भुमिकास्थान नगरपालीकाका सबै बिद्यालयमा कम्प्युटर

श्याम घिमिरे असार ५ अर्घाखाँची
भुमिकास्थान नगरपालीका अन्र्तगतका सबै बिद्यालयहरुमा कम्प्युटर बितरण गरीएको छ । नगरपालीकाको बिनियोजित बजेट अनुसार सोमबार नगरपालीकामा एक कार्यक्रमको आयोजना गरी बिद्यालयहरुलाई कम्प्युटर,प्रिन्टर र ई–हाजीरी सामाग्री बितरण गरीएको हो ।

बितरण कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख रेशम थापाले बिज्ञानको युग संगै शिक्षा प्रणालीलाई पनि बैज्ञानीक र आधुनिक प्रणालीबाट सन्चालन गर्नु पर्ने भएकोले शिक्षा क्षेत्र र पठनपाठन पद्धतिलाई समय अनुसार अगाडी बढाउनु पर्ने बताउदै नगरका बिद्यालयहरुमा कम्प्युटर प्रिन्टर र ईहाजीरी सामाग्रीहरु बितरण गरीएको बताउनु भयो । उहाँले यसलाई निरन्तर प्रयोग गर्नपनी आग्रह गर्नुभयो । साथै प्रमुख थापाले प्रत्येक वडाकार्यालयहरुमा पनि कम्प्युटर बितरण भैसकेको भन्दै अब छिट्ट सबै स्वास्थ्य संस्थाहरुमापनि ईहाजीरी लगायत सुचना प्रबिधिका सामाग्रीहरु बितरण गरीने बताउनु भयो ।
कार्यक्रममा नगरपालीका भित्रका कम्प्युटर नपुगेका ३५ वटा बिद्यालयलाई कम्प्युटर र प्रिन्टर बितरण गरीएको हो । त्यस्तै नगरपालीकामा सन्चालीत १२ माबि र ८ आधारभुत बिद्यालय मध्ये १४ बिद्यालयलाई ईहाजीरी मेसीन समेत बितरण गरीएको हो,यस अगी ६ वटा बिद्यालयलाई जिल्ला शिक्षा कार्यालयबाट मेसीन बितरण गरीएको थियो । नगरपालीका भित्र १२ माबि,८ आधारभुत बिद्यालय र ४२ प्राथमिक बिद्यालय गरी ६२ वटा बिद्यालयहरु रहेका छन ।

कार्यक्रममा नगर उपप्रमुख खडानन्द बेल्बासे, प्रमुख प्रशासकिय अधिकृत हरीप्रसाद अर्याल लगायतले मनतब्य राख्नु भएको हो । कार्यक्रम नगरप्रमुख रेशम थापाको अध्यक्षता स्रोतब्यक्ति हरीप्रसाद भुसालको स्वागत मनतब्य र शाखा अधिकृत खगराज मरासीनिको सन्चालनमा सम्पन्न भएको हो ।