भुनपा ९ मा वडा कार्यलय भबनको शिलान्यास

बिन्दु घिमिरे,असार ३ अर्घाखाँची
भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरामा वडा कार्यलय भबन निर्माणका लागी एक कार्यक्रमका बिच सनिबार भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्बासेले शिलान्यास गर्नुभएको छ । नगर परिषदबाट बिनियोजित रकम बाट उक्त कार्यालय निर्माण गर्न लागीएकोे वडा नम्बर ९ का वडाअध्यक्ष नारायण खनाल जानकारी दिनु भयो ।
शिलान्यास कार्यक्रममा नगरपालीकाका कार्यकारी अधिकृत हरीप्रसाद अर्याल , प्राबिधिक जितेन्द्र श्रेष्ठ,वडा सचिब कमल बिक र स्थानिय जनताहरुको उपस्थित रहेको थियो । कार्यक्रम गिरिराज घिमिरको सन्चालनमा सम्पन्न भएको हो ।

Advertisement

चुरे संरक्षण गर्न वनहरुले रिचार्ज पोखरी निमार्ण गर्नुपर्छ : मुख्यमन्त्री पोख्रेल

चुरे संरक्षण गर्न वनहरुले रिचार्ज पोखरी निमार्ण गर्नुपर्छ : मुख्यमन्त्री पोख्रेल

घनश्याम पौडेलकपिलवस्तु, २ असार 

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले चुरे क्षेत्रको संरक्षणका लागि सामुदायिक वनहरुले रिचार्ज पोखरी निर्माण गर्नुपर्ने बताएका छन ।

चुरेको दोहनले पानीका स्रोतहरु मासिदै गएकोले भविष्यमा आइ पर्ने पानीको शंकट समाधान गर्न र जमिनको रिचार्ज गरि चुरे क्षेत्रमा हरियाली कायम राख्न रिचार्ज पोखरी बनाउनुपर्ने बताए । उनले पोखरी निमार्ण गर्नका लागी प्रदेश सरकारले बजेट छुट्याई कार्यक्रम अगाडी बढाएको बताए ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिती, लुम्बिनी सामाजिक विकास केन्द्र र जिल्ला वन कार्यालय कपिलवस्तुले चौथौ राष्ट्रिय चुरे दिवसको अवसरमा वाणगंगा नदिको शिव मन्दिर सामुदायिक वनमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले चुरे क्षेत्रमा बढ्दै गएको आगोलागी नियन्त्रण गर्न बाबियो आधारित घरेलु उद्योग तथा कागज कारखाना सञ्चालन गर्नुपर्ने बतए । बाबियो चुरेबाट ननिकालेको कारणले डढेलो लाग्ने हुदा बाबियोको रसी अथवा त्यसबाट बन्ने बस्तुको उत्पादन गर्नु पर्नेमा जोड दिएका छन ।

खोल्साहरु थुनेर जलासय बनाएमा चुरेको संरक्षण हुने उनको भनाइ छ । जलासयमा माछा पालन गर्ने, पानीको प्रयोगबाट चुरेकोे सिँचाइ हुने र जलासयको पानीले जमिन समेत रिचार्ज हुने भएकोले जलासय बनाउनुपर्ने बताए । अव्यवस्थीत बसोवास, भुक्षय, अत्याधिक ढुंगा गिट्टी बालुवा उत्खन्न, बन फडानी अतिक्रमण, कमजोर भौगोलिक बनावट, अत्याधिक चरिचरण र डढेलोका कारण चुरेक्षेत्रको विनास भैरहेको बताउँदै मानव जीवन सँग प्रत्यक्ष जोडिएको चुरे क्षेत्रको संरक्षणका लागि एक हुनुको विकल्प नरहेको बताए । उनले चुरेको संरक्षणका लागी स्थानिय सरकार सँग्ै स्थानिय उकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चुरेको संरक्षण सँगसँगै विकास गर्न सरकारलाई आग्रह गरे । उनले भावी पुस्ताका लागी पनि सोच विचार गरेर चुरे संरक्षणमा अहिल्यै देखि लाग्नुपर्ने बताउँदै वातावरण विनासले भावि पुस्तामा असर पने भएकाले समयमै ध्यान दिनुपर्ने उनको भनाई छ ।

