नेपाली कांग्रेसका ८ युवा नेताले नेपाली कांग्रेसका जिल्ला सभापतिहरूलाई तीन पृष्ठ लामो पत्र लेखे

असार ६, २०७५ काठमाडौं :

नेपाली कांग्रेसका ८ युवा नेताले नेपाली कांग्रेसका जिल्ला सभापतिहरूलाई तीन पृष्ठ लामो पत्र लेखेका छन्। कांग्रेस नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले जिल्ला सभापतिहरूलाई सम्बोधन गरेरपत्र लेखेका हुन्। नेताहरूले कांग्रेस राजनीति जितेर पनि चुनाव हारेको अवस्थामा भएको टिप्पणी गरेका छन्। साथै  नेताहरूले निराश नबन्न पनि जिल्ला सभापतिहरूलाई आग्रह गरेका छन्। ‘राजनीति जितेको भनेरपनि नबसौं, चुनाव हारेको भनेरपनि निराश नबनौं,’ पत्रमा लेखिएको छ। उनीहरूले अव कांग्रेसलाई नयाँ गति दिएर अघि बढ्नुपर्ने बताएका छन्।

पढ्नुहोस् पत्र : ***

प्रिय साथी, सर्वप्रथम, नयाँ सन्दर्भ र परिस्थितिमा हुन लागेको जिल्ला सभापतिहरूको भेलाको सफलताको कामना गर्दछौं। हाम्रो पार्टीको हालसम्मको सांगठनिक संरचनामा जिल्ला समिति अत्यन्त महत्वपूर्ण तह हो। स्थानीय पार्टी संगठनको जिम्मेवारी सम्मालिरहेको जिल्ला सभापतिहरू नै पार्टी र जनताको वास्तविकताको सवैभन्दा नजिक र बढी जानकारी भएको व्यक्तिहरू हो। अर्थात जनतासंग जोडिने र जनताको भावनाको प्रतिनिधित्व गर्ने अनि जनता-कार्यकर्ताको भावनालाई केन्द्रसम्म पुर्‍याउने एउटा प्रमुख आधार नै तपाईहरू हो। यस अर्थमा वदलिदो परिवेशमा स्थानीय तहमा देखिएका समस्या र अवसर, पार्टी संगठनले भोग्नुपरेका विषयहरूलाई सही ढङ्गले उजागर गर्न र पार्टीको जीवनको वारेमा वस्तुनिष्ठ छलफल गर्न तथा अलमलिएको कांग्रेसलाई दिशानिर्देश गर्न तपाईहरूको यो भेला सफल र ऐतिहासिक हुनेछ भन्ने विश्वास लिएका छौं। नेपाली काँग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणसँगै कांग्रेसकै नेतृत्वमा सबै तहको निर्वाचन सम्पन्न भएर नेपाल लोकतान्त्रिक राजनीतिको सर्वस्वीकृत मार्गमा पुगेको छ। जुन मार्ग हाम्रा दूरदर्शी अग्रजहरूले पार्टीको स्थापनाकाल मै देखाएका थिए। यससंगै नेपाली राजनीतिमा सात दशकदेखि चल्दै आएको लोकतन्त्र वा लोकतन्त्रको विकल्प भन्ने बहसले एउटा सफल अवतरण पाएको छ। सवैलाई समन्वय गर्दै सात दशक यता भएका लोकतान्त्रिक आन्दोलनका उपलब्धिहरू, लोकतन्त्र, गणतन्त्र, समावेशीता, संघीयता लगायतका विषयलाई संस्थागत गरेको छ । निश्चय नै यो कांग्रेसको राजनीतिक विजय हो। तर यतिवेला हाम्रा अगाडि गम्भीर प्रश्न उठेको छ- नेपाली कांग्रेसले उठाएको विचार र राजनीतिक सोच राष्ट्रिय राजनीतिमा झन्डै सर्वमान्य भएर स्थापित हुँदै गर्दा पार्टी स्वयंले भने चुनाव किन जित्न सकेन? इतिहासका अनेकन मोडहरूमा थुप्रै पटक हार-जित, संकट-सहजता, सत्ता-सडक, हिंसा-निरंकुशताका अनेकौं आरोह अवरोह भोगेका कांग्रेसजनमा यो पराजयसंगै उत्साह हराएको छ किन? के यसपटक कांग्रेस प्राविधिक रुपमा मात्रै हारेको थियो वा रणनीतिक र राजनीतिक रुपमा पनि? यो हार प्राविधिक मात्रै थिएन। राजनीतिक विचार र सिद्धान्तले विजय प्राप्त गर्दैगर्दा हामीले राजनीतिक युद्ध त जित्यौं तर चुनावी लडाईं भने हार्‍यौं। निश्चय पनि चुनाव हार्दैगर्दा एउटा मोर्चा हारेका हौं राजनीति हारेका होइनौं तर यो सानो पराजय भने होइन र यो हारको कारण एउटा मात्र पनि छैन।

