विश्व हिन्दु महासंघ र ज्योतिष परिषद अर्घाखाँचीको बैठक सम्पन्न

विश्व हिन्दु महासंघ र ज्योतिष परिषद अर्घाखाँचीको बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न

घनश्याम पौडेल सन्धिखर्क, १ असार 

नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिती अर्घाखाँची र विश्व हिन्दु महासंघ नेपाल अर्घाखाँचीको छुट्टाछुट्टै बैठक विभिन्न निर्णय गर्दै सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले ज्योतिष परिषदको रिक्त रहेको कार्यसमितीको विस्तार गरेको छ ।

जसको उपाध्यक्षमा विष्णुप्रसाद मरासिनी र रुद्रप्रसाद घिमिरे, सहसचिवमा सुमन्त पोख्रेल र हेमन्त आचार्य, संगठन सचिवमा शिवलाल पौडेल, सह कोषाध्यक्षमा गिरिराज खनाल, सदस्यहरुमा पुण्डरीलाल गैरे, रोशन भण्डारी, कृष्ण पौडेल, सुर्यप्रसाद पौडेल, सुरज पन्थी पदम चुदालीलाई मनोनयन गरिएको जिल्ला अध्यक्ष मोतिराज शर्माले जानकारी दिए ।
त्यस्तै सल्लाहकार समितीमा छन्दप्रसाद शर्मा, नारायण मरासिनी, ज्ञानप्रसाद न्यौपाने र खिमानन्द पोख्रेललाई मनोनित गरिएको छ । त्यस्तै मोतिराज शर्माको अध्यक्षतामा ७ सदस्यीय नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिती अर्घाखाँचीको सचिवालय समितीको गठन पनी गरिएको छ ।

त्यस्तै विश्व हिन्दु महासंघ नेपाल अर्घाखाँचीका अध्यक्ष ज्ञानप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले जिल्ला भित्रका विद्धान, साधु, सन्त महन्त, सन्यासी लगाएतका व्यक्तीहरुको लगत राख्नका लागी भदौ १ गतेसम्म संकलन गरी राष्ट्रिय समितीमा पठाउँने निर्णय गरेको छ । बैठकले जिल्लामा रहेका ६ वटै स्थानिय तह र वडामा पालिका स्तरिय र वडा स्तरिय समिती गठन गर्ने निर्णय पनी गरेको छ । बैठकले पत्रकार घनश्याम पौडेललाई प्रचार सचिवमा मनोनयन गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

 

Advertisement

जनता आधारभुत विद्यालय सन्धिखर्क ८ नेपालीचौरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

गोपाल प्रसाद भट्टराई,असार १ अर्घाखाँची

जनता आधारभुत विद्यालय सन्धिखर्क ८ नेपालीचौरमा आज बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।विद्यालय ब्यबस्थापन समिति,अभिभावक तथा स्थानिय शुभचिन्तकको उल्लेख्य सहभागितामा आज विद्यालय हाताभित्रको ३२ रोपनी जग्गामा रहेको झाडी सफाई गरिएको हो ।

बर्षायाम संगै बढेको झाडीका कारण विद्यार्थीहरुमाथी बन्यजन्तुको आक्रमण हुन सक्ने जोखिमलाई मध्येनजर गर्दै विद्यालय हाताभित्र रहेको झाडी सफाई गरिएको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ । स्कुल परिसरको बातावरणलाई सुन्दर,शान्त र मनोरम बनाउन विद्यालयसंग सरोकार राख्ने झन्डै एक सय जना स्थानियको सक्रिय सहभागितामा स्कुल परिसरमा रहेका बिभिन्न बुट्यानहरुलाई कटानी गरि सफाई गरिएको अध्यक्ष पोख्रेलले बताउनुभएको छ ।

सरसफाईपछि आजै पूर्व शिक्षक तथा स्थानिय शिक्षाप्रेमी पिताम्बर बन्जाडे,रामचन्द्र पोख्रेल,अभिभावक संघका अध्यक्ष पुष्कर बन्जाडे,शिक्षक तथा अभिभावक बिच शैक्षिक प्रगति सम्बन्धि अन्तरक्रियात्मक बैठक समेत सम्पन्न भएको छ । बैठकबाट आज सम्म भएको स्कुलको शैक्षिक प्रगतिको समिक्षा गर्दै देशकै नमुना विद्यालय बनाउने अभियानमा सबैजना एक जुट भएर लाग्ने प्रतिबद्धता गरिएको अभिभावक गाविन्द पोख्रेलले जानकारी दिनुभएको छ । प्रत्येक बर्ष स्कुल आउने विद्यार्थी संख्या घट्दै गएपछि विद्यालय संचालनमै चुनौति खेपेको उक्त विद्यालयले यसै शैक्षिक शत्रदेखी निशुल्क रुपमा अंग्रेजी माध्यमको पढाई संचालन गर्दै आएको छ ।

विद्यालयका संस्थापक,स्थानिय शिक्षाप्रेमी तथा अभिभावकहरुकै सक्रियतामा निजि स्रोत बाट चार जना शिक्षक राखेर,कक्षा १ भन्दा तल तिन तहका अतिरिक्त कक्षा थप गरि अंग्रेजी माध्यमबाट पढाई संचालन गरेपछि अहिले भने जनता आधारभुत विद्यालय विद्यार्थी र अभिभावकको समेत आकर्षणको केन्द्र बन्दै गएको छ ।बिगतका बर्षमा कक्षा तिन सम्म ५ देखी ७ जना मात्रै विद्यार्थी रहंदै आएको उक्त विद्यालयमा अहिले ४५ जना विद्यार्थीले अध्ययन गर्दै आएका  छन ।

सामुदायिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तरगत एक दिने तालिम सन्धिखर्कमा सम्पन्न

हिमबहादुर जिसि लेकालि १ असार
 सन्धिखर्क नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा सामुदायिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तरगत एक दिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ। तालिममा सन्धिखर्क वडा नम्बर १,२ र ३ का महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधि हरुको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख कमलप्रसाद भुसालले प्रशिक्षणले आधारभुत स्वास्थ्य सेवा सुधारमा सहयोग पुर्‍याउने बताउनु भयो साथै कार्यक्रममा नगर उपप्रमुख ठाकुरकुमार बिकको विशिष्ट आतिथ्यता रहेको थियो । प्रशासकीय अधिकृत जीवन ज्ञवालिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल अधिकृत डा. कपिल गौतम र जनस्वास्थ्य निरीक्षक गणेश पौडेलाले गर्नुभएको थियो । तालिममा सर्ने र नसर्ने रोगहरु बारे परिचय र त्यसको न्यूनीकरण बारे प्रकाश पारिएको थियो । कार्यक्रमको संचालन नगर स्वास्थ्य संयोजक पुर्ण पराजुली र स्वागत सह संयोजक धर्मराज पन्थिले गर्नुभएको हो  ।

नगर प्रमुखले डोजर चलाउँदा पत्रकारसहित पाँचजना घाइते

असार १, २०७५ पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग निर्माणको उद्घाटन गर्ने क्रममा महानगर प्रमुखले डोजर चलाउँदा पाँचजना घाइते भएका छन्। महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दा डोजर चलाएपछि डोजरले नजिकै रहेको रेलिङ हानेपछि पत्रकारसहित पाँचजना घाइते भएका हुन्।

कार्यक्रममा पुगेका पत्रकारहरु गण्डक न्युजका रञ्जन अधिकारी र रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ, सोही ठाउँकी गौरी पौडेल लगायत अन्य पाँच जना रहेको घाइते पत्रकार अधिकारीले टेलिफोनमा जानकारी दिए।  घाइते मध्ये पौडेलको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ। कार्यक्रमका प्रमुख अतिथि रहेका जिसीले डोजरका अपरेटरले चलाउने लिभर चलाइदिँदा घटना भएको थियो। महानगरले वडा नं १८ को अँधेरी ६ किलोमिटर पैदलमार्ग बनाउन लागेको छ।
source:thahakhabar.com

ट्रक र माइक्रो बस ठोक्किँदा तीनजनाको मृत्यु, नौ घाइते

असार १, २०७५ चितवन : चितवन मुग्लिन–मलेखु सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ३ स्थित चुम्लिङटारको पानीधारामा ट्रक र माइक्रो बस ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा माइक्रोमा सवार एक महिला र दुई पुरुष रहेको र उनीहरुको सनाखत नभएको प्रहरीले जानकारी दिएको छ।  कास्कीको पोखराबाट काठमाडौं जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रो बस र काठमाडौंबाट मुग्लिङ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक बिहान ७ः३० बजे ठोक्किएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।

दुर्घटनापछि ट्रक सडकबाट करिब ५०० मिटर तल त्रिशुली नदी किनारमा पुगेको थियो।प्रहरीका अनुसार घाइतेलाई  उपचारका लागि भरतपुर ल्याइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

तस्विर–सञ्जय पोखरेल
source:thahakhabar.com