गुल्मीको धुर्कोट गाउँपालिकामा जन श्रमदान बाट एकैदिन १ सय ८६ वटा पोखरी निर्माण

गुल्मी,जेष्ठ २३

गुल्मीको धुर्कोट गाउँपालिकामा जन श्रमदान बाट एकैदिन एक सय ८६ वटा पोखरी निर्माण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा पोखरी निर्माण गरिएको हो । जनप्रतिनिधि, विद्यार्र्थी, शिक्षक, कर्मचारी, टोल संरक्षण समिति, आमा समूहलगायत गरी ६ हजारले श्रमदान गरेको गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले जानकारी दिनुभयो ।

जस अन्र्तगत वडा नम्बर १ नयाँगाउँमा २० वटा, २ पिपल धारामा १६ वटा, ३ हाडहाडेमा २० वटा पोखरी निर्माण गरिएको गाउँ पालिकाका उपाध्यक्ष शिव केसीले बताउन ुभयो । त्यस्तै ४ जैसि थोकमा २० वटा, ७ वाग्लामा ३६ वटा पोखरी निर्माण गरिएको उपाध्यक्ष केसीले जानकारी दिनुभयो । । गाउँपालिका भरी निर्माण गरिएका साना–ठूला पोखरीहरुमा पानीको क्षमता ३० लाख लिटर रहेको छ ।

भष्ट्र ब्यापारीको सञ्जालले व्यवसायीक कृषक मारमा -मन्त्री खनाल

 

Image may contain: 6 people, including Nirmala Chhetri and Jalpa Bhusal, people smiling, people standing and hat

घनश्याम पौडेल सन्धिखर्क, २३ जेठ

कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेबले नेपालका कृषक दलालहरु व्यवसायीले गर्दा किसान मारमा परेको बताएका छन् । उनले विउँमा सिन्डीकेट, मलमा सिन्डकिेट, कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुमा दलाल र भष्ट्रहरुको सिन्डीकेटका कारण कृषक मारमा परेको बताए ।

Image may contain: 4 people

देशमा कृषकले अत्यन्तै मिहिनेत गरी कृषी जन्यउ सामाग्री उत्पादन गर्छन तर भष्ट्रहरुको जालोका कारण कृषक मारमा परेको बताउँदै त्यस्ता दलालीलाई सरकारले नछोड्ने बताएका छन । विशेष नापी कार्यालय अर्घाखाँचीले तयार पारेको जग्गाधनी प्रमाणपत्र सन्धिखर्क नगरपालिका २ वडामा वितरण गर्दै मन्त्री खनालले देशभरका जग्गाहरु न ब्यक्ति न त सरकारको भन्दै उनले दलालको मनपरिले जमिन ध्वस्त भएको बताएका छन् ।

Image may contain: 8 people, including Nirmala Chhetri, people standing

उनले आफुले जग्गाको २५ प्रकारको बर्गिकरण गरेको बताउँदै , नीति बाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ, खनालले भने ।  कृषिको लागी हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको लागी समेत सहुलियतको ब्यवस्था गरिने उल्लेख गरे ।

Image may contain: 2 people, people sitting, hat and outdoor

अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले नीति बाहिरको अंशबण्डा रोक्नको लागी पहल गर्ने बताए । अहिलेको सराकारबाट जनताको अपेक्षा अनुसारको गति नआएको बताउँदै केही योजनाहरु बन्दै गरेको बताउँदै राज्यले कृषिलाई अझै पनी ारम्रोसँग नहेरेको र कम बजेट कृषिमा छुट्याएको बताए । कृषिमा पनि रहेको सिण्डिकेट हटाउने उनले दाबि गरे । उनले अर्घाखाँची कृषिका लागी नमुना योग्य जिल्ला भएकाले सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउँदै जिल्लाभरका सवैलाई छिटो लालपुर्जा वितरण गर्नका लागी निर्देशन दिए ।