चुरेको माटो चुरेलाई सफा पानी सवैलाई बन, जंगल र खोलानालामा राजनिति नभनि प्राकृतिक स्रोत र साधनको प्रयोग गर्नु पर्ने कपिलबस्तु निर्वाचन क्षेत्र नम्वर १ का प्रदेस सांसद बिष्णु प्रसाद पन्थीले बताए । प्राकृतिक स्रोत र साधनको वैज्ञानिक उपयोग नहुदा चुरेको विनास र नदीजन्य पदार्थको विनास भएको पन्थीले बताए ।

अर्घाखाँचीका प्रदेस सांसद रामजी प्रसाद घिमिरेले विकासको नाममा विनास भैरहेको छ । बाटोको नाममा चुरे भत्काएका छौ । तस्करहरु बनको बिनासमा लागेका छन । कसरि हुन्छ यसको संरक्षण यसको लागि हामि सबै एक भएर अगाडी बढ्नुको विकल्प नभएको भन्दै प्रदेश सरकारले चुरेको संरक्षणका लागी बजेट विनियोजन गरेको बताए । उनले राष्ट्रपति चुरे क्षेत्र संरक्षणमा बर्षै देखि अध्यन भइ रहेकोे तर योजना अगाडी बढ्न नसक्दा समस्या आएको बताए ।

चुरे संरक्षणका लागि आफुहरु कपिलबस्तु सँग सहकार्य गर्न तयार रहेको शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले बताए । उनले शितगंगा र वाणगंगा नगरपालिकाले साझा अवधारणा बनाएर यँहाको माटो अनसारको नियम कानुन बनाउँनुपर्छ । जस्का लागि शितगंगा नगरपालिका तयार छ । कानुनी झन्झटिलोका कारण नगरपािलका भित्र रहेको खेर जाने काठको समेत प्रयोग गर्न नसकेको बताए ।

वाणगंगा नदीको कटान र डुवानले वाणगंगा नगरपालिकामा बर्षेनी घरपरिवार विस्थापित हुने अबस्थामा पुगेकोले सवै मिले मात्रे चुरे संरक्षण भई सुरक्षित बस्न सकिने नगर प्रमुख मंगल प्रसाद थारुले बताए ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिका अध्यक्ष विरेन्द्र यादवले उनले चुरे क्षेत्र भित्र रहेका नदी हरुको शिर देखि पाँउ सम्म केन्द्रित कार्यक्रम हुने बताए । चुरे क्षेत्रमा भएका स्थान र प्लान आफुहरुले दिने र सरकारका अन्य निकायले काम गर्ने बताए ।

चौथौ वार्षिक समारोह चुरे दिवस कार्यक्रममा स्थानिय सरकारका प्रतिनिधी उपल्लो र तल्लो तटीय क्षेत्रका बासिन्दा, चुरेसँग सरोकार राख्ने साझेदार सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरु तथा चुरे संरक्षणका लागी सक्रिय स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

साझेदारी गैरसरकारी संस्था लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेलले चुरेको आवश्यकता, गम्भीर्यता र संवेदनशील पक्षलाई ध्यान दिएर अगाडी बढनुपर्ने बताए ।

। कार्यक्रम राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका प्रेम सापकोटाको सञ्चालन, सदस्य सचिव हेमराज अर्यालको स्वागतमा सम्पन्न भएको हो ।

