
श्याम घिमिरे,असार ७ अर्घाखाँची
आज विश्व योग दिवस जुन महिनाको २१ तारिख अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महा सभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेपछि अरु देशस मेतको समर्थनमा राष्ट्रसंघले यो दिवसलाई अन्तर्राष्ट्रिय मान्यतादिएको हो ।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु हो । मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योग दिवसका अवसरमा विभिन्न संघ संस्थाले आज विभिन्न कार्यक्रम गरेर मनाएका छन् । योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतको सकारात्मक गुणको विकास हुने विश्वास गरिन्छ ।

यसैबिच अर्घाखाँचीको सन्धिखर्कमा पनि योग दिवस मनाईएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले मानिस स्वस्थ्थ रहनका लागि योगा महत्वपूर्ण भएको बताउनु भएको छ । उहाले आफुपनि योगा गर्ने बानि मा केन्दित रहेको बताउदै योगाको बिकासका लागि आफुहरु ले सहयोग गर्ने बताउनु भएको हो । पतञ्जलि योग समिति अर्घाखाँची ले आज सन्धिखर्कमा आयोजना गरेको चौथो बिश्व योग दिबस को अबसरमा आयोजना गरेको बिषेश कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले समुन्नत हराभरा नगरपालिका बनाउन आफसहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी शंकर भुसालले सुसासन कायम गर्नेका लागि स्थानिय प्रसासन पुर्ण रुपमा प्रतिबध रहेको बताउनु भयो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबराज मल्ल ,सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे, उद्योग बाणिज्य सघका अध्यक्ष युवराज श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष हिम लेकालि, पतञ्जलि योग समितिकि केन्द्रीय सदस्य शान्ता खत्रि लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा योग समितिले नबनिर्बाचित अर्घाखाँची उद्योग बाणीज्य संघका पदाधिकारीहरुलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रम पतञ्जलि योग समितिका अध्यक्ष प्रेमलाल पोख्रेलको अध्यक्षता युवा पतञ्जलि प्रशिक्षक लक्षमण पराजुलि को सन्चालन र पुष्पा न्यौपानेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । यसअघि भक्तिटोलबाट प्रभातफेरी सुरुगरी चुत्राबेसी र सन्धिखर्कको बजार परीक्रमा समेत गरीएको थियो । अहिले दिनहु, जिल्ला आयुर्बेद कार्यालय सन्धिखर्क,शान्ति बगैँचा योगाहल,र शिद्धेश्वर शिवालय भक्तिटोलमा योगा सन्चालन हुँदै आएको छ ।
