भक्तपुर असार ९: २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार परीक्षामा ४ लाख ५१ हजार ५ सय ३२ सहभागी भएकोमा २४ हजार २ सय ३४ जनाले ‘ए प्लस’ ग्रेड अर्थात ३ दशमलव ६५ भन्दामाथि ४ सम्म जीपीए ल्याएका छन् ।

यस्तै ग्रेड ‘ए’ अर्थात जीपीए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याउने ४६ हजार १ सय ३० जना छन् भने ‘बी प्लस’ ग्रेड अर्थात जीपीए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याउने विद्यार्थीको संख्या ३९ हजार ३७ जना रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसैगरी ‘बी’ ग्रेड अर्थात २ दशमलव २५ देखि २ दशमलव ८० सम्म जीपीए ल्याउने ७० हजार ५ सय १२ जना र ‘सी प्लस’ ग्रेड अर्थात २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म जीपीए ल्याउने ६१ हजार ८ सय ७० जना रहेको कार्यालयले जनाएको छ ।

सी ग्रेड अर्थात जीपीए १ दशमलव ६५ देखि २ सम्म ल्याउने १ लाख १ हजार ४३ जना र डी प्लस ग्रेड अर्थात जीपीए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याउने ३५ हजार ५ सय ८४ जना छन् । कार्यालयका अनुसार ५८ हजार ६ सय ८८ जनाले डी ग्रेड अर्थात ० दशमलव ८५ देखि १ दशमलव २० सम्म जीपीए ल्याएका छन् ।

एक्जाम्टेडतर्फ २५ हजार १ सय ३८ जना सहभागि भएकोमा २ जनाले ए ग्रेड, १९ जनाले बी प्लस ग्रेड, १ सय ७७ जनाले बी ग्रेड ल्याएका छन् । यस्तै ७ सय २ जनाले सी प्लस, ५ हजार ८ सय ९५ जनाले सी ग्रेड, ६ हजार ५ सय २७ जनाले डी प्लस र ३ हजार १ सय ८ जनाले डी ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको छ । नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ । आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ।

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np  मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ।  source:ujyaaloonline

विकलाङ्गमित्र समूहको आयोजनामा भुमिकास्थान नगरपालिका ४ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

IMG_1553
श्याम घिमिरे ,असार ९ अर्घाखाँची
विकलाङ्गमित्र समूह, अपाङ्गबाल अस्पताल तथा पुनःस्थापना केन्द्र HRDC बनेपा द्धारा संचालित सक्षम परियोजनाको आयोजना र सिविएम को आर्थिक सहयोगमा भुमिाकस्थान नगरपालीका वडानम्बर ४ मा सुक्रबार अपाङ्गता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

भुमिकास्थान नगरपालिका वडा नं ४ का अध्यक्ष बावुराम सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय जनप्रतिनिधि , विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिती अध्यक्ष धारापानि प्रहरीचौकीका प्रमुख, स्थानिय समाजसेवि, शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका लगायत ३५ जनाको उपस्थितिमा रहेको थियो ।
कार्यक्रममा मनतब्य राख्दै प्रमुख अतिथि सुनारले कार्यक्रम नयाँ जिवन उपयोगी र सान्र्दभिक रहेको बताउनु भयो । उहाँले संस्थाले गरेका कामको प्रशंसा गर्दै यस क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
कार्यक्रमका संस्थाका अध्यक्ष लेखनाथ आचार्यले संस्थाको परिचय,अपाङ्गता हुने कारण,रोकथाम, उपचार पद्धती,अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुच

बृद्धिकालागी संविधानमा उल्लेखित व्यवस्थाको बारेका प्रस्तुतीकरण गर्नु भएको हो । कार्यक्रम सक्षम परियोजना अर्घाखाचीका प्रमुख लेखनाथ आचार्यको अध्यक्षता रक्षा पाण्डेको संचालन र नारायण खनालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

 

एसईईको नतिजा प्रकाशित : यस्तो छ नतिजा

काठमाडौं  असार ९: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ६३ हजार ६८९ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ  ८ हजार ७३४ जना परीक्षार्थी सहभागी थिए ।

सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् । त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएका छन् ।

त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ४९ हजार ३७ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ७० हजार ५ सय १२ जना सफल भएका छन् ।

source:ratopati.com

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज आउने

Image

भक्तपुर असार ९– २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज बेलुकीसम्ममा सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले एसईईको नतिजा आज दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो । गएको चैत ८ गतेदेखि भएको परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए ।

एसईईको नतिजा तपाईँले एसएमएसबाट पनि थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि परीक्षाफल प्रकाशित भइसकेपछि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ । यस्तै अनलाइनमार्फत नेपाल टेलिकमको http://see.ntc.net.np/ साइटबाट पनि परीक्षाफल थाहा पाउन सकिन्छ ।

छोरा बनाउँछु भन्दै फकाउँदै अर्काको मिर्गौला झिक्ने बस्नेत जेल चलान

Image

भक्तपुर असार ९ – गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेकाे अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले बस्नेतलाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को देहाय (२) अनुसार कानून बमोजिक सिधा खान पाउने गरी थुनामा राख्न पठाइदिनु भनी मुलुकी ऐन अ.ब.१२४ नं. बमोजिम कारागार चलानको आदेश दिएको इजलास अधिकृत कमल महतले जानकारी दिनुभयो ।

जीवन रक्षाको अधिकारलाई प्रत्याभूति गर्दै बस्नेतलाई थुनामा छुट्टै राख्ने प्रबन्ध मिलाई कारागारमा रहँदा नियमित स्वास्थ्य जाँच गराउँने, अस्पताल भर्ना गराउनु पर्ने अवस्थामा भर्ना गराउने, निजको जीवन रक्षाको सम्पूर्ण प्रबन्ध मिलाई निजले आर्थिक अवस्थाले उपचार गर्न सक्ने अबस्था नभए राज्यको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने गरि आदेश जारी भएको हो ।

त्यसै गरी मिर्गौला झिकिएका व्यक्ति बनेपा नगरपालका –२, बस्ने २९ वर्षीय कुमार गिरीलाई भने साधारण तारिखमा छाड्ने आदेश भएको छ ।

मिर्गाैला झिकिएको पीडित व्यक्ति भएको, अस्पतालको नियमित निगरानीमा रहनु पर्ने, मानसिक रोगी भएको, तत्कालै फरार हुन सक्ने वा प्रमाण मेटिने काम गर्न नसक्ने र निजको मानसिक, शारीरिक, आर्थिक तथा पारिवारिक अवस्थालाई मध्यनजर गर्दै थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी गिरीलाई मुलुकी ऐन अ.ब. ४७ बमोजिम साधारण तारेखमा राख्ने आदेश दिएको महतले जानकारी दिनुभयो ।

बस्नेतले गिरीलाई आफ्नै छोरा बनाउँछु भन्दै फकाउँदै, किर्ते कागजात तयार पारी गिरीको मिर्गौला झिकेर प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका हुन् । किर्ते कागज बनाउनेमा संलग्न रहेको अभियोगमा पक्राउ परेको पीडित गिरीलाई भने तारेखमा छाडिएको र बस्नेतलाई भने शुक्रबार नै डिल्लीबजार कारागार चलान गरिएको छ ।

source:ujyaaloonline