डिभर्नामा जेष्ठ नागरीकहरु सम्मानित

डिभर्नामा जेष्ठ नागरीकहरु सम्मानित

विक्रम पाण्डे समानता
असार ०३, अर्घाखाँची
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडा नं. १२ मा आज डिभर्नामा जेष्ठ नागरीकहरु सम्मानित भएका छन् । सन्धिखर्क नगरपालीका वडा नं.१२ को आयोजनामा ८० वर्ष तथा सो भन्दा माथकिा ४५ जना जेष्ठ नागरीकहरु सम्मानित भएका हुन् । सम्मान कार्यक्रम सन्धिखर्क नगरपालीकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
वडाका ४५ जना जेष्ठ नागरीकहरुलाई नगर प्रमुख भुसालले काँसको थाल , चमनप्रास तथा खादा ओढाइ सम्मान गरे । सामाग्री हस्तान्तरण गर्दै भुसालले समाज परिवर्तनका लागी जेष्ठ नागरीकहरुले पुर्याएको योगदानलाई विर्सन नहुने भन्दै उनीहरुको योगदानले देश विकासमा टेवा पुग्ने बताए । उनले जेष्ठ नागरीकहरुलाई सबैले माया र सम्मान गर्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष नारायण खड्काले स्थानिय निकाय मार्फत जेष्ठ नागरीकलाई गरीएको सम्मानले सकरात्मक सन्देश प्रवाह गर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य झमक कुमारी श्रेष्ठ , वडा सदस्य नारायण बस्याल , सदस्य हिमकला टोँटा , लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता , वडा सदस्य बाबुराम बस्यालको स्वागत मन्तब्य एंव वडा सचिव रमेश बस्यालको संचालनमा सम्पन्न भएको थियो ।

ग्रामीण सडक मर्मत कार्यकर्ताकोलागि अाधारभुत प्राथमिक उपचार तालिम सुरु

प्रेम नारायण आचार्य असार ३ अर्घाखाँची

अर्घाखाँचीकाे सन्धिखर्कमा ग्रामीण सडक मर्मत कार्यकर्ताकोलागि अाधारभुत प्राथमिक उपचार तालिम सुरु भएको छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तरगत जिल्ला प्राविधिक कार्यलय अर्घाखाँची र अन्तर्राष्ट्रिय श्रम संगठनकाे अायाेजना तथा नेपाल रेडक्रस साेसाईटीकाे प्राबिधिक सहयाेगमम चार दिने तालिम सुरु भएको हाे । उद्घाटन समारोहमा रेडक्रस साेसाईटी अर्घाखाँची शाखाका मन्त्री चन्द्र प्रसाद बन्जाडे, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण अाचार्य, प्रशिक्षक दिनानाथ अाचार्य, लगायतले मन्तब्य राखेका थिए । तालिमको उद्घाटन समारोह जिल्ला प्राविधिक कार्यलयका निमित्त प्रमुख नविन श्रेष्ठको अध्यक्षता, श्यामानन्द गुप्ताको स्वागत र युवराज वन्जाडेकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

विउ उत्पादन तथा विक्रेतालाई तालिम

श्याम घिमिरे असार ३ अर्घाखाँची
विउ उत्पादन, विउ व्यबसाय तथा विक्री वितरण सम्वन्धी तिन दिने तालिम सन्धिखर्कमा आईतबार देखी सुरु भएको छ । तालीमको उद्घाटन गर्दे जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले कृषकलाई तालिम मात्र दिएर कृषि र पशुपालमा सुधार नहुने भन्दै त्यसको लागि विउ उत्पादन तथा विक्रीकर्तालाई पनि तालिम दिएमा मात्र कृषि र पशुुपालनको क्षेत्रमा सुधार ल्याउन सकिने बताउनु भयो । कार्यक्रममा कृषि अधिकृत जगनाथ तिबारीले विक्रेतालाई पनि समय अनुसार तालिम दिएमा विक्रेताको प्रमाणपत्रको समेत पहिचान भई विक्रेताले राम्रो र गुणस्तर विउ विजन विक्री गर्न सक्ने बताउनु भयो ।
विउ विजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवन ललितपुरको सहजीकरण, जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीको समन्वय तथा युवा किसान उत्थान जागरण मञ्च अर्घाखाँचीको आयोजनामा सन्चालन तालीममा अर्घाखाँची,गुल्मी स्याङ्जा पाल्पा रुपन्देही बाँके बर्दिया लगायतका जिल्लाहरुका विउ विक्रेताहरुको सहभागीता रहेको छ । उद्घाटन कार्यक्रम युवा जागरण मञ्च अर्घाखाँचीका अध्यक्ष युबराज पौडेलको अध्यक्षता नारायण भुसालको सञ्चालन र जिल्ला कृषि प्रचार अधिकृत थिरलाल गैरेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।