यातायातमा सहज बन्दै अर्घाखाँची,प्रदेशसरकार बाट सडकमा मात्रै १ अर्ब

शोभाखर पन्थी ,अर्घाखाँची-असार ०९
३ दशक पहिले सम्म डोकोमा कपिलवस्तु बाट नुन तेल बोकेर दैनिक जिबीको पार्जन गर्दै आएका अर्घाखाँचीका बासीन्दाले अहिले घरबाटै गाडि चडेर यात्रागर्न थालेका छन् । २०४३ सालमा पहिलो पटक सदरमुकाम सन्धिखर्कमा मोटर आएकोमा अहिले गाउँ गाउँमा गाडिको सुबिधा पुगेकोछ । टोलटोलमा पुगेका कच्ची सडकले यहाँका बासीन्दाको यात्रालाई सहज बनाएको छ । हिउँदमा यात्राको लागि सहज भएपनि बर्षादको समयमा भने बिकट ग्रामिण क्षेत्रमा यातायात संचालनमा थुप्रै चुनौती थिए ।

प्रदेश सभाले पहिलो पटक ल्याएको बजेट पछि भने यहाँका बासीन्दा स्तरीय सडकमा यात्रा गर्न पाउनेमा ढुक्क छन् । प्रदेश सरकारले अर्घाखाँची जिल्लामा सडक निर्माण र स्तरोन्नतीमा करीब १ अर्ब रुपैयाँ बिनीयोजन गरेको छ । जुन रकम जिल्लाको निम्ति पर्याप्त भएको स्थानीयको बुझाई छ । स्थानीय बासीन्दा जिल्लामा आउने बजेट लाई प्रभावकारी रुपमा कार्यान्वयन गराई जिल्लालाई नमुना जिल्लाको रुपमा बिकास गर्ने तयारीमा छन् ।

अर्घाखाँची जिल्ला क्षेत्र नं.१ प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले पूर्वाधार बिकासको मेरुदण्डको रुपमा रहेको सडक निर्माण लाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको बताए । उनले खानेपानी,सिंचाई,कृषि,स्वास्थ्य,शिक्षा,पर्यटन लाई समेत प्राथमिकतामा राखेर बजेट बिनीयोजन गराउन सफल भएको बताउँदै रोजगार मुलक कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको दाबी गरे । बिनीयोजित बजेट अनुसार रिडी, बल्कोट, माडीचौर ,सुलिचौर सडकमा १ करोड ८४ लाख,केरुङ्गा,पिप्ली,धरम्पानी,¥याले,सिमिचौर सडकमा १ करोड २६ लाख,च्यानडाँडा ,खनदह,डाँडा कटेरी सडकमा ३ करोड २४ लाख,सन्धिखर्क,मसुरपाटा,राईखन्ने,बामरुक,भुमेकास्थान सडकमा १ करोड १० लाख,तम्घास,सन्धिखर्क,प्युठान सडकमा ४ करोड,बिहार,डिभर्ना,जोगिमारे,बडाचौर,मुसामारे,चौरी सडकमा १ करोड ३१ लाख ६० हजार,खगडी ,दुन्दु्रक,बल्कोट,राङ्गवास,गुल्मी सडकमा १ करोड ३१ लाख ६० हजार,ढोबाट,अल्गाटारी,सातबिसे,भेंडिराख्ने सडकमा १ करोड ३१ लाख ६० हजार,सन्धिखर्क ,गाँजरी,हिले,भेंडिराख्ने,आल्सामारी,गुफा,सुख्ल,गुल्मी सडकमा १ करोड ३१ लाख ६० हजार,बिहार,रामपथ,मखात,खन,खनदह सडकमा १ करोड ३१ लाख ६० हजार,दमार,राज्मे,ओखटे,गोखुङ्गा सडकमा १ करोड ३१ लाख ६० हजार,नेटाखर्क,चेक्मी,सुन्दरपोखरा,अमिले,गर्छा,दारेगौडा सडकमा १ करोड ३१ लाख ६० हजार,ढुङ्गाडे,ठुलाखर्क,काफल ठँुटा,पजिङ्खोला,दोबाटा, गोखुङ्गा सडकमा १ करोड ८१ लाख ६० हजार,भालुवाङ्ग,नुवाकोट,पकले,गुनाथुम,गुफा,खरबाङ्ग सडकमा १ करोड ३१ लाख ६० हजार,सन्धिखर्क,आटेकासाँगु,खन,खनदह सडकमा २ करोड,डिभर्ना जरेखोला,ठुलापोखरा,छत्रगञ्ज,मोडेल चौर,सिमिचौर सडकमा २ करोड,खरज्याङ्ग,ठुलाखर्क,दुन्द्रुक,महपोखरी,चौवा,मिल्मीले,चिदीपानी,चौरी सडकमा ५० लाख,देउराली,बामरुक,बाजाखर्क सडकमा ५० लाख, गच्छे,ढिकुरा,लामाताल,भालुबाङ्ग सडकमा ७ करोड ८४ लाख,पटौटी,खरज्याङ्ग,तम्घास सडकमा ७ करोड ७५ लाख,भन्ज्याङ्ग,धातिबाङ्ग,नेटा सडकमा १ करोड ३१ लाख ६० हजार,दुर्गा,फर्सवा,देबलचौर सडकमा ५० लाख,देउराली ,दर्नेटा सडकमा ५० लाख,घुम्ती,पाल्पा सडकमा २ करोड ९१ लाख, निगाली,नेटा,सुबर्णखाल,बुढीचौर,दक्सुपाटा,पद्मे,जुकेना सडकमा ५० लाख,ठाडा,जुकेना सडकमा ५१ लाख,चाक्ला,जुकेना,जलुके,ऐरावती,दर्वाङ्ग,बरौला सडकमा १ करोड २६ लाख,नरपानी,खाँची,ढिकुरा,पोख्रेडाँडा,पकले,हिले,भेंडीराख्ने सडकमा २ करोड,सन्धिखर्क,नुवाकोट,खिल्जी,असुरकोट ,प्युठान सडकमा २ करोड ९१ लाख,सन्धिखर्क,पकले,धारापानी,ढाकाबाङ्ग,राज्मे सडकमा ९९ लाख,सोही ठाउँको साउनेखोला पुल निर्माणमा ५५ लाख र रामपुर,पाल्पा,छहरा,सन्धिखर्क,प्युठान,रोल्पा,रुकुम,कपुरकोट सडकमा ५ करोड लगायतको रकम रहेको छ ।

यसैगरी बहुप्रतिष्ठित सालझण्डी सन्धिखर्क ढोरपाटन सडकमा केन्द्रिय सरकार बाट २३ करोड,भुकम्प पुननिर्माण प्राधिकरण अन्तरगत धारापानी,उपल्लापोखरा,ढाकाबाङ्ग,गोखुङ्गामा २४ करोड तथा चाक्ला,सिद्धारा सडकमा २४ करोड रुपैयाँ बिनीयोजन भएको छ ।

जिल्लामा सडकको संख्या बढाउने भन्दा पनि भएका सडकलाई स्तरोन्नती गर्दै केहि बर्ष भित्रमा सबै वार्डमा पुग्ने सडक पिच गर्ने तयारीमा जुटेको सांसद आचार्यले बताए । उनले भरी गाडी ल्याएर खालीगाडी पठाउनु पर्ने बाध्यताको अन्त्यको लागि व्यबसायीक र आधुनिक कृषिमा जोड दिने बताए ।