कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, तपाईंको केन्द्र कहाँ पर्‍यो हेर्नुहोस्

unn.prixa.net

काठमाडौं, जेठ १९ – नवौं कोरियन भाषा परीक्षाको केन्द्र तोकिएको छ । यही जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको हो ।

परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको छ । परीक्षा लागि ८ बजेदेखि १० सम्म र १२ देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

source:ujyaaloonline

दरवार हत्याकाण्ड भएको १७ वर्ष पूरा

unn.prixa.net

काठमाडौं, जेठ १९ – दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा भएको छ ।

२०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको बंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।

हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।

वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि ज्ञानेन्द्र शाहले ४ वर्ष राजगद्दी सम्हाले  । माओवादीको शसस्त्र द्धन्द्ध र राजनीतिक दलहरुको जनआन्दोलन पछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि देशमा राजतन्त्र नै समाप्त भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।   source:ujyaaloonline

प्रगतिशिल पत्रकार संघ नेपाल जिल्ला समिति अर्घाखाँचीको बैठक सम्पन्न ।

श्याम घिमिरे,अर्घाखाँची १९ जेष्ठ
प्रगतिशिल पत्रकार संघ नेपाल जिल्ला समिति अर्घाखाँचीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । संघका केन्द्रीय सदस्य श्याम घिमिरेको प्रमुख आथिथ्यता र राजमो पुर्ब केन्द्रीय सदस्य सागर केसीको बिशिष्ट आतिथ्यता रहेको बैठक, संघका जिल्ला अध्यक्ष बिनोद गैरेको अध्यक्षता,उपाध्यक्ष गोपाल भट्टराईको स्वागत मनतब्य र सचिब जितेन्द्र खत्रीको सन्चालनमा सम्पन्न भएको हो ।

बैठकले समसामुयिक बिषयबस्तु माथी छलफल गर्नुका साथै,संगठनलाई ब्यापकरुपमा अगाडी बढाउने, निकट भबिश्यमै संघको जिल्ला सम्मेलन गर्ने जस्ता महत्वपुर्ण निर्णय गरेको संघकी कोषाध्यक्ष भगबता पाण्डेले जानकारी दिनुभएको छ ।

पाल्पा–बुटवल सडकखण्ड दिउँसो ४ बजेसम्म बन्द

पाल्पा, जेठ १९ – पाल्पा–बुटवल सडकखण्ड दिउँसो ४ बजेसम्मका लागि बन्द भएको छ ।

पाल्पा बुटवलको दोभान क्षेत्रमा बाटो मर्मतका लागि ४ बजेसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सामान्य वर्षा हुँदा समेत पहिरो जान थालेकाले गाडी बन्द गरेर नै पहिरो पन्छाउने र पर्खा लगाउने काम गर्न थालिएको हो ।

दोभान र सिद्धबाबा मन्दिरबीचमा बिहीबार र शुक्रबार पनि पहिरोले सडक अवरुद्ध गरेको थियो । शनिबार सडक बन्द भएपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्बत बागलुङ हिँडेका यात्रु तथा सवारीसाधन अलपत्र परेका  छन् ।

source :ujyaaloonline

अंग्रेजी माध्यमको शिक्षाको महत्व बिषयक अन्तरक्रिया तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

सन्धिखर्क एफएम,१८ जेष्ठ

भगवति असलशासन रेडियो श्रोता समुह छत्रदेब ७ भगवतिको आयोजनामा वर्तमान समयमा अंग्रेजी माध्यमको शिक्षाको महत्व बिषयक अन्तर्क्रिया तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत गठित श्रोता समुहले गाउँपालिकाले अंग्रेजी माध्यमको शिक्षा दिन सुरु गरेपछि त्यसको प्रभावकारीता तथा महत्वको बारेमा छलफल तथा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । श्रोता समुहको आयोजना, सरस्वति माबि भुस्खात र एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

१२ प्रतियोगि सहभागि रहेको प्रतियोगितामा नारायण प्रसाद पाण्डे प्रथम, सुशल पाण्डे द्धितीय, रेशम पाण्डे तृतीय र करुणा पाण्डे सान्त्वना भएका छन् । कार्यक्रममा प्रमुख अतिथि एवं एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसालले शिक्षा क्षेत्रमा गुणस्तरीयता, समय सापेक्षी शिक्षा दिने सरकारले लिएको नीतिलाई पुरा गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा बिद्यालय प्राचार्य ठाकुर प्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष गणेष खनाल, नेपाल पत्रकार महासंघ पाँच नम्बर प्रदेश सभा सदस्य प्रेम नारायण आचार्य लगायतले मनतब्य राख्नु भएको हो । श्रोता समुहका सचिव कृष्ण पाण्डेको अध्यक्षता, सहजकर्ता लक्ष्मी पाण्डेको सञ्चालन रहेको कार्यक्रममा परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले बिषयवस्तु तथा अवस्थाको बारेमा प्रकाश पार्नुभएको हो ।