Image may contain: 1 person

राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्जलले कानुनी मान्यता पूरा गरी पुर्जा पाप्त गर्नेलाई बधाई सहित जग्गाको सदुपयोग गर्न आग्रह गरे । नगरपालिकाको सन्धिखर्क बजार कुरूप बन्दै गएकोले पुर्जालाई खण्डहर हुनबाट बचाउँनु पर्ने बताए । सार्वजनिक जग्गा स्वघोषित सार्वजनिक गर्नुपर्ने बताए । उनले सालझण्डी सन्धिखर्क सड्कले सन्धिखर्कलाई पत्थरकोट हुनबाट बचाएको बताए । उनले दरबार काठमाडौं सिंह गाउँमा हुन लाग्यो कि भन्ने छ ? तर दरबार सहितको सिहं गाउँमै आएको अनुभुती जनताले गर्नुपर्ने स्थानिय निकायले नै जान्नुपर्ने बताए ।

Image may contain: 2 people

प्रदेश सभा सदस्य सासंद रामजीप्रसाद घिमिरेले दुई वर्ष भित्रमा सवै जनताले जग्गा धनी प्रमाण पत्र पुर्जा हातमा पुर्याउँनका लागि मन्त्रीसँग आवश्यक जनशक्ति पुर्याईदिनुहुन अनुरोध गरे । उनले कृषि क्षेत्रमा व्यापक रूपमा व्यवसायिकरण र औधौगिकिकरण गर्नका लागि कृषि मन्त्रीले सहयोग गर्नुपर्ने बताए ।

Image may contain: 3 people, outdoor

प्रदेश सभा सदस्य जाल्पा भुसालले लालपुर्जा नहुदाँ छिमेकी बिचँ एक आपसमा जग्गाकै विषयमा झगडा हुने अवस्था अब अन्त्यय भएको बताईन । जिल्लाको विकासका लागि प्रदेश सरकारसँग छलफल भईरहेको बताईन ।

Image may contain: 3 people, including Nirmala Chhetri

प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले जग्गाको पुर्जा हात पर्याे, जग्गालाई सदुपयोग गर्नका लागि जग्गाधानीलाई आग्रह गरिन । उनले जग्गाको पुर्जा हात परेपनि जग्गा बाझिदै गएकोमा चिन्ता व्यक्त गरिन । उनले समृद्धि अर्घाखाँची बनाउँनका लागि कृषि क्षेत्रमा जिल्लालाई अगाडि बढाउँन कृषि मन्त्रीलाई आग्रह गरिन । जिल्ला दूध, मासुमा आत्मनिर्भर भएपनि बजार नपाएकोले बजार व्यवस्थापनका लागि विशेष पहल गर्नका लागि जनप्रतिनिधि एकजुट हुनुपर्नेमा जोड दिईन ।

Image may contain: 2 people, people smiling

जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालले नेपाल सरकारले ढिलो काम गरेको भन्दै पुर्जा नापजाँच तथा वितरण कार्य जिल्लाभर छिटो सक्नका लागि मन्त्रीसँग आग्रह गरे ।

Image may contain: 4 people, people sitting

नापि विभागका महानिर्देशक गणेशप्रसाद भट्टले गतवर्ष निर्दे्शिका टुंगो लगाएर जनताको चाहना अनुरूप नापि गरेर पुर्जा वितरण गरेको बताए । हरेक काममा प्रत्येक जहासम्म पुगणछ जमिन त्यहाँसम्म पुग्छ अमिन भन्ने नाराका साथ घरघरमा नापि टोली पुगेर धेरै मिहिनेतका साथ नापजाचँ गरेकोमा जिल्ला नापि कार्यालयलाई धन्यवाद दिए ।

Image may contain: 6 people, including Nirmala Chhetri and Jalpa Bhusal, people standing and outdoor

सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले सन्धिखर्क दुई वडामा पुर्जा बाडँन पाउँदा नगरपालिका आभारी भएको बताए । उनले सन्धिखर्क नगरपालिकामा आम्दानीको श्रोत कमी भएकाले कृषि मार्फत अगाडि बढ्नुपर्ने भएकाले सरकारले सहयोग गर्न मन्त्री खनाललाई आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सार्वजनिक र व्यक्तिगत जग्गाको नापजाँच भई वितरण गर्न पाउँदा जनताहरू खुसी भएको बताए ।

Image may contain: 5 people, including Nirmala Chhetri and Jalpa Bhusal, people smiling, people standing

नेकपाका नेता जिवनाराण कोईराला, कांग्रेसका पुर्व जिल्ला सचिव लोकेन्द्र विक, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष गोपाल पौडेल, पत्रकार महसंघका अध्यक्ष हिमबहादुर लेकालीले विगतका गतिविधि कोट्याउँन भन्दा पुर्जा छिटो र छरितो वितरण गर्न सवै लाग्नुपर्ने बताए ।

Image may contain: 4 people, including Nirmala Chhetri and Jalpa Bhusal, people standing and outdoor

कार्यक्रम प्रमुख नापि अधिकृत खेमबहादुर रानाको अध्यक्षता, वडा अध्यक्ष मोतिजंग रायमाझीको स्वागत र लेखापाल गोविन्द्र प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । लालजुर्जा बुझन आएका अर्घाखाँची सन्धिखर्क २ का बासिन्दा अत्यन्त हर्षित थिए ।

Image may contain: 4 people, including Motijung Rayamajhi, people smiling, people on stage, people standing and outdoor

Image may contain: 5 people, including Nirmala Chhetri, people standing, people on stage, child and outdoor

Image may contain: 4 people, people smiling, hat and outdoor

Image may contain: 1 person, hat and outdoor

Image may contain: 2 people, people smiling, people standing

Image may contain: 6 people, including Basanta Bhusal, people standing and hat

Image may contain: 5 people, including Nirmala Chhetri, people smiling, people standing

Image may contain: 15 people, people smiling, people standing and outdoor

Image may contain: 14 people

Image may contain: 5 people, including Thakur Kumar BK, people standing, bridge, sky and outdoor

Image may contain: 8 people, including Nirmala Chhetri, Krishna Pd Shrestha, Jalpa Bhusal and Motijung Rayamajhi, people standing

 

Image may contain: 5 people, including Nirmala Chhetri, people standing

छत्रदेव वडा नं.३ को अयोजनामा सञ्चालित ३ महिने सिलाइ कटाइ तालिम सम्पन्न

अर्जुन भुसाल जेष्ठ,२३ अर्घाखाँची

छत्रदेव गाउँपालिका वडा नं.३ को अयोजनामा सञ्चालित ३ महिने सिलाइ कटाइ तालिम सम्पन्न गरिएको छ । तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ । तालिमको समापन शत्रमा बोल्दै छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेलले सिलाइ कटाइ तालिमले रोजगारी सिर्जना गर्नमा मद्दत मिल्ने बताउनु भयो ।

उहाँले तालिममा सिकेका पक्षलाई व्यवहारमा उतार्न आग्रह गर्दै सिलाइकटाइ व्यवसायबाट मनग्य आम्दानी लिन सकिने बताउनुभयो । उहाँले विभिन्न आयआर्जन मुलक तालिमको आयोजना गरि सबै वर्गका नागरिकलाई आत्मनिर्भर बन्न प्रेरित गरिने बताउनुभयो । तालिम ३ नं. वडाको १ लाख ५० हजार र घरेलु तथा साना उद्योग विकास समितिको ५० हजारको लागतमा सम्पन्न गरिएको वडा अध्यक्ष तेजप्रसाद खनालले जानकारी दिनु भयो ।

कार्यक्रम वडा अध्यक्षको अध्यक्षता, वडा सदस्य सुमित्रा पन्तको स्वागत मन्तव्य र वडा सचिव सरोज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । तालिम अवधि भर लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो