श्याम घिमिरे,अर्घाखाँची २२ जेष्ठ
निबृत्त राष्ट्रसेबक समाज नेपाल जिल्ला कार्यसमिति अर्घाखाँचीको आयोजनामा सोमबार जिल्लाको सन्धिखर्क नगरपालीकामा भेला सम्पन्न भएको छ । जिबनको उर्बर एवं सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरि सेवा निबृत्त भएपछि आफ्नो अनुभव र दक्षताले भरिएको बाँकी समयलाई समेत सदुपयोग गरि समाज र राष्ट्रसेवामा योगदान पु¥याउने उद्देश्यले खोलिएको समाजको भेलाले सुर्यप्रसाद भुसालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको निर्बिराध चयन गरेको छ । जसको उपाध्यक्षमा ढुण्डीराज न्यौपाने,सचिब बिश्वराज भुसाल,कोषाध्यक्ष साबीत्रा पिसी,सहसचिब डिलबहादुर अधिकारी चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा नारायण खत्री,ठाकुर प्रसाद ढकाल,झबिलाल आचार्य र गोमाखर खनाल लाई चयन गरेको छ । त्यस्तै भेलाले चुरामणी भुसाल,पोमनारायण पौडेल,जिबादेब भुसाल,धर्मराज बन्जाडेर लिला गौतमलाई जिल्ला प्रतिनिधिमा चयन गरेको छ भने मिना बिसी र कमलप्रसाद पोख्रेललाई नगरसमितिमा मनोनित समेत गरेको छ ।
भेलाले हरीप्रसाद भुसाल,गणपति भुसाल,माया भुसाल,धुब्र्रराज शर्मा र खिमानन्द खनाललाई सल्लाहकार समितिमा चयन समेत गरेको छ । समाजका केन्द्रीय सहअध्यक्ष पिताम्बर बन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रीय महासचिब बिष्णुप्रसाद बस्याल,केन्द्रयि सदस्य बिष्णुप्रसाद आचार्य,केन्द्रीय प्रतिनिधि पुष्पा न्यौपाने, धर्मराज बन्जाडे लगायतले शुभकामना मनतब्य राख्नु भएको हो । भेलामा राज्यकोषबाट पेन्सन पाउने प्रध्यापक ,शिक्षक ,निजामती कर्मचारी ,सेना ,प्रहरी,शसत्र प्रहरी न्यायसेवा तथा बिभिन्न संघ संस्थाका अबकास प्राप्त ब्यक्तिहरुको उपस्थीति रहेको थियो ।
भेला जिल्ला अध्यक्ष बलदेब भसालको अध्यक्षता भिमबहादुर केसीको स्वागत मनतब्य र भिमलाल आचार्यको सन्चालनमा सम्पन्न भएको हो ।