श्याम घिमिरे, जेष्ठ २९ अर्घाखाँची
विकलाङ्ग मित्र समूह, अपाङ्गबाल अस्पताल तथा पुनःस्थापन केन्द्र एचआरडीसि बनेपा द्धारा संचालित सक्षम परियोजनाको आयोजना र सिविएमको आर्थिक सहयोगमा सरकारी,स्थानीय अपाङ्गताको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको संयुक्त समन्वयमा अर्घाखाँची जिल्लाका १८ बर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण एवं पहिचानका लागि स्वास्थ्य तथा पुनःस्थापना घुम्ति शिविर मंगलबार सन्धिखर्कमा सम्पन्न भएको छ ।
शिविरमा जिल्लाका ८६ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो । जसमध्ये दश जना बालबालिकालाई शल्यक्रियाको लागी मिति तय गरिएको छ भने, १८ जना बालबालीकाको सहायक सामाग्रीको नाप लिएको जनाईएको छ । यस्तै तिन जनालाई सहायक सामाग्री वितरण,औषधी वितरण,फिजियो सेवा, परार्मश सेवा प्रदान गरिएको छ , साथै १ जना बालकलाई पोनसिटी लगाईएको सक्षम परियोजना अर्घाखाँचीका प्रमुख श्री लेखनाथ आचार्यले जानकारी गराउनु भयो ।
शिबिरमा अर्थोपेडेकि र्सजन डाक्टर विरेन्द्र चन्द, फिजियो थेरापिस्ट अर्पणा रेग्मी, सहायक सामाग्री विशेषज्ञ प्रेम भुजेल , दिप न्यौपाने स्टाफनर्स रुपा लामा र पुनःस्थापना सहायकहरुको उपस्थीति रहेको सक्षम परियोजनाकी रक्षा पाण्डेले जानकारी दिनु भयो ।