प्रिय साथी,

निर्वाचन पश्चात बसेको केन्द्रीय कार्य समितिको समिक्षा बैठकमा हामी केही केन्द्रीय सदस्यले निर्वाचनको विस्तृत समीक्षा गर्दै पार्टी पुनर्निर्माणका सन्दर्भमा प्रस्ताव सहितको ५१ पृष्ठ लामो प्रतिवेदन बहसका लागि पेश गरेको यहाँहरूलाई विदित नै छ। उक्त दस्तावेजमा हामीले निर्वाचन पराजयको कारणको विश्लेषण, कम्युनिष्टको मतदर वृद्धिको कारण, विगतमा हामी कहाँ चुक्यौं र पार्टीले अव तात्कालिक र दिर्घकालिन रुपमा लिनुपर्ने वाटोको सन्दर्भमा उल्लेख गरेका छौं। कांग्रेस कसरी यो अवस्थामा आइपुग्यो भन्ने थाहा पाउन कम्तिमा पनि प्रजातन्त्र पुनर्स्थापना पछिको हाम्रो राजनीतिक प्रस्थानविन्दु २०४८ देखि अहिलेसम्म काँग्रेस कहाँ चुक्यो त्यसको व्यापक ढङ्गले समीक्षा र लेखाजोखा गर्नु आवश्यक छ भन्ने हाम्रो धारणा थियो। यससंगै नेपालको बदलिंदो समाज र राजनीतिक परिवेश अनुरुप पार्टीको सैद्धान्तिक व्याख्या तथा सांगठनिक संरचनाका साथै संविधान र संघीयता कार्यन्वयनको नेतृत्त्व, कानून निर्माणमा अग्रसरता, संविधानका असन्तुष्टिको संवोधन, उदार लोकतन्त्रको संरक्षण, विविधताको व्यवस्थापन, अतिवादको निराकरण र द्वन्द्वको न्यूनिकरण तथा छिमेकीसंगको सम्बन्धजस्ता राष्ट्रिय मुद्दाहरूको सन्दर्भमा पनि कांग्रेसले स्पष्ट दृष्टिकोण लिएर अघि बढ्नु आवश्यक छ भनेर हामीले उक्त प्रतिवेदनमा विस्तृत चर्चा गरेका छौं।

