर स्वरोजगार सृजना गर्न नँया कार्यक्रम ल्याउन थालेको जानकारी दिनु भयो ।

Image may contain: 11 people, including Kamal Prasad Bhusal, people standing

Image may contain: 8 people, including Thakur Kumar BK and Laxmi Narayan Chudali, people sitting

कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख कमल सुतार कार्की, वडा सदस्य शान्ता नेपाली, प्रशिक्षक विनीता परियार, प्रशिक्षार्थीको तर्फबाट सिता आचार्य, लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीको अध्यक्षता र अरुण कुमार आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 4 people, including Kamal Prasad Bhusal, people smiling, people standing

Image may contain: 2 people, people standing and indoor

Image may contain: 12 people, people smiling, people sitting

सन्धिखर्क नगर स्तरीय महिला सशक्तिकरण कार्यक्रमको लागि बैठक तथा छलफल कार्यक्रम सम्पन्न

भगवता पाण्डे,जेष्ठ ३१ अर्घाखाँची

सन्धिखर्क नगर स्तरीय महिला शशक्तिकरण कार्यक्रमको लागि बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४, ७५ को महिला लक्षित बिनियोजित कार्यक्रम अन्तर्गत तिन लाख पचास हजार रुपेया बाट , महिला लक्षित कानुनी परामर्श कार्यक्रम सञ्चालन गर्ने, जिल्लामा सन्चालित सेफ हाउसलाई सहयोग गर्ने , महिला स्वास्थ्य शिविर संचालन गर्ने र टपरी बुन्ने डाइ मेसिन खरिद गर्ने निर्णय भएको छ ।

कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसाल , उप प्रमुख ठाकुर कुमार बिक , प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली , शाखा अधिकृत गोविन्द केसि पत्रकार महासंघ जिल्ला उपाध्यक्ष भगवता पाण्डे , लगाएत सन्धिखर्क नगर कार्यसमितिका महिला सदस्यहरु र विभिन्न राजनितिक दलका महिला प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रम नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षता, प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालिको संचालनमा सम्पन्न भएको थियो ।

आर्थिक बर्ष २०७४–०७५ को समिक्षा र आगामी आर्थिक बर्षको योजना तर्जुमा गोष्ठी पकलेमा सम्पन्न

गोपाल प्रसाद भट्टराई,जेष्ठ ३१ अर्घाखाँची

सन्धिखर्क ८ किमडांडाको आर्थिक बर्ष २०७४–०७५ को समिक्षा र आगामी आर्थिक बर्षको योजना तर्जुमा गोष्ठी आज पकलेमा सम्पन्न भएको छ ।वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको अध्यक्षता एवम् बिषय प्रवेश,वडा सदस्य नारायण अर्यालको स्वागत मन्तव्य र देवी थापा भुसालको संचालनमा सम्पन्न कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले अबको दिनमा खुद्रे योजना नल्याउन सुझाव दिनुभएको छ ।

एक लाख भन्दा साना योजनाले समाजको दिगो विकास नहुने भन्दै उहांहरुले कनिका छरे जस्तै बजेट बिनियोजन गर्दा पैसा खेर जाने बताउनुभएको छ ।स्थानिय सरोकारवाला समाजसेवी हुमानन्द बन्जाडे,कृष्ण प्रसाद अर्याल,बिर बहादुर सुनार,हरी प्रसाद भुसाल,लोकनाथ भुसाल,द्धोय नारायण प्रसाद पौडेल,यज्ञ प्रसाद भुसाल,रेखा खत्री,शिव पोख्रेल,गोकण बन्जाडे लगायतले मन्तव्य राख्दै समाज विकासको पहिलो आधार शिक्षा,स्वास्थ्य खानेपानी जस्ता बिषयको विकासमा ध्यान दिन आग्रह गर्दै सडक खन्ने काममा बजेट नहाल्न वडालाई सुझाव दिनुभएको छ ।

वडाको श्रोत खेजी र ति श्रोतहरुको प्रयोगले निर्माण गर्न सक्ने सम्भावनाहरुको लेखाजोखा गरेर आवस्यकताको पहिचान गरेर मात्रै योजनामा बजेट बिनियोजन गर्न सुझाव दिनुभएको छ । कार्यक्रमका सहभागिका सुझाव संकलन पछि जवाफ दिंदै वडा अध्यक्ष भुसालले सबैका सुझावलाई मनन गर्दै आर्थिक रुपमा समृद्ध र नमुना वार्ड बनाउने उद्घोष गर्नुभएको छ ।

यसमा सबैले सहयोग गर्नुपर्ने पनि उहांको भनाई छ ।वडा अध्यक्ष भुसालले गत बर्षको ७० लाख बराबरको विकासे बजेटको प्रगति बिबरण सुनाउंदै सबै योजनाको काम सम्पन्न भइसकेको र ९० प्रतिशत निकासा पनि भइसकेको जानकारी गराउनुभएको छ ।उहांले आगामी आवको निमती ६० लाख जति पैसा भएको जानकारी गराउंदै सोही अनुसारको योजना ल्याउन वडावासीहरुलाई आग्रह गर्नुभए को  हो ।