सितगंगामा स्वास्थ्य तथा पुनःस्थापन घुम्ति शिविर सम्पन्न

श्याम घिमिरे, असार २ अर्घाखाँची
विकलाङ्गमित्र समूह अपाङ्गबाल अस्पताल तथा पुनस्र्थापन केन्द्र ( HRDC ) बनेपा द्धारा संचालित सक्षम परियोजनाको आयोजना र सीतगंगा नगरपालिका अर्घाखाँचीकोे आर्थिक सहयोग,स्थानीय अपाङ्गताको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको संयुक्त समन्वयमा सीतगंगा नगरपालिका भित्रका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुकोे निःशुल्क स्वास्थ्य परीक्षण एवं पहिचानका लागि स्वास्थ्य तथा पुनःस्थापन घुम्ति शिविर सनिबार सितगंगामा सम्पन्न भएकोे छ ।

शिविरमा सितगंगाका ६८ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो । जसमध्ये १० जना बालबालिकालाई शल्यक्रियाको लागी मिति तय गरिएको छ भने, १२ जना बालबालीकाको सहायक सामाग्रीको नाप लिएको जनाईएको छ । यस्तै ४ जनालाई सहायक सामाग्री वितरण,औषधी वितरण,फिजियो सेवा, परार्मश सेवा प्रदान गरिएकोे सक्षम परियोजना अर्घाखाँचीका प्रमुख लेखनाथ आचार्यले जानकारी दिनु भयो ।

शिबिर विकलाङ्गमित्र समूह अपाङ्गबाल अस्पताल तथा पुनस्र्थापन केन्द्रका अर्थोपेडेकि र्सजन डाक्टर विरेन्द्र चन्दको अध्यक्षता,सितगंगा नगरपालीकाका प्रमुख सुर्यप्रसाद अधिकारीको प्रमुख आतिथ्यता, रक्षा पाण्डेको स्वागत मन्तव्य र सक्षम परियोजना अर्घाखाँचीका प्रमुख लेखनाथ आचार्यको संचालनमा सम्पन्न भएको हो ।

शिविरमा अर्थोपेडेकि र्सजन डा. विरेन्द्र चन्द, डा. आशिष कार्की, फिजियो थेरापिस्ट अर्पणा रेग्मी, सहायक सामाग्री विशेषज्ञ प्रेम भुजेल , दिप न्यौपाने , स्टाफ नर्स रुपा लामा र पुर्नस्थापन सहायकहरुको उपस्थीति रहेको परियोजनाकी रक्षा पाण्डेले जानकारी दिनु भयो ।

अरुण तेस्रोको ‘ड्याम साइड’मा पहिरो खस्दा चार कामदार बेपत्ता

असार २, २०७५ संखुवासभा : राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइडमा पहिरो खस्दा चार कामदार बेपत्ता भएका छन्। मकालु गाउँपालिका फ्याक्सिन्दास्थित सुरुङमार्गको २५ मिटरभित्र शुक्रबार बेलुकी पहिरो जाँदा दुई नेपाली र दुई भारतीय नागरिक बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा कालिकोट सिउना गाउँपालिका–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाचन्दननाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परियार छन्। यस्तै अपरेटर भारत झारखण्डका बुधन मण्डा र इलेक्ट्रिसियन  नन्दकिशोर पहिरोमा परी हराएको डीएसपी श्याम सारु मगरले जानकारी दिए।  सेना तथा प्रहरीको टोली खोजीका लागि खटिए पनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको डीएसपी मगरले बताए। उनीहरूको खोजीका लागि सदरमुकामबाट स्काभेटरसहित सेना र सशस्त्र प्रहरीको टोली खटाएको बताइएको छ।
source:thahakhabar.com

नयाँ शक्तिका प्रवक्ता भन्छन् : सरकार जेट विमान होइन, थोत्रो साइकलजस्तो

नयाँ शक्तिका प्रवक्ता भन्छन् : सरकार जेट विमान होइन, थोत्रो साइकलजस्तो

काठमाडौं असार १ :  नयाँ शक्ति नेपालका प्रवक्ता डम्बर खतिवडाले वर्तमान सरकार थोत्रो साइकलजस्तो भएको बताएका छन्। शुक्रबार राजधानीमा युवा शक्ति नेपालको नयाँ कार्यसमिति र कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले  भने ,‘अहिलेको सरकारले आफूलाई जेट विमान ठान्छ तर हामीले हेर्दा थोत्रो साइकल जस्तो लाग्छ ।’

उनले थोत्रो साइकलको समृद्धि र सुशासनको दुवै पाङ्ग्रा पञ्चर भएजस्तो रहेको बताए । उनले वर्तमान सरकारले ल्याएको बजेटले विकास र समृद्धिको कुरा गरे पनि यसले व्यवहारिक रुपान्तरण गर्न नसक्ने बताए । प्रवक्ता खतिवडाले सरकारको बजेटप्रति आलोचना गर्दै भने, ‘सरकारको बजेट विकास र समृद्धि लक्षित छैन । सामाजिक न्यायलाई सम्बोधन गर्न सक्ने छैन । परम्परागत शैलीमा छ ।’

प्रशिक्षण विभाग प्रमुख समेत रहेका खतिवडाले कांग्रेस र कम्युनिस्ट लोकतन्त्रका लागि लडेपनि विकास, समृद्धि र सुशासनमा चुकेको टिप्पणी गरे ।  उनले कांग्रेस र कम्युनिस्टले पछिल्लो ३० वर्षमा देशलाई कंगाल बनाएको बताए । उनले,‘पछिल्लो ३० वर्षमा गरिब भनिएका देश धनीको सूचीमा सामेल भए तर कांंग्रेस र कम्युनिस्टको शासनकालमा यो देश गरिब र कंगाल भएको छ ।’

६४ प्रतिशत चालु खर्च र २४ प्रतिशतको विकास खर्च समावेश गरिएको बजेटले मुलुक समृद्ध नहुने प्रवक्ता खतिवडाको  भनाइ छ । उनले सरकारले सुशासनको कुरा गरेपनि देशमा भ्रष्टाचार बढिरहेको उल्लेख गर्दै अहिलेको सरकारको अवस्था हेर्दा यसको नेतृत्व नयाँ शक्तिले लिनुपर्ने अवस्था आएको बताए ।  उनले नयाँ शक्ति नेपालको युवा संगठनले नयाँ शक्तिको रुपमा रचनात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरे । source:annapurnapost

सातै प्रदेशद्धारा आर्थिक बर्ष ७५-७६ का लागि बजेट प्रस्तुत

असार २ ,२०७५

सातै वटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि सुक्रबार बजेट सार्वजनिक गरेका छन् । प्रदेश एकको अस्थायी राजधानी विराटनगर, दुईको जनकपुर, तीनको हेटौडा, चारको पोखरा, ५ को बुटवल, कर्णाली प्रदेशको बीरेन्द्रनगर र ७ को धनगढीमा सुक्रबार अपरान्ह् बसेका फरक–फरक प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्रीले आयव्ययको विवरण सार्वजनिक गर्नुभएको छ ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले करिब ३५ अर्ब रुपैयाँको बजेट संसदमा प्रस्तुत गर्नुभएको छ । उहाँले प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । बजेट पुँजिगततर्फ करिब ८० प्रतिशत र सामान्यतर्फ करिब २० प्रतिशत विनियोजन भएको छ ।

प्रदेश २ को सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर करिब २८ अर्ब रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको सुक्रबारको बैठकमा आर्थिक मामिलामन्त्री विजय यादवले २८ अर्बको अनुमानित बजेट कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक गर्नुभएको हो ।

प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारको तर्फबाट आज ३ बजे २५ देखि ४० अर्बको हाराहारीमा बजेट पेश गर्नुभएको छ । आर्थिक बर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमलाई ९५ प्रतिशत कार्यान्वयन गर्ने गरी बजेट ल्याइएको छ ।

प्रदेश ४ कोसरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि करीव २६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेटमध्ये ७० प्रतिशत् पूँजीगत (बिकास) तर्फ रहनेगरी बजेट सार्वजनिक गर्नुभएको छ ।

‘सम्मृद्ध प्रदेश खुशी जनता’ नारा अघि सारेको प्रदेश ५ को सरकारको बजेट २८ अर्ब हाराहारीमा ल्याइएको छ । प्रदेश सभाको दिउँसो १ बजे बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हाल्दै आउनुभएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्वजनिक गर्नुभएको हो ।

कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले २३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको छ । बजेट कृषि, सडक पूर्वाधार, पर्यटन लगायतलाई ओगट्ने गरि आएको छ ।

प्रदेश ७ मा अपरान्ह ३ बजे २५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइएको छ । सडक पूर्वाधार, कृषि, कर लगायतमा विभिन्न शिर्षक लक्षित गरि अर्थमन्त्री झपट बहादुर बोहोरले बजेट सार्वजनिक गर्नुभएको हो ।

सातै वटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि आज बजेट सार्वजनिक गरेका छन् । प्रदेश एकको अस्थायी राजधानी विराटनगर, दुईको जनकपुर, तीनको हेटौडा, चारको पोखरा, ५ को बुटवल, कर्णाली प्रदेशको बीरेन्द्रनगर र ७ को धनगढीमा सुक्रबार अपरान्ह् बसेका फरक–फरक प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्रीले आयव्ययको विवरण सार्वजनिक गर्नुभएको छ ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले करिब ३५ अर्ब रुपैयाँको बजेट संसदमा प्रस्तुत गर्नुभएको छ । उहाँले प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । बजेट पुँजिगततर्फ करिब ८० प्रतिशत र सामान्यतर्फ करिब २० प्रतिशत विनियोजन भएको छ ।

प्रदेश २ को सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर करिब २८ अर्ब रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको सुक्रबारको बैठकमा आर्थिक मामिलामन्त्री विजय यादवले २८ अर्बको अनुमानित बजेट कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक गर्नुभएको हो ।

प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारको तर्फबाट आज ३ बजे २५ देखि ४० अर्बको हाराहारीमा बजेट पेश गर्नुभएको छ । आर्थिक बर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमलाई ९५ प्रतिशत कार्यान्वयन गर्ने गरी बजेट ल्याइएको छ ।

प्रदेश ४ कोसरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि करीव २६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेटमध्ये ७० प्रतिशत् पूँजीगत (बिकास) तर्फ रहनेगरी बजेट सार्वजनिक गर्नुभएको छ ।

‘सम्मृद्ध प्रदेश खुशी जनता’ नारा अघि सारेको प्रदेश ५ को सरकारको बजेट २८ अर्ब हाराहारीमा ल्याइएको छ । प्रदेश सभाको दिउँसो १ बजे बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हाल्दै आउनुभएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्वजनिक गर्नुभएको हो ।

कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले २३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको छ । बजेट कृषि, सडक पूर्वाधार, पर्यटन लगायतलाई ओगट्ने गरि आएको छ ।

प्रदेश ७ मा अपरान्ह ३ बजे २५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइएको छ । सडक पूर्वाधार, कृषि, कर लगायतमा विभिन्न शिर्षक लक्षित गरि अर्थमन्त्री झपट बहादुर बोहोरले बजेट सार्वजनिक गर्नुभएको हो ।

 

प्रदेश ५ को बजेट २८ अर्ब ९ करोड

unn.prixa.net

रुपन्देही – प्रदेश ५ को सरकारले २८ अर्ब ९ करोड ३ लाखको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री समेत रहनु भएका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशसभामा आउँदो आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्नु भएको हो । प्रदेश सरकारले चालु खर्चतर्फ ११ अर्ब र पूँजीगततर्फ १६ अर्बको बजेट ल्याएको छ । प्रदेश ५ ले पनि सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । प्रदेश क्षेत्रस्तरका १ सय ४१ सडकका लागि ७० करोड ५० लाख र प्रदेश स्तरका अन्य ९४ सडकका लागि १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ छुट्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशसभामा पेश गर्नुभएको बजेटमा सांसदहरुले योजना छनोट गर्ने गरी प्रदेशसभा निर्वाचन क्षेत्रमा बजेट विनियोजन गरेको छ । सडक र पुलका योजनामा बजेट खर्च गर्न पाउने गरी प्रदेश सांसदले आफ्नो क्षेत्रमा दुईवटा भौतिक पूर्वाधार निर्माण गर्न ७० करोड रुपैयाँ छुट्याएको छ ।

प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन इञ्जिनियरिङ भइसकेका ५५ खानेपानी योजनाका लागि २३ करोड ४५ लाख, १४० आयोजनाको विस्तृत सर्वेक्षण गरी कार्यान्वयन गर्न २४ करोड ८ लाख विनियोजन गरेको छ । स्थानीय तहको सहकार्यमा १० वटा शीत भण्डार निर्माणका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विद्यालय सुधार गर्न १० करोड, विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि १५ करोड र मर्मत सम्भारका लागि २ करोड रकम छुट्याइएको छ ।
यस्तै प्रत्येक गाउँपालिका १ खेल मैदान निर्माण गर्न ५५ करोड ६० लाख रकम छुट्याएको छ भने एक गाउँ एक पोखरी निर्माणका लागि ४ करोड, स्थानीय तहमा सभाहल र सामुदायिक भवन निर्माणका लागि ४३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

source:ujyaaloonline