प्रिय साथी,

संविधान कार्यन्वयनसंगै नेपाली राजनीति नयाँ चरणमा प्रवेश गरेको छ। निर्वाचन परिणामले प्राविधिक रुपमा हामी प्रतिपक्ष नै हौं तर संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न र संविधान कार्यन्वयन गर्न राजनीतिक रुपमा हामी मुलकर्ता हौं। चुनाव हार्‍यौं भनेर आफ्नो जिम्मेवारीबाट विमुख हुने सुविधा हामीलाई छैन। आजका दिनमा लोकतन्त्र र संविधानमा लिपिबद्ध उपलब्धिहरू कार्यन्वयन गर्ने क्रममा जे जस्ता चुनौंती देखिएका छन त्यसको सामना गर्ने कांग्रेसले नै हो। आज लोकतन्त्रमाथि कसैवाट खतरा छ त त्यो निर्वाचित कम्युनिष्ट सरकारवाटै छ। राष्ट्रिय राजनीतिमा कम्युनिष्ट सरकारले देखाएको संविधान र लोकतन्त्र विरोधी रवैयाको सशक्त मुकाविला र खवरदारी लोकतन्त्र, संघीयताको सफल कार्यन्वयनको लागि कांग्रेस रक्षाकवच बन्नुपर्नेछ। अर्कोतर्फ, संघीय संसद, ७ वटै प्रदेश संसद र अधिकांश स्थानीय तहमा हामी मुख्य प्रतिपक्षमा छौं भने सयौं स्थानीय तहमा सरकारको नेतृत्वमा छौं। यी सबैमा हाम्रो महत्वपूर्ण दायित्व छ। केन्द्र र सवै प्रदेशमा प्रभावकारी र रचनात्मक रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेछ। आफूले नेतृत्व गरेका स्थानीय तहमा प्रभावकारी रुपमा काम गर्नुपर्नेछ। पार्टीलाई संविधानले मार्गनिर्देश गरे अनुरुप तत्काल संघीय प्रणालीमा पार्टीको पुनर्संरचना गर्नुपर्नेछ। पार्टीलाई फेरी एकपटक राजनैतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा रुपान्तरित गर्नुपर्नेछ। दलित समुदाय, महिला, आदिवासी जनजाति, थारु, मधेसी, अपाङ्गता भएका व्यक्ति, हिमाल, पहाड,तराई सवै क्षेत्र, वर्ग र समुयदायले पार्टीमा अपनत्व महसुश गर्न पाउने अवस्था सृर्जना गर्नुपर्नेर्छ। सामाजिक विभेद विरुद्ध होस वा छुवाछुत विरुद्ध वा महिला हिंसा विरुद्ध कांग्रेसले फेरि एकपटक समाज रुपान्तरणको नेतृत्व गर्नुपर्नेछ।  अनि कांग्रेसलाई नयाँपुस्ताको आकर्षणको केन्द्र बनाउनुपर्नेछ। अब प्रश्न उठ्छ अहिलेकै शैली, नेतृत्व र वैचारिक अलमलवाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव छ? छैन। अब कांग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डालाई बोकेर हिड्नसक्ने संगठनको खाका कोर्न जरुरी छ अनि त्यो एजेण्डा बोक्ने नेतृत्व पनि। अनेक अभाव र कष्टका बावजूद मुलुक र पार्टीप्रति लोभलाग्दो निष्ठा र समर्पण भएका लाखौं कांग्रेसजनहरू आज पनि देशको कुना कन्दरमा रहेका छन। त्यहि निष्ठा र समर्पणको जगमा हामीलाई जनतासँग जोडिएको र जनताले विश्वास गरेको यस्तो कांग्रेस चाहिएको छ जहाँ सत्तरी वर्षको स्वर्णिम इतिहासमाथि गर्व गर्दै प्रष्ट ध्येय, सिद्धान्त र कार्यक्रम सहित बलियो र प्रभावकारी संगठन, समयको गतिलाई बुझेर त्यो संगठन हाँक्नसक्ने नयाँ नेतृत्व होस। त्यसले मात्रै अहिलेको कम्युनिष्टहरूसंग लड्न र हिजोको भन्दा पनि बलियो र जनमूखी आधुनिक संगठनको रुपमा कांग्रेसलाई डोर्‍याउन सक्छ। यसका लागि कांग्रेस स्वयं रुपान्तरित हुनैपर्छ। यी सबको जग हाल्ने कामका लागि महासमिति बैठक सबैभन्दा उपयुक्त स्थान हो। महासमितिमार्फत पार्टीको संघीय विधान पारित गरि शीघ्र महाधिवेशनको प्रकृया थाल्नु नै आजको आवश्यकता हो। सभापतिहरूको यस भेलामा निर्वाचन समिक्षा त हुनेनै छ पार्टीको आगामी कार्यदिशातर्फ यी विषयमा पनि ठोस र वस्तुनिष्ठ छलफक हुने नै  छ भन्ने हाम्रो विश्वास रहेको छ।

प्रिय साथी,

पार्टी पुनर्निर्माणको छलफल गर्दैगर्दा एउटा महत्वपूर्ण विषय कांग्रेसको अबको वैचारिक बाटोका सन्दर्भमा हो। कांग्रेसको शैद्दान्तिक र वैचारिक पुनर्व्याख्या आवश्यक छ। महासमितिमार्फत नयां परिवेशमा राष्ट्रियता, लोकतन्त्र, समाजवादका सन्दर्भमा सामयीक व्याख्या, हाम्रो आर्थिक सामाजिक नीति, छिमेकसंगको हाम्रो सम्बन्ध लगायतका विविध विषयमा शैद्दान्तिक र वैचारिक दस्तावेज पारित गर्नुपर्छ। त्यसका लागि यो भेलाले ठोस वाटो देखाउनेछ भन्ने अपेक्षा लिएका छौं। दोस्रो महत्वपूर्ण विषय सांगठनिक संरचनाको हो। देशमा संघीयता कार्यन्वयन भइ स्थानीय,प्रदेश र संघ गरि तिन तहको सरकारहरू गठन भइसकेका छन। वडातहसम्म संरचना बनेर काम शुरु भइसकेको अवस्था छ। तर हाम्रो पार्टीको संरचना भने पुरानै अबस्थामा छ। १६५ निर्वाचन क्षेत्र ३३० प्रादेशिक क्षेत्र, ७५३ स्थानीय तह र ६ हजार भन्दा बढि वडा संरचना बनिसकेको अवस्थामा पार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, पालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्नु आवश्यक छ। यो संघीयता र संविधान कार्यन्वयन गर्ने प्राथमिक जिम्मेवारीमा रहेको कांग्रेस आफ्नै संरचना संघीय मोडेलमा नलगिकनै कसरी त्यसको नेतृत्व गर्नसक्ला? अर्कोतर्फ हामीले समयमै संघीय संरचनामा पार्टीलाई लगेनौं भने सरकारका सवै तहमा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्न सकिएला? अबको ४ वर्षपछि हुने निर्वाचनमा हामी बहुमत प्राप्त पार्टी हुनका लागि यही संरचना र संगठनको शैलीले संभव होला? कदाचित हुंदैन। किनकी पुरानै संरचना अनुसार नियमित समयमै महाधिवेशन गर्ने गरि बस्ने हो भने अहिलेको विधान अनुसार ७ प्रादेशिक समिति बाहेक हामीले केहि पनि बनाउन सक्दैनौ। महासमितिमार्फत नयाँ संरचनामा गएनौं भने महाधिवेशन पछि शुरु गर्दा अर्को स्थानीय निर्वाचनसम्म पनि हामीले संघीय संरचना अनुसार गतिविधि गर्न सक्दैनौं। यसले पार्टीलाई नवजीवन दिन सक्दैन थप क्षति मात्र हुन्छ।

त्यसैले महासमितिवाट पार्टीको सांगठनिक संरचना परिवर्तन गरौं, नेतृत्व चयन प्रकृया र सदस्यता प्रणालीका बारेमा स्पष्ट व्यवस्था गरौं। अविलम्ब महाधिवेशनको प्रकृया अगाडि बढाऔं। हाम्रो विधान अनुसार नियमित रुपमा पनि अर्को साल फागुनमा पार्टीको १४औं महाधिवेशन गर्नुपर्छ। केन्द्रीय महाधिवेशन नियमित समयमै गर्नेहो भने पनि त्यस अगाडि गर्नुपर्ने वडा, गाउंपालिका\नगरपालिका, क्षेत्र, प्रदेशको अधिवेशन गर्न झण्डै १ वर्ष लाग्छ। यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौं। महासमितिवाट संघीय विधान पारित गरि स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रकृया अविलम्ब शुरु गरौं। कम्तिमा यही २०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरौं र २०७६ मा केन्द्रीय महाधिवेशन गरौं। यसले हाम्रो संगठनलाई सवै स्थानीय तहमा जीवन्त बनाउने छ, सशक्त प्रतिपक्षको भुमिका हुनेछ। आगामी स्थानीय निर्वाचन हुदैगर्दा हामी सम्पूर्ण तयारी अबस्थामा हुनेछौं। हरेक स्थानीय संघीय र प्रादेशकि निर्वाचन हुनु २ बर्ष अगाडी नै हाम्रो पार्टी अधिवेशनहरू सम्पन्न भइसक्ने परिपाटी निरन्तर रहनेछ। हामीलाई विश्वास छ सभापतिज्यूहरूको यस बैठकले यी विषयहरूमा छलफल गरि महासमितिबाट नयां सांगठनिक संरचना सहितको विधान पारित गर्नेकुरामा ठोस मार्गनिर्देश गर्नेछ।  तेस्रो विषय नेतृत्वको हो। पार्टीको शैद्धान्तिक र सांगठनिक विषयसंगै नेतृत्वको वारेमा स्वभाविक प्रश्न उठ्छ नै। नेतृत्वको सन्दर्भमा तपाई-हामी सवैका आ-आफ्ना धारणा छन। छलफल आवश्यक छ, निरन्तर बहस गर्नेनै छौं। हामी कस्तो नेतृत्व छनोट गर्ने भन्ने अन्तिम निर्णय महाधिवेशनले नै गर्नेछ।

अन्त्यमा,

आज प्राप्त संवैधानिक परिवर्तन, राजनीतिक सामाजिक चेतना र नवीन परिवेशमा नेपाली कांग्रेसले फेरी एउटा नयाँ यात्रा थाल्नुपरेको छ। नविनतमा उर्जा लिएर समुन्नत नेपालको गन्त्व्यको यात्रा तय गर्नुपर्ने समयमा हामीलाई अलमलिने सुविधा छैन। विपि कोइरालाले भनेजस्तै-‘हामी सवैको सामुहिक आशा नेपालको उज्जवल भविष्य हो। नियतिले हामीलाई निर्माण, उत्थान र गौरवको मार्गमा अग्रसर हुन आव्ह्वान गरिरहेको छ। के आजको ऐतिहांसिक क्षणमा हामी आफ्ना स्वार्थ, संकीणता तथा दुर्वलता त्यागेर नियतीको बाणीलाई सुन्न सक्दैनौं?’ जिल्ला सभापतिहरूको यस भेलामा सघन र सार्थक छलफल हुन सकोस भन्ने ध्ययले यस पत्रमार्फत पार्टीको गत केन्द्रीय समितिको बैठका हामीले राखेको सामुहिक धारणालाई यहाँहरू समक्ष प्रस्तुत गरेका छौं। राजनीति जितेर चुनाव हारेका छौं,अव राजनीति जितेकै हो भनेर पनि नबसौं चुनाव हारेको भनेर निराश पनि नबनौं। यो महान पार्टीसंग यस्तो इतिहास छ अनि यस्तो विचारको श्रेष्ठता छ जो अरु कोहीसंग छैन। त्यो इतिहासलाई सम्मान गर्दै, त्यही वैचारिक जगमा टेकेर भविष्य कोर्ने अभिभारा तपाई हाम्रो हो। हाम्रो गौरवमय चारतारे झण्डालाई आउंदो पुस्ताले गौरवका साथ उठाउन पाउनुपर्ने अवस्थाको सिर्जना गर्ने चुनौती इतिहासले हामीलाई दिएको छ। कांग्रेसको सवैभन्दा ठूलो पूंजीको रुपमा देशैभरि पार्टीका इमान्दार र प्रतिबद्ध साथीहरू छन जो हिजो निरङ्कुशता र हिंसाको लुकामारीका वीचमा पल पलमा अनेकन संकट भोग्दा पनि सवै कुरा गुमाउन तयार भए तर स्वतन्त्रता र स्वाभिमानको आन्दोलनलाई कहिलै झुक्न दिएनन। बिना कुनै स्वार्थ केवल पार्टी र समाजको लागि क्रियाशील त्यो पंङ्ति आज पनि पार्टीले ठिक काम र ठिक दिशानिर्देश गर्ने हो भने जस्तोसुकै कुर्वान गर्न पनि तयार छन्। सभापतिहरूको यस भेलाले त्यसतर्फ रक्तसंचार गर्न सकोस्। अलमलिएको पार्टीलाई दिशा निर्देश गर्न, पार्टीको सैद्धान्तिक र सांगठनिक खाका कोर्न तत्काल महासमितिहुँदै महाधिवेशनको प्रकृया अगाडि वढाउन जिल्ला सभापतिहरूको यस भेलाले महत्वपूर्ण बाटो देखाउन सकोस। भेलाको सफलताको हार्दिक शुभकामना !

                                                                                                                                                  जय नेपाल!

तपाईंका साथी,

चन्द्र भण्डारी

धनराज गुरुङ

गगनकुमार थापा

जीवन परियार

गुरूराज घिमिरे

प्रदिप पौडेल

रामकृष्ण यादव

किरण यादव
source:thahakhabar.com

‘मैत्री सम्बन्धलाई माथि उठाउन दृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर चीन आएको छु

असार ६, २०७५ हरि लामिछाने बेइजिङ : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन्। सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताए।

विभिन्न आठ सम्झौतापत्रमा हस्ताक्षर हुनुले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान गर्ने तथा यसले नेपालको आर्थिक उन्नती र दुवै देशका जनताको हित हुनेमा आफू विश्वस्त रहेको जनाए। “अलिकति भिन्न र उन्नत परिवेशमा भएको मेरो दोस्रो भ्रमण फलदायी हुनेछ। नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउनेछ र गहिराइमा पुर्‍याउनेछ।” प्रधानमन्त्री ओलीले भने, “आपसी मैत्री सम्बन्धलाई माथि उठाउन दृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर म आएको छु।”

प्रधानमन्त्री ओली पहिलोपटक सन् २०१६ को मार्चमा चीनको औपचारिक भ्रमणमा गएका थिए। उनले अघिल्लोपटक भएका व्यापार र पारवहन सम्झौता कोशेढुंगा भएको र त्यसले पूर्वाधार विकासका क्षेत्रमा अझ नयाँ उचाइमा पुर्‍याउन योगदान गर्ने र ती सम्झौतालाई अघि बढाउने पहल भइरहेको बताए। “हाम्रा स्रोत, साधनको परिचालन र छिमेकी र सहयोगीको साथ सहयोग लिएर अघि बढिनेछ। राजनीतिकरुपमा स्थिर र स्पष्ट दृष्टिकोणका साथ सरकार अघि बढ्छ। प्राकृतिक स्रोत र कच्चा पदार्थ सहज उपलब्ध छ।

मजदूर हडतालका समस्या छैनन्। समृद्धि र विकासका लागि उपयुक्त वातावरण बनेको छ।” प्रधानमन्त्री ओलीको भनाइ थियो। समृद्ध र गतिशील मुलुक बनाउन पर्यटन, कृषि, उद्योगका क्षेत्रमा सहकार्यमा जोड दिँदै उद्यमशीलताको वृद्धि गरी दक्ष जनशक्ति, कृषिका निम्ति आवश्यक पर्ने पूर्वाधारको तयारी र प्रविधि हस्तान्तरणमा क्षेत्रमा काम गर्नुपर्नेमा उनको जोड थियो। “चीनको असाधारण क्षमता छ। सहयोगको भावना, तत्परता र सामथ्र्य छ। नेपाल र चीन दुवै देशको सम्बन्ध बहुआयामिक सम्बन्ध छ।

दुई देशका बीच रहिआएको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन कुनै कसर बाँकी राखिने छैन,” प्रधानमन्त्री ओलीले भने। नेपालको व्यापार घाटा कम गर्न, आयात कम गर्न र निर्यात बढाउन चिनियाँ सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्रीले संविधान जारी भएपछिको निर्वाचनबाट नयाँ, स्थायी र स्पष्ट प्रतिबद्धताको सरकार बनेको अवस्थामा सुशासन र विकासका लागि अनुकूल वातावरण सिर्जना भएको पनि बताए।
source:thahakhabar.com

अर्जुन घिमिरेको प्रथम स्मृति दिवस मनाइयो

प्रेम नारायण आचार्य सन्धिखर्क एफएम असार ५अर्घाखाँची

नेपाली कांग्रेसको चुनावी प्रचारप्रसारमा जादै गर्दा गाडी दुर्घटनामा परि मृत्यु भएका मैदानका युवा अर्जुन घिमिरेको प्रथम स्मृति दिवस मनाइएको छ । पाणिनि गाँउपालिका वाड नम्वर ५ मैदान घर भएका अर्जुनको गएको बर्षको स्थानीय तहको निर्बाचनमा प्रचार प्रसारको क्रममा डिडेको जीप दुर्घटनामा मृत्यु भएको थियो ।  मंगलबार प्रथम स्मृति दिवस मनाइएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले अर्जुन जस्तो होनहार युवा गुमाउदा पाटीलाइ अतुलनीय क्षती पुगेको बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य यादव प्रसाद घिमिरे, शिक्षक संघका दिवाकर घिमिरे, भक्तबहादुर रेस्मी, अर्जुनका अभिभावकहरु पिताम्वर घिमिरे, खिमानन्द घिमिरे , मानव घिमिरे, दुर्घटनाका घाइते खिमा बेल्बासे लगायतले मन्तब्य राख्दै पाटीले क्रियासिल र इमान्दार युवा गुमाएको बताएका थिए । कार्यक्रम मैदानका कांग्र्रेसका कार्यबहाक सभापति नेत्रप्रसाद गैरेको अध्यक्षता र हरि घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

चेतना अभिवृद्धि गर्न टोल-टोलमा प्रहरी

Image may contain: 17 people, including Lekali Him, Ram Bahadur Chauhan, Baburam Paudel and Sahayogi Bc, people smiling, people standing, crowd and outdoor

अर्जुन भुसाल ,सन्धिखर्क एफएम अर्घाखाँची असार ५ 

विभिन्न चेतना मूलक सन्देश प्रवाह गर्दै प्रहरी टोल टोलमा पुगेको छ । आत्महत्या, लागूऔषध दुव्र्यसनी, बालबिवाह, अपराध न्यूनिकरणका लागि प्रहरीले अभियान सञ्चालन गरेको हो । धुम्रपान, मद्यपान सेवनले स्वास्थ्यमा पार्ने असरका बारेमा पनि चेतना जगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा टोल टोलमा प्रहरी अभियान सञ्चालन गरिएको हो । सन्धिखर्कका विभिन्न स्थानमा चेतनामूलक पर्चा वितरण गरिएको छ । सन्धिखर्कको शान्तिवगैंचा, वसपार्क, भक्तिटोल लगायतका मुख्य मुख्य ठाउँमा पर्जा वितरण गरियो ।

कार्यक्रममा प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी र सर्वसाधरणको उपस्थिति थियो । सेवा केन्द्रका अध्यक्ष रामबहादुर चौहानले अभियाननलाई जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरिने बताए । ‘समाजमा हुने गरेका गलत कामको अन्त्य गर्ने अभियानको उद्देश्य हो’ उनले भने, ‘अभियान सञ्चालन गरेपछि जिल्लाका जल्दाबल्दा समस्या न्यूनिकरण हुनेमा आशावादी छौं ।’ उनले विभिन्न विद्यालयमा समेत चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।

जिल्लामा आत्महत्या, बालविवाह, जवरजस्ती करणी, सम्वन्धविच्छेदका घटना बढि मात्रामा घट्न गरेका छन् । यि बाहेक हत्याहिंसा, कुटपिट झैझगडा, महिला हिंसा, पुरुषहिंसा लागूऔषध दुव्र्यसनी, चोरी, डकैतीका घटनाहरु पनि बेलाबेलामा घट्छन् । प्रहरीको यो अभियानले समाजमा शान्ति सुव्यवस्था कायम राख्नमा मद्दत मिल्ने आशा पलाएको छ । ‘चेतनाको अभावमा पनि ठूला-ठूला घटनाहरु घट्ने गरेका छन’् चौहानले भने, ‘मानिसमा नैतिक शिक्षाको अभाव देखिन्छ ।’

Image may contain: 7 people, people standing and outdoor

प्रहरी निरिक्षक खिमबहादुर घर्तीले प्रहरीको यो अभियानले अपेक्षित परिणाम निकाल्ने बताए । ‘समुदायको सहयोग बिना प्रहरी सफल हुन सक्दैन’ उनले भने, ‘समुदायसँग मिलेर काम गर्नाका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको अवधारणा ल्याइएको हो ।’ उनले सबै व्यक्ति अनुशासनमा बसे समाजमा कुनै पनि खाले उश्रृङखल घटना नघट्ने बताए ।
Image may contain: 18 people, including Lekali Him and Ram Bahadur Chauhan, people smiling, people standing, crowd, tree and outdoor

 

राष्ट्रिय जनमोर्चा खाँचिकोट द्धारा शोक सभा सम्पन्न

Image may contain: 3 people, people standing and outdoor

गोपाल भट्टराई असार ५ अर्घाखाँची

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी र मुलप्रबाह अखिल भारत नेपाली एकता समाजका सदस्य रामचन्द्र केसीका पुज्यनिय पिता राष्ट्रीय जनमोर्चा खाँचीकोटका कृयाशिल सदस्य ओम बहादुुर केसीको १२ औं दिनको पूण्य तिथिमा राष्ट्रिय जनमोर्चा सन्धिखर्क ७ खाँचिकोट वार्ड समितिले आज शोक सभा सम्पन्न गरेको छ । शोक सभामा बोल्ने वक्ताहरुले स्वर्गीय ओम बहादुरले समाज परिवर्तन र कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँले गरेका राम्रा कामको अनुसरण गरि अगाडि बढनु पर्ने बताउनु भएको छ ।

Image may contain: 6 people, including Ser Bahadur Bc, crowd and outdoor

Image may contain: 1 person, standing and outdoor
बक्ताहरुले स्वर्गीय ओम बहादुरको निधनले सिङ्गो पार्टी र परिवर्तनको आन्दोलनलाई नै अपुरणीय क्षति पु¥याएको बताउनु भएको छ । स्वर्गीय ओम बहादुरको सिकाइ र सहयोग बाटै छोरा थम्मन जस्ता जुझारु राजनितिक कार्यकर्ता जिल्लाले पाएको भन्दै उहांले देखाएको बाटोमा लाग्न सकेमा मात्रै उहांप्रति सच्च श्रद्धाञ्जली हुने बताउनुभएको छ ।

Image may contain: 3 people, including Devendra Kunwar, people standing
स्वर्गिय ओम बहादुरका जेठा छोरा राम चन्द्र के.सी.को अध्यक्षता र बसन्त खड्काको संचालनमा सम्पन्न शोक सभामा राजमो प्रदेश पांचका सदस्य शेर बहादुर बि.सी.,जिल्ला अध्यक्ष तथा कान्छा छोरा थम्मन केसी ,राजमो जिल्ला सदस्य कमल प्रसाद घिमिरे,अखिल छैठौं केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवर र अखिल नेपाल बुद्धिजिवी संघका नेता पिताम्बर भट्टराईले शोक मन्तव्य राख्दै यस्तो बताउनुभएको हो ।

Image may contain: 4 people, people sitting and outdoor

शोक सभामा राजमो केन्द्रिय सल्लाहकार यमलाल पोख्रेल,अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष टेक बहादुर थापा,प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरे,जिल्ला उपाध्यक्ष गोपाल प्रसाद भट्टराई,सचिव जितेन्द्र खत्री,जातिय समता समाजका जिल्ला सदस्य पून बहादुर नेपाली लगायतले श्रदान्जली दिनुभएको हो ।

Image may contain: 3 people, people sitting and indoor

Image may contain: 5 people, people standing and outdoor