बिष्णु कुमार आले,जेष्ठ ३० अर्घाखाँची
अर्घाखाँचीको सितगंगा नगरपालीका वडानं ५ जुकेना बंसेरीमा आज जिप दुर्घटना हुदा ११ जना घाईते भएका छन् । ठाडा अमराई बाट जुकेना हुदै धनचौर तर्फ जादै गरेको लु १ ज १७६७ नम्बरको जिप दुर्घटना हुदा अर्घाखाँची मालारानी ७ का जिप चालक ३७ बर्षिय कमल जिसी , भुमिकास्थान नगरपालीका १० की ४० बर्षिय धनिकला पुन , सोहि ठाँउका १० बर्षिय रेसम गैरे , ४४ बर्षिय केशव पुन ,५५ बर्षिय सरस्वता गैरे ,१२ बर्षिय रेशम गैरे घाईते हुनु भएको छ ।
त्यस्तै रूकुम जिल्ला त्रिबेणी गाँउपालीका ८ का २८ बर्षिय टेकम खड्का , जिल्ला काठमान्डौ नागार्जन,नगरपालीका बस्ने ३२ बर्षिय दिपक बस्नेत , अर्घाखाँची सितगंगा ६ का ६४ बर्षिय दितल बहादुर नेपाली , ६२ बर्षिय जुनकला नेपाली , २२ बर्षिय समिता जिसी घाईते हुनु भएको छ ।
घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागी बुटवल रिफर गरिएको छ भने अन्यको स्थानिय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जिपमा १२ जना सभार रहेका थिए ।